जनताको जलविद्युत‌ सेयर खरीद सुरु : प्रधानमन्त्रीकै पहिलो आवेदन

काठमाण्डौं,चैत्र,७- गत फागुन २ गते मात्र नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्‌काे सेयरधनी’ भन्ने नारासहित उद्घाटन भएको कार्यक्रम अन्तर्गत आज बिहिबारबाट जनताको जलविद्युत् त्रिशूली ‘बी’ को सेयर खरीद प्रकृियाको आवेदन खुल्ला गरिएको छ । उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्दै सेयर खरिदको लागी आवेदन दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा […]

पाँचवटा आयोगमा अध्यक्ष नियुक्त : नवनियुक्त पाँचै जनाले लिए शपथ

काठमाण्डौं,चैत्र,७- राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नु भएको छ ।राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गर्नु भएको […]

कोइराला नेपालको शान्तिप्रक्रियाका नायक हुन्, उनले देखाएको बाटोमा हिँड्नुपर्छ : सभामुख महरा

काठमाण्डौं,चैत्र,७- सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताउनु भएको छ ।गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको सन्दर्भमा आज काठमाडौंमा गरिएको कार्यक्रममा सभामुख महराले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतिका बीच उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको स्मरण गर्नुभयो । १२ बुँदे सम्झौतादेखि पछाडिका शान्ति प्रकृयाका महत्वपूर्ण काम पूरा गर्न कोइरालाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई […]

‘शान्ति प्रक्रियाका नायक’ गिरिजाप्रसाद कोइरालाको स्मरण गरिदै

काठमाडौं,चैत्र,७- सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस बिहीबार(आज) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेस तथा अन्य विभिन्न संघसंस्थाले उनको स्मृतिमा देशका विभिन्न स्थानमा र विदेशमा रहेका नेपालीहरुले पनि विधिध कार्यक्रमको तयारी गरेका छन् ।निडर र दुरदर्शि नेताका रूपमा चिनिने ‘गिरिजाबाबु’ को २०६६ साल चैत ७ गते निधन भएको […]

नेपालगन्जको चर्चित फेसबुक पेज ‘नेपालगन्ज ग्यालेरी’ले भोलि पहिलो पटक होलि इभेन्ट गर्दै

नेपालगन्ज,चैत्र,०६- नेपालगन्जको निकै चर्चित फेसबुक पेज’नेपालगन्ज ग्यालेरी’को आयोजनामा भोलि(बिहिबार) नेपालगन्जको बागेश्वरी हल रोड नजिक पहिलो पटक रुस्लन होलि उत्सव हुने भएको छ। पछिल्लो समयमा सामाजिक कार्यमा निकै अग्रसर हुँदै आएको चर्चित यस फेसबुक पेजले छरिएर रहेका सम्पुर्ण नेपालगन्ज बासिलाई होलिमा भेटघाट अनि आपसी होलि बिशेष शुभकामना आदान प्रदान गर्ने साथै होलिको दिनमा बिशेष मनोरन्जन दिने […]

आज होली पर्व मनाईदै ,तराईमा भोलि मनाईने

काठमाण्डौं,चैत्र,६- फागुन शुक्ल पूर्णिमाका दिन आज बुधबार रङहरूको चाड फागुपूर्णिमा अर्थात होली मनाईंदैछ । तराई भेगमा भने बिहिबार भव्यताका साथ होली मनाइन्छ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन […]

बाँके बागेश्वरी कलेजले गर्यो आठौँ सेमेस्टरका बिद्यार्थीलाई विदाई

नेपालगन्ज, चैत्र,०५- मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल अाई टी सम्वन्धी पढाइ गर्ने बाके बागेश्वरी कलेज( बिएसि सिएस आइटि) नेपालगन्जले अाज एक कार्यक्रम गरि अाठौं सेमेष्टरका बिद्यार्थीहरुलाई विदाई गरेको छ । उक्त कलेजका सातौँ सेमेस्टरमा अध्यनरत बिद्यार्थीद्वारा आयोजित गरिएको बिदाई कार्यक्रम नेपालगन्जमा रहेको अाई पि कम्पेल्क्स होटलमा सम्पन्न भएको थियो। त्यसै कलेजका […]

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुने मैदानमा दुबो लगाउने काम सकियो

नेपालगन्ज,चैत्र,०५- नेपालगन्जमा सम्पन्न हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र पारीएको छ । तयारिका साथसाथै प्रतियोगिताको लागी नेपालगन्ज रङशालाको निर्माण कार्य धमाधम भैरहेको छ। निर्माणका क्रममा मंगलबार फुटबल खेल मैदानमा दुबो लगाउने काम समेत सकिएको छ । केहि दिन पहिले पनि लगाइएको दुबोमा थप गर्दे आज खेल मैदानलाई पुग्ने गरी लगाइसकिएको क्षेत्रिय खेलकुद विकास समितिका […]

होलिको अवसरमा पत्रकार र स्थानिय युवा समुहबिच मैत्रीपुर्ण फुट्बल प्रतियोगिता हुँदै

नेपालगन्ज,चैत्र,०५- होलिको अवसर पारेर आदर्श युवा वचत समूह खजुराको आयोजनामा चैत्र ७ गते बिहिवार बाँकेको खजुरामा पत्रकार र स्थानिय युवा समुहबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ। पाँच हजार रासि रहेको उक्त प्रतियोगिता पत्रकार र स्थानिय युवा वचत समुहबिच मात्रै हुनेछ। प्रतियोगिताको लागि बाँकि तयारि भैरहेको आदर्श युवा वचत समुहका सचिव सुवास निरौलाले जानकारी दिए। […]

विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल जारी

काठमाडौँ,चैत,५- विज्ञापन व्यवसायलाई मापदण्ड बनाई नियमन गर्ने र विज्ञापनको स्पष्ट नीति बनाई करको दायरामा ल्याउने उद्देश्यले बनाइएको विधेयकमाथि दफाबार छलफल जारी छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सो ‘विज्ञापन (नियमन गर्ने)े विधेयक–२०७५’ माथि छलफल जारी छ । बिहीबारदेखि सो विधेयकमा दफाबार छलफल शुरु भएको थियो । विधेयकमा होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमति लिनुपर्ने, विज्ञापनरहित प्रकाशन […]