महालक्ष्मी म्युजिक प्रा.लिको उत्कृष्ट म्युजिक भिडियो “लाउदै छ रे मेला” बजारमा

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,१०- पछिल्लो समय महालक्ष्मी म्युजिक प्रा.लीको प्रस्तुतिमा म्युजिक भिडियोहरु बजारमा आईरहेका छन् । यसै क्रममा लाउदै छ रे मेला बोलको म्युजिक भिडियो सार्बजनिक गरेको छ । चर्चित सर्जक ऋषि खड्काको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा नव गायक आर सि सापकोटा र चर्चित गायीका मेलिना राईको स्वर रहेको छ । (भिडीयो हेर्नका […]

आज नेपाल लगायत विश्वभर ख्रीष्टमस दिवस मनाईंदै

काठमाडौं, पुस,१०- क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा विश्वभर ख्रीष्टमस दिवस मनाइँदैछ । आज नेपालका चर्चमा पनी प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस मनाईेको हो । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु-स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्मदिनको […]

अन्तर्राष्ट्रिय नाकाबन्दीको उत्तर कोरियाद्वारा कडा शब्दमा निन्दा

सोल,पुस,९- उत्तर कोरियाले एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्को नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । अघिल्लो हप्तामात्र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा गरिएको मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीमा निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गरिएको थियो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्यहरुलाई सो सम्बन्धी मतदानको एजेण्डा […]

राष्ट्रपतिविरुद्ध सडकमा उत्रियो नेविसंघ

काठमाडौं,पुस,९- नेपाली कांग्रेससम्बद्ध नेवि संघले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ । नेवि संघले आज काठमाण्डौंको प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए । राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको […]

फोक्सिङटारमा अस्थायी बेलिब्रिज संचालन

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,९- खोटाङ र पूर्वी शहर जोड्ने सुनकोशीको फोक्सिङटारमा अस्थायी बेलिब्रिज आईतबार देखी संचालन गरिएको छ । खोटाङको दिप्रुङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटार जोड्न फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज जडान गरिएको हो । आर्थिक वर्ष २०५१ र ०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा […]

दाङ राजधानी बनाएर फेरि विजय हुन्छु : महरा

 घोराही,पुस,९- नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने बताउनुभएको छ । दाङ क्षेत्रनम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आज बिहान मतदाता भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो । भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको […]

ट्रक दुर्घटना हुदा एकको मृत्यु, एक घाईते

पवन मुडभरी, बौनिया,पुस,८- कैलालीको बर्दगोरिया गाउपालिका ४ निमुवाबोझि चौक नजिक ट्रक रोड बाट तल पल्टिदा ट्रक चालकको मृत्यु भएको छ भने सह चालक घाईते भएका छन । आज विहान करीब सवा ४ बजे दाङबाट धनगढी तर्फ गईरहेको सिमेन्ट बोकेको ना ६ ख १९९० नं.को ट्रक रोड बाट तल पल्टिदा ट्रक चालक दाङ निवासी ४० वर्षिय […]

सडकपेटीमा राखेका सामान नगरपालिकाको नियन्त्रणमा

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,८- खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सडकपेटीमा राखेका सामान नियन्त्रणमा लिएको छ । नगरको स्वच्छताका लागि पुस ५ गतेदेखि सरसफाई सप्ताह थालेको नगरपालिकाले दिक्तेलबजारका सडकपेटीमा राखिएका एक ट्याक्टर सामान नियन्त्रणमा लिएको हो । नगरपालिकाको आग्रह बेवास्ता गर्दै सडक पेटीबाट बिक्रीका सामान नहटाउने व्यवसायीको सामान प्रहरीको सहयोगमा पहिलोपल्ट उठाइएको मेयर दिपनारायण रिजालले बताउनुभयो । सडक […]

सुनकोशी नदिमा राखिएको बेलिब्रिज आईतबार देखी संचालन गरिने

सिर्जना बर्देवा/ ओखलढुंगा पौष ८- खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीको नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज आईतबार देखी सञ्चालन गरिने भएको छ । वर्षाका कारण बर्षमा ५ महिना संचालन हुने बेलिब्रिज सञ्चालन गरिने भएको हो । खोटाङ्गको खोटेहाङ्ग गाउपालिका स्थित लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउपालिका रौतागडी ३ फोक्सिङटारमा मंसिरको पहिलो हप्ता बाट सुरु गरिएको उक्त […]

बर्दगोरियामा बृहत माघि मेला २०७४ हुने

पवन मुडभरी/ बौनियाँ,पुस,८- कैलालीको बर्दगोरिया गाउपालिका -२ बर्दगोरियामा बर्दगोरिया धार्मिक संरक्षण मञ्चको आयोजनामा यही पुस २७ गते देखि माघ २ गते सम्म बृहत माघि मेला २०७४ हुने भएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चका अध्यक्ष खडक चौधरीको अध्यक्षतामा शुक्रबार बसेको बैठकबाट जगराम चौधरीको सयोजकत्वमा १६ सदसीय मेला समिति गठन गरेको छ । जसको उपसयोजकमा खडक […]