जसपा नेपालले शुक्रबार मधेस प्रदेश संसदीय दलका नेता चयन गर्ने

काठमाडौं,पुष,२२-जनता समाजवादी पार्टी (जसपा)ले आज शुक्रवार नेपाल मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ।बिहिवार जसपाको बैठकले प्रदेशको विधान पारित गरेको थियो। बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताउनुभयो। पार्टीको केन्द्रीय समितिले मधेस प्रदेशको संसदीय दलको नेता छान्नका लागि पार्टीका नेता लालकिशोर साहको […]

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु १३ घाइते

पाल्पा,पुष,२२-पाल्पाको रैनादेवी छहरा गाउँपालिका -८, खुर्सानेमा बिहीबार मध्यराति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।ग १ ख ४९७७ नम्बर बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।१३ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख जनक शाहीले घटनास्थलबाट घाइतेहरुको उद्धार गरी बुटवल पठाएको जानकारी दिनुभयो।बस सडकबाट ५० मिटर तल भिरमा खसेको […]

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने

काठमाडौं,पुष,२१-मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने जानकारी दिनुभएको छ। यसैबिच: लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनु भएको थियो । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी

काठमाडौं,पुष,२१-सत्ता साझेदार दलहरूले बिहीबार सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । यसअघि बुधबार बसेको गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम बिहीबार टुंगो लगाउने निर्णय गरेको थियो । सत्ता साझेदार सात दलबाट एक-एक जना प्रतिनिधि बसेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारिएको हो । जनतासँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, […]

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

काठमाडौं,पुष,२०-जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।मंगलबार सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश भए सरकारमा सहभागी हुने निर्णय भएको हो।नभए पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन […]

आजको राशिफल ।। पुष २० गते बुधवार

काठमाडौं,पुष,२०-आज विक्रम संवत २०७९ साल पुष महिनाको २० गते बुधवार, (जनवरी ४ तारिख) पौष शुक्ल त्रयोदशी तिथी । आज पुष २० गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका […]

सुनको मूल्य यो वर्षकै उच्च

काठमाडौं,पुष,१९-साताको तेस्रो दिन मंगलबार सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ।मंगलबार सुनको मूल्य प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख २ हजार ६ सय रूपैयाँ […]

कञ्चनपुरमा ५३ प्रतिशतले बढ्यो धान उत्पादन, झन्डै २ लाख मेट्रिक टन धान भित्र्याइयो

कञ्चनपुर,पुष,१८-कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ।गतवर्षको तुलनामा यस वर्ष जिल्लामा धानको उत्पादन ५३ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले बताएको छ। केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले जिल्लामा यस वर्ष १ लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए, जुन गतवर्षको भन्दा ६६ हजार ४०० मेट्रिक टन बढी हो।गतवर्ष जिल्लामा १ लाख […]

गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं,पुष,१८-उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । सोमबार भर्चुअल माध्यम मार्फत देशभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठकमा गृहमन्त्री लामिछानेले अहिलेको शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट सर्वसाधारणलाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिनुभयो । गृहमन्त्रालयमा भएको भर्चुअल बैठकमा […]

राष्ट्रपति-उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी थाल्न प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं,पुष,१८-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो।साथै रिक्त रहेको राष्ट्रिय सभा सदस्यको लागि समेत निर्वाचनको प्रक्रिया अघि बढाउन आयोगका पदाधिकारीलाई उहाँले आग्रह गर्नुभएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरुबीच छलफल […]