उडानले गर्यो मोटिभेसनल सेमिनार तथा नयाँ वर्ष विशेष कार्यक्रम

नेपालगन्ज,चैत्र,२९- मोटिभेसनल सेमिनार तथा नयाँ वर्ष विशेष कार्यक्रम शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ। सामाजिक कार्य गर्नका निमित्त स्थापना भएको संस्था “उडान नेपाल” को आयोजनामा नेपालगन्जको ग्यालेक्सी होटेलमा शुक्रबार बिहान १० बजे देखि दिउँसो ३ बजे उक्त कार्यक्रम सन्चालन भएको थियो। उडान नेपालका अध्यक्ष जनक थापाको सभापतित्वमा सम्पन्न उक्त क्रायक्रममा प्रमुख अतिथीमा मोटिभेटर रबिन्द्र कुमार कर्ण, […]

विश्वकप २०२२ को छनोटमा नेपालले दोस्रो चरणमा खेल्न पाउने

काठमाण्डौं,चैत्र,२९- फिफा वरीयतामा पछिल्लो पटक एसियाको शीर्ष ३४ स्थानमा रहेपछि नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ छनोटमा सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । सन् १९८६ को संस्करणबाट विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न थालेको नेपालले पहिलोपल्ट ‘बाई’ पाएर सिधै दोस्रो चरणमा खेल्ने अवसर पाएको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पछिल्लोपल्ट ४ अप्रिल, २०१९ मा जारी गरेको […]

आज देखि नेपालमा ‘पब्जी’ खेलमा प्रतीबन्ध

काठमाण्डौं,चैत्र,२८- आज देखि नेपाल सरकाले ‘पब्जी’ खेलमा प्रतिबन्ध लगाएको छ । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिदै पत्र पठाएको जानकारी […]

शिक्षक संघको प्रतिनिधिसभाको सम्पूर्ण तयारी पुरा, बुधवार कांग्रेस सभापति देउवाले उद्घाटन गर्ने

काठमाडौं,चैत्र,२७- नेपाल शिक्षक संघको २० औं प्रतिनिधि सभा भोलि देखि शुरु हुने भएको छ । मंगलवार संघले केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।बुधबार बिहान ११ बजे नवदूर्गा पार्टी भेन्यु सुकेधारामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभाको उद्घाटन गर्ने संघले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतिनिधि […]

आर्मी र गण्डकीबीचको खेलमा दुबै समूह बराबरी

नेपालगन्ज,चैत्र,२७- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र गण्डकी प्रदेशले बुधबार बराबरी खेलेका छन् । नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको खेलमा उपाधि दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेले । गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले पराजित […]

गोकुल सामुदायिक वन समूहको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

बाँके,चैत्र,२७- बाँकेको डुडुवा गाउँपालिका वडा नं.३,४ र ५ स्थित गोकुल सामुदायिक वन समूहको बुधबार पाँचौ वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षण सम्पन्न भएको छ । डुडुवां–५, तपसीबाबामा रहेको संस्थाको कार्यालयमा बुधबार एक समारोहबीच पाँचौ वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परिक्षण गरिएको हो । कार्यक्रमको उदघाटनमा बोल्ने वक्ताहरुले सामुदायिक वन तथा यहाँको […]

महेन्द्र बहुमुखी क्याम्पसको मानविकी संकायद्वारा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

नेपालगन्ज,चैत्र,२७- महेन्द्र बहुमुखी क्याम्पसको मानविकी संकायले शुक्रबार मानविकी प्रथम वर्षको बिद्यार्थीलाई स्वागत र तेस्रो वर्षका बिद्यार्थीलाई बिदाई गरेको छ। मानविकी संकाय अन्तर्गत दोस्रो  वर्षका बिद्यार्थीद्वारा आयोजना गरिएको उक्त कार्यक्रम सर्मिला केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथिमा महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन पोखरेल र अनेरास्ववियु     महेन्द्र बहुमुखी क्याम्पसका  सचीव प्रकाश बिक […]

उडान नेपालले शुक्रबार करियर काउन्सिलिङ तथा मोटिभेसन सेमिनार गर्दै

नेपालगन्ज,चैत्र,२७- नेपालगन्जमा यहि आउँदो शुक्रबार करियर काउन्सिलिङ तथा मोटिभेसन सेमिनार हुने भएको छ। सामाजिक कार्य गर्नका निमित्त स्थापना भएको संस्था “उडान नेपाल” को आयोजनामा नेपालगन्जको ग्यालेक्सी होटेलमा बिहान १० बजे देखि उक्त कार्यक्रम सन्चालन हुने संस्थाका अध्यक्ष जनक थापाले जानकारी दिए।   विशेष गरि एस इ इ दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरि उक्त काउन्सिलिङ कार्यक्रमको […]

ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम कोहलपुरमा सम्पन्न

नेपालगन्ज,चैत्र,२७- ट्राफिक सम्बन्धी सचेतनामुलक कार्यक्रम बुधबार बाँकेको कोहलपुरमा सम्पन्न भएको छ। जिल्ला ट्राफिक कार्यालय बाके,कोहलपुर नगरपालिका तथा कोहलपुर स्थित प्रगतिसिल महिला समुहको संयुक्त अायोजनामा उक्त ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न ठाउँमा सडकनाटक तथा गहनापुर,मदनचौक,बानियाभार,कोहलपुर चौराहा र रोहिनि खोलामा ट्राफिक सचेतनामुलक ट्राफिक होलिङ बोर्ड गाडिएको छ। साथै कार्यक्रममा ९० जना ई रिक्सा चालकहरुलाई […]

साइक्लिङ प्रतियोगिताका लागि छनोट प्रतियोगिता भोली नेपालगन्जमा

नेपालगन्ज,चैत्र,२५- प्रदेश नं. ५ स्तरिय साइक्लिङ प्रतियोगिता मंगलवार नेपालगन्जमा हुने भएको छ । यसअघि नै ६ जना पुरुष र दुई जना महिला खेलाडी छनोट भए पनि चार–चार जना छनोट गर्नुपर्ने भएपछि मंगलवार पुनः छनोट प्रतियोगिता हुन लागेको हो । प्रदेश नं. ५ का लागि छनोट भएका ६ जना पुरुषबाट चार जना र दुई जना महिला […]