नेपाल सुपर लिगको दोस्रो संस्करण सुरु हुदै,तीन टोली थपिए

काठमाडौं,फागुन,२-नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा तीन टोली थपिएका छन् । योसँगै अब एनएसएलमा सहभागी टोलीको संख्या १० पुगेको छ । यसै वर्षको बैशाख-जेठमा भएको पहिलो संस्करणमा ७ टोलीको सहभागिता रहेको थियो । आयोजक एनएसइएमले आइतबार पत्रकार सम्मेलनमार्फत थपिएका नयाँ तीन टोलीको घोषणा गरेको हो […]

आज ‘प्रणय दिवस’ विश्वभर प्रेम साटासाट गरी मनाईंदै

काठमाडौं,फाल्गुन,२-आज (सोमबार) फेब्रुअरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) विश्वभर एक आपसमा उपहार साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा खासगरी प्रेमीप्रेमिका परिवार साथिभाइहरु तथा श्रीमान श्रीमतीहरुले एकअर्कालाई उपहार आदनप्रदान गरी प्रेम सद्भाव साटासाट गर्नुका साथै विभिन्न पार्कमा गएर समय बिताउने गर्छन्।विशेषगरी यस दिवसमा रातो गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । […]

आफ्नो पार्टीको वैधानिकतामाथि प्रश्न उठाए सैह्य हुँदैन: नेपाल

काठमाण्डौं,फाल्गुन,१-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताका विषयमा प्रश्न उठाए सैह्य नहुने चेतावनी दिनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधिन भईरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ बाहिर आएको हो । उहाँले आफ्नो पार्टीले कानूनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति […]

राप्रपा नेपाल को अध्यक्ष बने कमल थापा

काठमाडौं,फागुन,१-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अलग हुनुभएका कमल थापा अब ‘राप्रपा नेपाल’ को अध्यक्ष बन्नुभएको छ ।निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उहाँ नयाँ अध्यक्ष बन्नुभएको हो । राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गर्नुभएको थियो । तर, त्यो बाटो छोडेर थापाले पुरानै राप्रपा नेपाल ब्यूँताउनुभएको हो । राप्रपा नेपाल विगतमा कमल […]

पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश

काठमाडौं,फागुन,१-उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेको थियो । त्यसविरुद्ध होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । उच्च अदालत पाटनले […]

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट पेशीबाट हटाइयो

काठमाण्डौं,फाल्गुन,१-माधव नेपालसहित १४ सांसदलाई कारबाही र नेकपा एकीकृत समाजवादी पार्टी खारेज गर्न माग गर्दै परेको रिटमा आज पनि सुनुवाइपछि पेशीबाट हटाइएको छ। पेशीमा चढे पनि लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले हटाउन माग गर्दै निवेदन दिएका थिए। त्यसपछि यो रिटलाई पेशीबाट हटाइएको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट पेशी तोकिएको […]

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता (पूर्णपाठसहित)

काठमाडौं,फाल्गुन,१-सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ । महाअभियोग प्रस्तावमा राणाको कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोपसमेत लगाइएको छ । त्यस्तै, संविधानले दिएका जिम्मेवारीहरुलाई प्रधानन्यायाधीश राणाले आफ्नो निजी सम्पत्ति […]

‘ए’ डिभिजन लिग:मछिन्द्र संग च्यासल २-० गोलले पराजीत

काठमाडौं,माघ,२९-कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । शनिबार भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक एक गोल गरे ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको नवौं मिनेटमा च्यासलका आशिष राईले पेनाल्टी क्षेत्र बाहिरबाट […]

आयोजक ओमान माथि नेपालको शानदार जित

काठमाडौं,माघ,२८-चारदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमान माथि ६ विकेटको जित हात पारेको छ ।  अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दिपेन्द्रले ५३ बल खेल्दा […]

एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिँदैन : अध्यक्ष नेपाल

काठमाडौं,माघ,२८-नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताउनुभएको छ । शुक्रबार वीरगञ्जमा पत्रकारहरूसँग कुरा गर्दै एमसीसीका विषयमा नेपाली जनता र राजनीतिक दल विभाजित भएकाले प्रष्ट पार्नुपर्ने चुनौती रहेको बताउनुभएको हो । जनमत एमसीसीविरुद्ध रहेको भन्दै उहाँले सम्झौता मिति पर सार्दा उत्तम हुने समेत बताउनुभयो । एमसीसीका विषयमा […]