भयरहित बिद्यालय बनाउन शिक्षकलाई प्रशिक्षित गरिँदै

नेपालगञ्ज,बैशाख,११- भर्ना अभियानसंगै बीचमा बिद्यालय छाड्ने संख्यालाई कम गर्न भयरहित बिद्यालय बनाउन शिक्षकहरुलाई प्रशिक्षित गराइँदैछ । बाँकेको जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकाकामा रहेका बिद्यालयहरु भयरहित बिद्यालय बनाउनु शिक्षकहरुलाई प्रशिक्षित गराउन थालिएको हो । बिद्यालयमा सकारात्मक अनुशासन पद्दतिको बिकास गर्नका लागि संचालित लैंङ्गिक संवेदनशील बाल संरक्षण प्रणालीको बृहत बिकास परियोजना अन्तर्गत एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई […]

लोकतन्त्र दिवसको उपलक्ष्यमा काग्रेसद्वारा दीप प्रज्वलन

के-पी-घिमिरे/ नेपालगन्ज.’,बैशाख,११- बैशाख ११ गतेका दिन देशमा लोकतन्त्र दिवसको रूपमा मनाउदै आईरहेका बेला मंगलबार साॅझ नेपाली कांग्रेस पार्टीले भने नेपालगन्जको वि-पी- चोक स्थित वि-पी-को शालिकमा दीप प्रज्वल गरी लोकतन्त्र दिवस मनाएको छ । नेपाली कांग्रेस पार्टी बाॅके जिल्ला सभापति किरण कोइरालाको सभापतित्व तथा अछाम जिल्लाका प्रतिनिधि सभाका सदस्य राम बहादुर बिष्टको प्रमुख अतिथिमा दीप प्रज्वलन […]

नेपाल बिद्यार्थी संघले गर्यो बृहत रक्तदान कार्यक्रम

 के-पी- घिमिरे/ नेपालगन्ज,बैशाख,१०- नेपाल बिद्यार्थी संघको ४९ औ स्थापना दिबसको उपलक्ष्यमा आज महेन्द्र बहुमूखि क्याम्पस नेपालगन्जमा ने-बि- संघले बृहत रक्तदान कार्यक्रम गरेर मनाएको छ ।  महेन्द्र बहुमुखि क्याम्पसका ईकाइ सभापति चेतनारायण शर्माको सभापतित्व , नेपाली कांग्रेस बाके जिल्ला पार्टी सभापति किरण कोइरालाको प्रमुख अतिथि तथा प्रदेश नं ५ का सभासद तथा पार्टीका ५ नं प्रदेशका […]

सुभलक्ष्मी बोर्डिङ स्कुललाई राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी

सिर्जना बर्देवा/ ओखलढुंगा,बैशाख,१०- ओखलढुंगामा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सुभलक्ष्मी बोर्डिङ स्कुलले प्राप्त गरेको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको आयोजनामा ७ गते देखी ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा सञ्चालन गरेको प्रतियोगितामा सुभलक्ष्मी बोर्डिङ स्कुलले रनिङ्ग शिल्डको उपाधि हात पार्न सफल भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागी खेलकुद’ भन्ने मुल नाराका साथ संचालन […]

पार्टी एकताका लागि छिट्टै मिति तोकिने : गृहमन्त्री थापा

चितवन,वैशाख,१०- गृहमन्त्री रामबहादुर थापाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि छिट्टै मिति तोकिने बताउनु भएको छ । वैशाख ९ गते तयारी नपुग्दा ढिला भएको भन्दै थापाले अब छिट्टै एकताको मिति तोकिने आज प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराउनु भयो । उहाँले एमाले र माओवादी केन्द्रबीच सबै […]

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने

काठमाण्डाैं,वैशाख,१०-   एक महिनायता जारी नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने भएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार सकिने गरी बैठकलाई अघि बढाइएको जानकारी दिनु भएको हो । निर्वाचनको समिक्षा गर्ने मूल एजेन्डासहित एक महिनायता जारी केन्द्रिय कार्य समितिको आजको बैठकमा पनि नेताहरुले निर्वाचनमा हार व्यहोर्नुको कारण खोजीगरी पार्टीलाई एकतावद्ध ढंगले […]

नेपाल पत्रकार महासंघको प्रदेश ४ मा पौडेल निर्विरोध चयन

पोखरा,बैशाख,९- नेपाल पत्रकार महासंघको प्रदेश नं. ४ मा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो । आज सोमबारसम्म दावी विरोध गर्ने समय भने रहेको छ । महासंघ प्रदेशमा २१ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रावधान रहेको छ । यसैगरी : प्रदेश नं. ४ को महासंघको  समितिको […]

जेष्ठ नागरीकहरूलाई सम्मन कार्यक्रम सम्पन्न

के-पी-घिमिरे/ नेपालगन्ज,बैशाख,९- बाॅके जिल्लाको राप्ती सोनारी गाउ पालिकामा वडा न १ खासकुश्मामा आज एक कार्यक्रमक गरेर जेष्ठ तथा बृद्ध नागरीकहरूलाई सम्मान गरिएको छ ।गाउ पालिका वडा अध्यक्ष चन्द्र बहादुर ओलीको सभापतित्व तथा गाउ पालिका प्रमुख लाहुराम थारूको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा महिला बृद्धहरुलाई छाता, बुलाउच, चोली , धोती र नगद दिईएको थियो […]

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख पाण्डे र सभामुख महरा विच भेटवार्ता

रोशन घर्ती/ दाङ,बैशाख,९- तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र सभामुख कृष्णवहादुर महराका विचमा भेटवार्ता भएको छ । तुलसीपुरको समग्र विकासका सन्दर्भमा भएको भेटघाटमा सभामुख महराले बहुआयामिक योजनाहरुका लागि केन्द्रबाट पहल गर्ने वताएका थिए । उनले तुलसीपुरको विकासका लागि सडक, पूर्वाधार निर्माण र विमानस्थल नियमित सञ्चालनका लागि आफुले पहल गर्ने समेत वताएका थिए । सभामुख महराले […]

दाङमा पहिलोपटक मिस एसइइ हुने

रोशन घर्ती/ दाङ,बैशाख,९- दाङमा पहिलोपटक मिस एसइइ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडमीको संयुक्त आयोजनामा आगामी जेठ ३ गतेदेखि यो कार्यक्रम शुरु हुने भएको छ । दाङबाट एस इइ दिएका युवतीहरुले यस प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिताको विजेतालाई गोरखा स्कूलले १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति प्रदान गर्ने भएको छ भने […]