सीमानाकामा अलपत्र नेपालीलाई अन्तीम पटक प्रवेश गर्न दिने सरकारको निर्णय

कमाण्डौं,चैत्र,११-सरकारले नेपाल–भारत नाकामा रोकिएका नेपालीहरुलाई अन्तिम पटक स्वदेश प्रवेश गर्न दिने निर्णय गरेको छ।कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समन्वय समितिको बैठकले अनिवार्य रुपमा क्वारेन्टिनमा बस्ने गरी अन्तिम पटक प्रवेश गर्न दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सूचना तथ सञ्चारमन्त्री डा. युवराज खतिवडाले त्यसका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय आग्रह […]

नेपालमा कोरोनाभाइरसको परीक्षण विश्वसनीय छ : डब्लूएचओ

काठमाडौं,चैत,११-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोनाभाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको जनाएको छ । डब्लूएचओले नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डा. जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो । डब्लूएचओले केही सुधारको सिफारिससहित डा. जोनाथनले तयार पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई […]

जापानमा कोरोनाबाट ४९ जनाको मृत्यु, १८१० जनामा संक्रमण ८४६ जना निको भएर घर फर्किए

काठमाण्डाै,चैत्र,१०-कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट जापानमा सोमबार सम्म ४९ जनाको मृत्यु भएको छ।  जापानमा १ हजार ८ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।जस मध्य ८ सय ४६ जना निको भएर घर फर्किसकेका छन्,भने ४९ जनाको ज्यान गईसकेको हो।अहिले १ हजार ८४ जनाको उपचार भैईरहेको छ ।ज्यान गुमाउनेमा अधिकांश वृद्ध,वृद्धा बढी रहेका छन् ।  चीनको वुहानबाट […]

कोरोना संक्रमणः मड्रिडका पूर्व अध्यक्ष सान्जको मृत्यु, माल्दिनी र दिबाला संक्रमित

काठमाण्डौं,चैत्र,९-कोरोना भाईरसको संक्रमणबाट स्पेनिस फुटबल क्लब रियाल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । सन् १९९५ देखि २००० सम्म रियाल मड्रिडका अध्यक्ष रहेका सान्जको गएराति अस्पतालमा मृत्यु भएको उनको छोरा डुरान सान्जले ट्वीटरमार्फत बताएका छन् । ७६ वर्षिय सान्जलाई कोरोनाभाईरसको संक्रमण भएपछि विगत केहीदिनदेखि अस्पतालमा उपचार गराईरहेका थिए । उता,इटालीयन फुटबल हस्ती पावलो […]

नेपालभर अत्यावश्यक बाहेक सबै सेवा बन्द

काठमाडौं,चैत्र,९-विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आज(आइबार)बाट बन्द गरिएको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो ।सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित सेवा प्रदान गर्नेछन् । बन्द […]

दैनिक आफिसिएल मेकअप कसरि गर्ने (भिडीयो सहित)

काठमाण्डौं,चैत्र,८-हरेक युवतीको राम्रो देखिएर हिँड्ने इच्छा हुन्छ  युवतीहरूमा  को भन्दा को कम हुने प्रतिस्पर्धा नै चल्छ । सुन्दर देखिन कमसेकम धेरथोर मेकअप त गर्नैपर्छ ।  यसकारण हरेक युवतीलाई आफ्नो मेकअप किटमा कुन–कुन प्रोडक्ट सामग्री हुनुपर्छ भन्ने कुराको जानकारी आवश्यक छ ।  आफू सुहाउँदो हरेक प्रोडक्टमा ध्यान दिनु जरुरी हुन्छ । मेकअप प्रोडक्ट पनि उच्चकोटीको हुनुपर्छ […]

अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाइँदै

काठमाडौं,चैत्र,८-शनिबार(आज) २१ मार्च अर्थात अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ।जातिय विभेद अन्त्यका लागि काम गर्ने विभिन्न संघसंस्थाले कार्यक्रम गरी यो दिवस मनाइँदैछ । काला र गोरा जातिको बीचमा हुने भेदभाव अनी दास प्रथा विरुद्धमा ५२ वर्षअघिबाट हरेक मार्च २१ मा यो दिवस मनाइन्छ । सन् १९६० मा दक्षिण अफ्रिकामा आजैका दिन जातीय विभेदविरुद्ध निकालिएको शान्तिपूर्ण […]

युवाहरु कोरोना भाइरसको उच्च जिखममा: सचेत हुन डब्लूएचओको चेतावनी

काठमाण्डौं,चैत्र,८-विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले युवाहरुमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नरहेकोले सचेत रहन चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेडरोज आध्यनोम गेब्रेयेसोसले भनेका युवाहरुले चयन गरेका व्यवहार कसैका लागि पनि जीवन र मरणको कारक हुने बताएका हुन् ।   युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरसबाट मुक्त नभएकोले धेरै हिँडडुल गर्ने र कमजोर एवं […]

कोरोना संकटको अवस्थामा वस्तुको कृतिम अभाव, कालाबजारी नियन्त्रणमा ध्यानदिन आग्रह (विज्ञप्तीसहित)

काठमाडौं,चैत्र,७-कोरोना भाइरसको सक्रमणको प्रमावले नागरिकमा परेको त्राशपूर्ण अवस्थामा उपभोग्य वस्तुको बिक्रि वितरण तथा गुणस्तरमा कृतिम समस्या खडागरी कालाबजारी हुनसक्नेतर्फ सरकारलाई सचेत गराउँदै पेसागत महासङ्घ नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । हिजो एक विज्ञप्ती जारी गर्दै पेसागत महासङ्घ नेपालका महासचिव विष्णु लामिछानेले महासंघको धारणा बाहिर ल्याएका हुन । मुलुक संकटपूर्ण अवस्थामा रहेको बेला कालोवजारी गर्ने, […]

कोरोना संक्रमण-जापान सहित ६ देशबाट हवाईजहाज नेपाल आउन रोक

काठमाण्डौं,चैत्र,७-कोरोना संक्रमण,रोकथाम तथा नियन्त्रण गर्न आजबाट नेपाल सरकारले इरान, मलेसिया, दक्षिण कोरिया, टर्की र जापानबाट हवाईजहाज नेपाल आउन रोक लगाएको छ।मार्च २० अर्थात् चैत ७ गते शुक्रबार रातिदेखि यी देशबाट कोही पनि नेपाल आउन पाउने छैनन्। कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बैठकले यी मुलुकबाट आउने यात्रु रोक लगाउने निर्णय गरेको हो। […]