दाङमा भोली माघि महोत्सव हुने

रोशन घर्ती/ दाङ,पुस,२७- दाङमा भोली आयोजना गरिएको माघि महोत्सव २०७४को तयारी पुरा भएको आयोजकले जनाएका छन । थारु कल्याणकारिणी सभाको आयोजना र घोराही उपमहानगरपालिकाको सहयोगमा जिल्ला समन्वय समितिको पछाडी रहेको मञ्चमा महोत्सव कार्यक्रमको आयोजना गरिएको  महोत्सव को तयारी पुरा भएको कार्यक्रमका संयोजक तेजमान चौधरीले जानकारी दिनुभएको छ। थारु कल्याणकारिणी सभा र विभीन्न सरोकारवाला निकायको आयोजनामा […]

शान्ती सुधा वोर्डीङ स्कुल घोराहीको आज २४ औ स्थापना दिवस सम्पन्न

रोशन घर्ती/ घोराही,पुस,२७- शान्ती सुधा वोर्डीङ स्कुल घोराहीले आज २४ औ स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगकी अध्यक्ष राधा सिहवलीको प्रमुख अतीथ्य एवं विद्यालय व्यवस्थापन समीतीका अधयक्ष दामोदर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनय कुमार मीश्रले विद्यालयको वारेमा जानकारी गराउनु भएको थियो। त्यसअवसरमा जनहान्दोलनका जिउदा सहीद कृष्ण गीरी, अभिभावक […]

महिलाहरुका लागी घोराहीमा ५ दिने नेत्रित्व विकास तालिम सुरु

रोशन घर्ती/ घोराही,पुस,२७- महिलाहरुका लागी घोराहीमा पाँच दिने नेत्रित्व विकास तालिम सुरु भएको छ । नेपाल मगर महिला सेवा केन्द्रको आयोजनामा तथा घोराही उपमहानरपालिका वडा नं. १४ को आर्थिक सहयोगमा तालिम सुरु भएको हो । त्यस अबसरमा बोल्ने वत्ताहरुले महिला अधिकार सबै महिला एक ठाँउमा आउन जरुरी रहेको वताउनुभयो । चेतनाको अभावका कारण कति महिला […]

प्रबुद्ध माबीको छैटौं अबिभावक भेला सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२७- प्रबुद्ध माध्यमिक बिद्यालय सुनकोशी गाउपालिका ७ च्यानम ओखलढुंगाको छैटौं अविभावक भेला सम्पन्न भएको छ । बिद्यालयका संस्थापक खिलानाथ अधिकारीको प्रमुख आतिथ्यता तथा शिक्षक अबिभावक संघका अध्यक्ष नबिन कुमार कटुवालको अध्यक्षतामा एक कार्यक्रमका साथ अभिभावक भेला सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक एबं उप जिल्ला सभापति अधिकारीलाई अभिन्नदन तथा सम्मान गरिएको छ । […]

गाउँमा उच्च मावि स्थापना गर्न पब्लिक सहकारीको ५१ हजार सहयोग

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,२७- ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका ३ उबूँमा संचालित पब्लिक बचत तथा ऋण सहकारी संस्थाले गाउँमा उच्च मावि स्थापना गर्न ५१ हजार १ सय २८ रुपैँया आर्थिक सहयोग गरेको छ । सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत आठौं साधारण सभामा सहयोग हस्तान्तरण गरिएको हो । गाउँमा रहेको पूँजी एकिकृत गरेर गाउँमै लगानी गरेर आर्थिक विकासमा योगदान लक्ष्यका […]

बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रमा बृहत माघि मेला आजदेखी शुरु

पवन मुडभरी/ बौनियां,पुष,२७- कैलालीको बर्दगोरिया गाउपालिका —२ बर्दगोरिया धार्मिक पर्यटकीय क्षेत्रमा बर्दगोरिया धार्मिक संरक्षण मञ्चको आयोजनामा बृहत माघि मेला २०७४ आजदेखी शुरु भएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चले हरेक वर्ष माघी मेलाको आयोजना गर्दै आएको छ । मेलाको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक चौधरीको सभापतित्वमा […]

घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण

बिरेन्द्र शाह/ सुखड,पुस,२७- कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको घोडाघोडी मन्दीरमा रहेका ३० जना बटुकलाई ४० थान कम्मल बितरण गरीएको छ । जिल्ला प्रशासन कैलाली र नेपाल रेडक्रस सोसाईटी साखा कैलालीको सहयोगमा कम्मल बितरण गरेको थियो । नेपाल रेडक्रस सोसाईटी सोसाईटी दरख साखाका सभापति दिनेश कुमार लामिछानेले ४० थान बितरण गर्नु भएको हो […]

ठकुरी समाजद्वारा अशाय बालबालीका र बृद्वबृद्वाहरुलाई न्यानो कपडा वितरण

बाँके,पुस,२७- पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । जन्म जयन्तीको अवसर पारी बाँकेको नेपालगंजमा रहेको बागेश्वरी मन्दिर परिषरमा ठकुरी पत्रकार समाज नेपालले पनी एक कार्यक्रम गरी बागेश्वरी मन्दिरमा रहेका विभिन्न अशाय बालबालीका र बृद्वबृद्वाहरुलाई न्यानो कपडा वितरण गरेको हो । अशाय बालबालीका र बृद्वबृद्वा गरी ५० जनालाई न्यानो […]

आज देखि खाद्य मेला सुरु

इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२७- आज देखि कञ्चनपुरमा पहिलो पटक खाद्य मेला सञ्चालन हुन लागेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा खाद्य मेला २०७४ सञ्चालन हुन लागेको हो । स्थानिय स्तरमा उपलव्ध पोषिला खाद्य पदार्थको प्रर्वद्धन गरि असल पोषण युक्त खाना खाने वानीको विकास गर्न मेला आयोजना गरिएको हो । मेलाको […]

ओखलढुंगामा इज्माले गरायो कृत्रिम सौर्य मण्डलको अबलोकन

सिर्जना बर्देवा/ ओखलढुंगा, पौष,२७- ओखलढुंगा सदरमुकामका दुई विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई सौर्यमण्डको अवस्था र विभिन्न ग्रह तथा नक्षत्रको गति सम्बन्धी प्रत्यक्ष अवलोकन गराइएको छ । भिडियो मार्फत सगरमाथा जनता उच्च मावि र लाली गुराँस इलिंस स्कुलका विद्यार्थी तथा शिक्षकहरुलाई सौर्य मण्डलको कृत्रिम स्वरुप नै निर्माण गरेर प्राकृतिक ग्रह, उपग्रह, नक्षत्र र कृत्रिम भुउपग्रहहरुको गति र […]