कोरोनाबाट जापानमा एकै दिन ७ जनाको ज्यान गयो ,मृतकको संख्या ७७ पुग्यो

जापान,चैत,१९-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा एकै दिनमा ७ जनाको ज्यान गएको छ । बुधबार सम्म जापानमा कोरोना भाईरसका कारण ज्यान जानेको संख्या ७७ पुगेको छ । यो अहिले संम्मकै उच्च हो ।     यहाँ हरेक दिन नयाँ संक्रमित थपिदै गएका छन् । मंगलबार बाट बुधबार सम्म नयाँ २५९ जनामा संक्रमित देखिएको छ […]

कोरोनाले लियो जापानमा ७० जनाको ज्यान, संक्रमितको संख्या २६७४ पुग्यो

जापान,चैत,१८-कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा मंगलबार सम्म ७० जनाको मृत्यु भएको छ । जापानमा एकै दिन ४ जनाको निधन भएसंगै ज्यान गुमाउनेको संख्या ७० पुगेको हो।   यहाँ एकै दिनमा नयाँ ७१ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २६ सय ७४ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १ […]

जापानमा कोरोनाले लियो ६६ जनाको ज्यान, संक्रमितको संख्या २६०३ पुग्यो

जापान,चैत्र,१७-कोरोना भाइरस (कोभिड–१९) को कारण जापानमा सोमबार सम्म ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। एकै दिनमा नयाँ १६९ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २६ सय ३ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १ हजार २५ जना उपचारपछि निको भएर घर फर्केका छन् ।  जापानको ४७ (केन) मध्य ४२ (केनमा) […]

अहिले नै आपतकालिन अवस्था घोषणा गर्नु आवश्यक छैन : प्रधानमन्त्री शिन्जो आबे

जापान,चैत्र,१६-जापानका प्रधानमन्त्री शिन्जो आबेले शनीबार आफ्ना देशका जनतालाई कोरोनाभाइरसबाट जोगिन आग्रह गर्नु भएको छ । उहाले भन्नुभयो  संयुक्त राज्य अमेरिका र युरोपमा जस्तै प्रकोप जापानमा पनी दुई हप्तामा बढ्न सक्ने खतरा रहेको बताउनुभयो । उहाँले कोरोनाभाईरसको प्रकोप लामो समय सम्म झेल्नु पर्ने अवस्था आउन सक्ने बताउदै सम्पुर्ण नागरिकलाई सचेत र सुरक्षीत रहि कोरोना भाईरस विरुद्ध लड्न चेतावनी दिनुभएको छ । […]

कोरोनाबाट जापानमा ६५ जनाको मृत्यु,२४ सय ३४ जना संक्रमित

जापान,चैत्र,१६-विश्वभर फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण जापानमा आईतबार सम्म ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ। एकै दिनमा नयाँ २०८ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २४ सय ३४ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १ हजार ७ जना उपचारपछि निको भएर घर फर्केका छन् ।  पछिल्लो तथ्यांक अनुसार टोकियोमा […]

जापानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६४ पुग्यो, ९९ जना नयाँ संक्रमित थपिए

जापान,चैत,१५-जापानमा कोरोना भाइरसका कारण आज (आईतबार) थप २ जनाको मृत्यु भएको छ ।दुईजनाको मृत्यु संगै ज्यान गुमाउनेको संख्या ६४ पुगेको हो । यो समाचार तयार पार्दा सम्म थप नयाँ ९९ जनामा संक्रमित देखिएको छ ।अब जापानमा कोरोना भाईरस संक्रमितको संख्या २३ सय २५ जना पुगेको छ । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ९ सय ७५ […]

जापानमा कोरोनाबाट ६२ जनाको मृत्यु, २२ सय २६ जना संक्रमित

जापान,चैत,१५-कोरोना भाइरस (कोभिड–१९) को कारण जापानमा एकै दिन ५ जनाको ज्यान गएको छ । यससंगै शनीबार सम्म ज्यान गुमाउनेको संख्या ६२ जना पुगेको हो । जापानमा शुक्रबार देखि शनीबार संम्म एकै दिनमा नयाँ ११७ जनामा संक्रमित भेटिए संगै संक्रमितको संख्या २२ सय २६ जना पुगेको विभिन्न जापानीज समाचार माध्यमले जनाएका छन् ।  संक्रमितहरुको उपचार पछि निको पनि भएका […]

रसुवागढी र तातोपानी नाका संचालन गर्ने सरकारको निर्णय

काठमाडौं,चैत्र,१२-सरकारले चीनतर्फका रसुवागढी र तातोपानी नाका सुचालु गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान […]

‘लकडाउन’को समयमा मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने

काठमाडौं,चैत,१२-विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ । हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी […]

टोकियो ओलम्पिक एक वर्ष स्थगित

जापान,चैत्र११-जापानमा हुने टोकियो ओलम्पिक खेल एक वर्ष स्थगीत भएको छ । यस वर्ष जुलाईमा हुने प्रतियोगिता एक वर्ष सार्न आयोजक राष्ट्र जापानले औपचारिक प्रस्ताव गरेको हो । जापानी प्रधानमन्त्री सिन्जो आवेले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)का अध्यक्ष थोमम बेचसंग मंगलबार टेलिफोन वार्ता गर्दै विश्व खेलकुदको महाकुम्भ मेला एक वर्ष स्थगित गर्न प्रस्ताव गर्नु भएको हो । एक वर्ष ओलम्पिक […]