ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने

सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- ओखलढुंगाका कृषकले पनि अब पेन्सन पाउने भएका छन् । सिद्धिचरण नगरपालिका १, तलुवामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा त्यहाँका वडाध्यक्ष केदारबाबु बस्नेतले यस्तो बताउनुभएको हो । राष्ट्रिय कृषक महासंघ नेपाल, जिल्ला कार्य समिति ओखलढुंगाको सहकार्यमा नमुना कृषक महिला समूह, तलुवाको आयोजनामा कृषिका सवालमा आधारित अन्तरक्रिया गरिएको हो । स्थानीय निर्वाचनका समयमा […]

ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरियो

सिर्जना बर्देवा / ओखलढुंगा पौष २- ओखलढुंगामा पहिलो पटक प्याराग्लाइडिंगको परीक्षण उडान गरिएको छ । बिग स्माइल प्याराग्लाइडिंग नेपाल पोखराका सिनियर पाइलट सागर क्षेत्रीले आज परीक्षण उडान गर्नुभएको हो । ओखलढुंगाको देउराली डाँडाबाट उडान गरेर रुम्जाटार परिसरमा अवतरण गरिएको थियो । परीक्षण उडानमा पाइलट क्षेत्रीसंगै स्थानीयबासी जिन्दल श्रेष्ठले पनि उडान गर्नुभएको छ । ओखलढुंगाको मौसम […]

निर्वाचन सम्पन्न भएको एक वर्षपछि स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण

सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- ओखलढुंगा क्याम्पस, ओखलढुंगाले स्ववियु निर्वाचनका निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन सम्पन्न भएको झण्डै एक वर्षपछि निर्वाचितहरुलाई क्याम्पसले आज बल्ल प्रमाणपत्र वितरण गरेको हो । गत साल फाल्गुन २१ गते नै निर्वाचन सम्पन्न भएपनि विविध कारणले प्रमाणपत्र वितरणमा ढिलाइ भएको क्याम्पस प्रशासनले जनाएको छ । अनेरास्ववियुका जीवन कटवाल […]

कुन्तादेबीमा सहभागिता मुलक बार्षिक समिक्षा बैठक सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- मोलुङ्ग गाउपालिका १ कुन्तादेबी ओखलढुंगामा सहभागिता मुलक बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । जिल्ला भुमि सुधार मञ्चको आयोजनामा “सुरक्षित घरबार सबैलाई खेति योग्य जमिन जोताहा किसानलाई ” भन्ने मुल नाराका साथ बैठक सम्पन्न भएको हो । २०७३ पौष १ गते देखी २०७४ पौष सम्मको आर्थिक प्रगति प्रतिबेदन,कार्यक्रम प्रगति प्रतिबेदन […]

सुनौलो हजार दिनका आमा तथा बच्चालाई लक्षित गरि तालिम संचालन

सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- मोलुङ्ग गाउपालिका ८ रागदिप ओखलढुंगामा पोषिलो जाउलो बनाउने तालिम सम्पन्न भएको छ । सुनौलो हजार दिनको आमा तथा बच्चाहरुलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको हो । युएसए आईडी र सेब द चिल्डेनको आर्थिक सहयोग तथा ग्रामीण बिकास मञ्च फोर्ड नेपाल सवल परियोजना द्धारा संचालित सवल कार्यक्रमले तालिम संचालन गरेको […]

खोटाङमा सामीद्वारा आफ्नै कामको अनुगमन

सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- विभिन्न जिल्लामा सप्ताहव्यापी कार्यक्रम गरेर आप्रवासन दिवस मनाइरहँदा खोटाङमा भने दिवसको अवसरमा सुरक्षित आप्रवासन परियोजनाले गरेका कार्यक्रमको अनुगमन गरिएको छ । परियोजना अन्तर्गत बालसेवा समाज नेपाल नेर्पा खोटाङ र नवकिरण सेवा समाज दुर्छिमले सञ्चालन गरेका वित्तीय साक्षरता कक्षा र मनोसामाजिक परामर्श कार्यक्रमको अनुगमन गरिएको हो । बालसेवा समाजले रुपाकोट मझुवागढी […]

खोटाङमा १३ प्रतिशतले धान उत्पादन बढ्यो

सिर्जना बर्देवा/ ओखलढुंगा पौष २- यो बर्ष खोटाङमा १३ प्रतिशतले धान उत्पादन बढेको छ । १५ हजार २ सय २ हेक्टरमा धान खेति लगाइएकोमा अघिल्लो बर्षको तुलनामा बृद्घि भई यो बर्ष ३३ हजार ४ सय ४५ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । अघिल्लो वर्ष १४ हजार ८ सय ९८ […]

गणेश घर्तीको पहिलो लोकगीत “सानू तिमी मेरी मात्र हौ”

काठमाण्डौं,पौष,२- पछिल्लो समय नेपाली  गीत संगीतमा थुप्रै नयाँ कलाकारहरुको आगमन हुने क्रम तिव्र रुपमा बढेको छ । नेपाली लोकसंगितमा नयाँ अनुहार र बेग्लै पहिचाहनका साथ फेरी एक लोकसंगीतका पारखीले बिल्कुलै नयाँ लोक दोहोरी गित बजारमा ल्याएर आई पुगेका छन् ।  उनी हुन्, प्युठान जिल्लामा जन्मनु भएका नवगायक गणेश घर्ती मगर । उनले आफ्नो पहिलो गीत “सानू […]

पार्टी एकताबारे आज नयाँ घोषणा गर्दै ओली र प्रचण्ड

काठमाडौं पुस,२- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादी केन्द्रबीचको एकताबारे आज अपरान्ह नयाँ घोषणा गर्ने भएका छन्। पार्टी एकतापछि पनि सबै कार्यकारी नेतृत्व एमाले अध्यक्ष ओलीले पाउने भन्ने एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तिले एकताबारे सिर्जना भएको संसय चिर्न प्रचण्ड–ओलीले नयाँ घोषणा गर्न लागेका हुन्। यसका लागि आज […]

ओखलढुंगा डोजोका कराते खेलाडीहरुलाई मेयर श्रेष्ठ द्धारा सम्मान

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१- ओखलढुंगा डोजो ओखलढुंगाका कराते खेलाडीहरुलाई सम्मान गरिएको छ । सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले खेलाडीहरुलाई सम्मान गर्नु भएको हो । केपिलासगढी गाउँपालिका बाक्सिला खोटाङ्ग र नेपाल सितोरियो कराते संघ जिल्ला शाखा दिक्तेलको संयुक्त आयोजनामा खोटाङको बाक्सिलाबजारमा सम्पन्न केपिलासगढी गाउपालीका प्रमुख कप आमन्त्रीत राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकोमा मेयर श्रेष्ठले […]