नेपालगन्ज,चैत्र,२२- चर्चित लोकदोहोरी गीत ‘रुन परे पछि’ जस्ता दर्जनौं चर्चित गीतहरुमा आफ्नो लय शब्द तथा स्वर दिइसकेका गायक, मोडल तथा संकलक लोकेन्द्र जिसीले नयाँ मौलिक देउडा गीत बजारमा ल्याएका छन। सुन्दा निकै आनन्द लाग्ने उक्त मौलिक गीतमा लय तथा शब्द सुरेश रानामगरको रहेको छ भने लोकेन्द्र जिसी र टीका पुनको आवाज रहेको छ। […]
Images
उडान नेपालले शनिबार(भोलि) नेपालगन्जमा चित्रकला अभ्यास तालिम गराउँदै
नेपालगन्ज,चैत्र,२२- उडान नेपालले शनिबार चित्रकला अभ्यास कार्यक्रम गर्ने भएको छ। ‘युवाहरुको नेतृत्व तथा व्यक्तितब बिकास,हाम्रो उद्देश्य’ भन्ने मुख्य नाराका साथ सामाजिक कार्यका लागि स्थापित संस्था उडान नेपालको आयोजनमा शनिबार चित्रकला कार्यक्रम हुन लागेको हो। नेपालगन्ज स्थित स्वस्तिक कटेजमा १२ बजे देखि २ बजे सम्म उक्त चित्रकला अभ्यास कार्यक्रम सन्चालन हुने उडान नेपालका अध्यक्ष जनक थापाले […]
आठौँ राष्ट्रिय प्रतियोगिताको प्रचार प्रसारमा लायन्स क्लव
बाँके,चैत्र,२१- नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन यहाँका सर्वसाधार स्वस्फूर्त रुपमा अगाडी सरेका छन् । प्रतियोगिताको प्रचार प्रसार, सरसफाई, भोजन, यातायात, स्वयमसेवक लगायतका काममा नेपालगन्जका सर्वसाधारण स्वस्फूर्त अगाडी सरेका छन् । लायन्स क्लव, डिष्ट्रिक्ट ३२५ वी टु ले प्रचार प्रसारमा सहयोग गर्ने भएको छ । नेपालगन्जमा हुने प्रतियोगितालाई भब्य र सभ्य रुपमा सफल […]
प्रतियोगितालाई सफल बनाउन माइकिङमा सहयोग गर्छौँ : कवड्डी संघ
बाँके,चैत्र,२०- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसारमा नेपाल कवड्डी संघले सहयोग गर्ने बताएको छ । प्रतियोगितामा जनसभागिता गराउन संघले जिल्लाभर प्रचार प्रसार गर्ने भएको हो । प्रतियोगिता हुनुभन्दा दुई दिन अघि संघले बाँके जिल्लाको विभिन्न स्थानमा आठौँ राष्ट्रिय प्रतियोगिताको जानकारी सहितको माइकिङ गर्ने संघका अध्यक्ष डम्बर थापाले जानकारी दिए । उनले कोहलपुर, बनकटवा, कुसुम, कम्दी, […]
स्कुले विद्यार्थीद्वारा आठौं राष्ट्रिय खेलकुद सम्पन्न हुने खेलमैदान अवलोकन
नेपालगन्ज,चैत्र,२०- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भएका भौतिक पूर्वाधारको स्कुले विद्यार्थीले अवलोकन गरेका छन् । आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भएका भौतिक पूर्वाधार अवलोकन गर्न योग्य भएपछि स्कुले विद्यार्थी अवलोकनका लागि नेपालगन्ज रंगशाला आएका हुन् । बार्षिक परीक्षा सकिएकोले थप सिकाईका तल्लो कक्षाका विद्यार्थीलाई नेपालगन्ज रंगशालामा निर्माण भएको फिल्ड एण्ड ट्रयाक, भिआइपी प्यारापिट, कवर्ड […]
शनि संकटा मन्दिर निर्माणका लागि नेपालगन्ज १२ मा उपभोक्ता समिती गठन
नेपालगन्ज,चैत्र,१९- नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १२ स्थित चिल्ड्रेन पार्क नजिक रहेको शनि संकटा मन्दिर निर्माण गर्नको लागि मंगलबार उपभोक्ता समिती गठम गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्दी सागर सुवेदिको अध्यक्षतामा मंगलबार वडा १२ अगुवा बुद्धिजीवीहरुको भेलाले समितिको अध्यक्षमा नारायण प्रसाद शर्मालाई चयन गरेको हो। त्यस्तै उपाध्यक्षमा टंकनाथ पौडेल ,सचिवमा हरिबाबु […]
सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरी प्रभावितलाई एक करोड दिने
कैलाली,चैत,१९- आईतबार आएको हावाहुरीबाट ज्यान गुमाएका परिवार र विस्थापित भएकाहरुको सहयोगको लागी सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश २ को बारा, पर्सामा हावाहुरीबाट घाइते भएका तथा विस्थापित भएकाहरुको सहयोगका लागि एक करोड सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । घोषणा […]
प्रमोद डिजिको नयाँ डान्सिङ् लोकदोहोरी गीत “पानी खोलिको”ले सबैको मन जित्दै
नेपालगन्ज,चैत्र,१९- सुटुक्कै बाटो काटेर गई,मुद्दा हाल्छु लगायतका दर्जनौं चर्चित गीतहरुमा आवाज दिइसकेका गायक प्रमोद डिजिले नयाँ लोकदिहोरी गीत “पानी खोलिको” बजारमा ल्याएका छन। गायक डिजिलाई भर्सटाइल गायक भन्दा कुनै फरक पर्दैन। किनकी सबै बिधाका गीत गाउँन सक्ने खुबी उनमा छ। यस भन्दा अगाडि उनको गीत “सुटुक्कै बाटो काटेर गई”लाई दर्शक श्रोताले अत्याधिक रुचाएका थिए। गायक […]
प्रशान्त ,नविन र पूजाको अभिनयमा प्रताप दासको नयाँ गीत “मलाई किन” सार्वजनिक
नेपालगन्ज,चैत्र,१९- नेपाल आइडल सिजन १ का सेकेन्ड रनरअप तथा पछिल्लो समयमा चलचित्रका चर्चित पार्श्व गायक प्रताप दासको नयाँ गीत “मलाई किन” सार्वजनिक भएको छ। आफ्नो प्रेमी-प्रेमिकाको वियोगान्त कथा समेटिएको गीतमा तिर्थ विश्वको शब्द तथा सङ्गीत रहेको छ भने प्रताप दासको आवाज रहेको छ। हेर्दा निकै नै आकर्षक लाग्ने गीतको भिडियोमा उदयमान मोडल प्रशान्त केसी,नवीन खड्का […]
कङ्के देउराली नि.मा.वी को २०७५ सालको नतिजा प्रकाशित
गुल्मी ,चैत्र,१९- श्री कङ्के देउराली निम्न माध्यमिक विद्यालय मदाने गाउँपालिका-६, पुर्कोट दह गुल्मीमा हिजो एक विशेष कार्यक्रमका साथ शैक्षिकसत्र २०७५ को बार्षिक परिक्षाको नतिजा सोमबार प्रकाशित भएको छ। उक्त बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री भोजबहादुर कुँवरको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि मदाने गाउँकार्यपालिका उपाध्यक्ष सरिता खड्काले गर्नु भएको थियो । कार्यक्रमको विशेष अतिथिहरुमा मदाने […]