दाङ,असोज,२४- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देउवा सरकारलाई निशर्त समर्थन गरेको बताउँदै तत्कालै सरकारमा सहभागी हुनेबारे नसोचेको बताएका छन् । माओवादी नेता जनार्दन शर्मालाई हटाएर कमल थापा गृहमन्त्री बन्न लागेको चर्चा भइरहेका बेला थापाले मंगलबार बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकारमा सहभागी हुनेबारे नसोचेको बताएका हुन् । राप्रपा सरकारमा सहभागी हुने कुरालाई उनले बाहिरी […]
Images
बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
रोशन घर्ति दाङ,असोज,२४- दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबाहक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको […]
म्यादी प्रहरीमा भर्ना खुल्यो
काठमाडौं, असोज २४- सरकारले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको छ । मंसिर १० र २१ गते हुने चुनावका लागि सुरक्षा प्रदान गर्न नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना खोलेको हो । सरकारले ९८ हजार २६८ जवानका लागि भर्ना खुलाएको हो । इच्छुक र […]
अर्थशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक थालरलाई
एजेन्सी,असोज, २४- २०७४ अमेरिकी अर्थशास्त्री रिचार्ड एच थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ। सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यीक्तगत निर्णयहरू तथा बजारका गतिविधिलाई […]
दाङको देउखुरीमा पेट्रोलियम ग्यासको भुगर्भ विभागद्वारा अध्ययन
नरेश खड्का/ दाङ, असोज,२४- दाङको देउखुरीस्थित राप्ती नदीको बगरमा ‘पेट्रोलियम ग्यास’ निस्केको विषयमा खानी तथा भुगर्भ विभागले अध्ययन गरेको छ । केही दिनदेखि ग्यास निस्केको स्थानीयले बताएपछि खानी तथा भू–गर्भ विभागबाट आएका विशेषज्ञले स्थगलत अध्ययन गरेको हो । अवलोलनपछि बगरमा ग्यास निस्केको सत्य भए पनि मिथेन या पेट्रोलियम कुन ग्यास हो थप अध्ययनपछि मात्र थाहा […]
प्रहरीलाई फोन गरी मनोज पुन समूहबाट गौचनको हत्या गरेको दाबी
काठमाण्डौ,असोज,२३- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले राजधानी बाट तीन जनालाई प्रकाउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताउनुभयो । पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, संजय तामाङ र दिलीप लामा रहेका छन् । प्रहरीले उनीहरुको साथबाट १ थान […]
राप्रपा सरकारमा सहभागी हुने
काठमाडौं, असोज,२३- राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले उपयुक्त मन्त्रालय पाए सरकारमा जाने निर्णय गरेको हो । बैठकमा पार्टी अध्यक्ष कमल थापाले उपप्रधान एवं गृह मन्त्रालय पाए सरकारमा सहभागी हुनुपर्ने धारणा नेताहरुले राखेका थिए । बैठकपछि प्रवक्ता भुवन पाठकले सरकारमा जाने […]
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या
काठमाण्डौं,असोज-२३- निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएको छ । काठमाडौंको बानेश्वर खरिबोटमा गौचनमाथि अज्ञात समूहले आज दिउँसो गोली हानेको थियो । उहाँको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौचनको पेटमा दुईवटा गोली लागेको छ । बा १३ ४९४८ नम्बरको गाडीमा सवार गौचनलाई गाडीभित्रै गोली लागेको थियो । गाडीको अगाडिको […]
माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु
रोशन घर्ति दाङ,असोज,२३- नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनभित्र माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु भएको छ । गठबन्धनभित्र जारी औपचारिक तथा अनौपचारिक छलफलमा माओवादीलाई सरकारबाट हटाउने बारेमा छलफल भएपनि निर्णय अझै भइनसकेको काँग्रेस नेता रमेश लेखकले बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोगले आचारसंहिता लागु गरेको भए पनि विशेष राजनीतिक परिस्थिति निर्माण भएका कारण निर्णय […]
प्रहरी डिआईजी सिलवालको राजीनामा स्वीकृत
काठमान्डौं,असोज,२३- नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ। गृहमन्त्री जनार्दन शर्माले उहाँको राजीनामा स्वीकृत गर्नु भएको हो । राजीनामा दिएपछि पनि लामो समय स्वीकृत नगरी कारबाहीको तयारी गरेको भन्दै चर्को विरोध भएपछि असोज १९ को मिति राखेर गृह मन्त्री शर्माले सिलवालको राजीनामा स्वीकृत गर्नु भएको हो । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले राजीनामा स्वीकृतिका […]










