लोकतन्त्रीक उम्मेद्वारहरुसँग जनताद्धारा मागैमाग

कोहलपुर, मंसिर,९- बाँके क्षेत्र नं. १ (ख) अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १५ का स्थानिय जनताले प्रतिनिधिसभा सदस्य माधवराम खत्री र प्रदेश सभा सदस्य नारायण प्रसाद गैडेलसँग विभिन्न मागहरु राखेका छन् । स्थानियले आफ्नो क्षेत्रमा सुविधा सम्पन्न कालोपत्रे सडक, खानेपानी, विद्युत लगायत अन्य विकासका विभिन्न मागहरु राखेका छन् । “यहाँ धेरै पटक अरुलाई जिताएर पठायौं, […]

रुकुममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ४ घाईते

रुकुम,मंसिर,८- रुकुमको सदरमुकाम मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । सदरमुकाम मुसिकोट बाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आईरहेको ग १ ज ४२६० नम्वरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँख कालिमाटीमा शुक्रबार साँझ ७: ४५ बजे दुर्घटनामा परेको थियो  । दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । त्यस्तै ४ जना घाइते छन् । […]

अछाममा निर्वाचन आचारसंहिता विपरित विद्युतको पोल गाड्ने काम हुँदै

एकेन्द्र महता/ मंसिर,अछाम,८- चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा निर्वाचन आचारसहिता विपरित विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको भन्दै नेपाल विद्युत प्राधिकरण साँफेबगरमा उजुरी परेको छ । आचारसहिता विपरित चौरपाटी गाउँपालिका वडा नं.७ का वडा अध्यक्षको पहलमा भईरहेको स्थानीयले आरोप लगाएका छन् । निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम आचारसहिंता विपरित भएको स्थानीय […]

नेपालगञ्ज उपमहानगरपालिको प्रथम नगर सभा

नेपालगञज,मंसीर,८- नेपालगञ्ज उपमहानगरपालिकाले करिव दुई अर्ब ७७ करोड ९ लाख एक हजार ५ सय ९६ को आय÷ व्यय प्रस्ताव प्रस्तुत गरेको छ । स्थानीय तहको निर्वाचनपछि आज नेपालगञ्ज आयोजित भव्य प्रथम सभा समारोहमा उपमहानगरपालिकाले चालु ०७४÷०७५ को लागि आन्तरिक तथा बाह्य श्रोतबाट कुल आय दुई अर्ब ७७ करोड ९ लाख एक हजार ५ सय ९६ […]

मलेसिया र नेपाल भिड्दै, मलेसियालाई जित्नैपर्ने बाध्यतामा नेपाल

काठमाडौं, मंसिर ८- टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ । थाईल्याण्डमा जारी प्रतियोगिताबाट अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना जीवित राख्न नेपालले आजको खेल जित्नैपर्ने छ । समूहको पहिलो र दोस्रो खेलमा बर्षाका कारण अंक बाँड्न बाध्य भएपछि नेपालको यात्रा कमजोर बनेको थियो । तेस्रो खेलमान बिहीबार युएईसँग ५ रनले […]

निर्वाचनमा कर्मचारीले मतदान गर्न नपाउने

काठमाडौं,मंसिर,८- सर्वाेच्च अदालतले कर्मचारीको मतदान गर्ने अधिकारको रक्षा गर्न भने पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा खटिएका झण्डै पाँच लाख कर्मचारीले मतदान गर्न नपाउने भएका छन् । महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब सुब्बा भरतकुमार मैनालीले संविधान र अन्य ऐनकानुनको व्यवस्थाअनुसार कर्मचारी र राष्ट्रसेवकलाई समानुपातिक मतदानको अधिकार दिन माग गर्दै रिट दायर गरेका थिए । आजको हिमालय टाइम्समा […]

कतारमा नाकाबन्दीको असरः हजारौं नेपाली फर्किए

काठमाडौं,मंसिर,८- ६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका छन् । आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई […]

बाँकेमा आजपनी लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम

बाँके,मंसिर,७- बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आज पनि चुनावी कार्यक्रमलाई निरन्तरता दिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेशसभा १ क का उम्मेदवार केही दिनदेखि नरैनापुर गाउँपालिकामा घरदैलो कार्यक्रममा व्यस्त हुनुहुन्छ । आज गंगापुरमा घरदैलो भइरहेको लुट बहादुर खत्रीले जानकारी दिनुभयो । प्रदेश सभा १ का का उम्मेदवार नारायण गौडेल कोहलपुरको […]

वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने

काठमाडाै,मंसिर,७- वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ। प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्। कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त्यसलाई […]

संविधान संशोधन राजपाको मुख्य कार्यसूची

काठमाडौँ,मंसिर,७- संविधान संशोधनलाई नै मुख्य कार्यसूची बनाएर राष्ट्रिय जनता पार्टी नेपाल राजपाले घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।मधेसको मुद्दा सम्बोधन नगरेसम्म देशले स्थायित्व पाउन नसक्ने भन्दै राजपाले पहिलो चरणको निर्वाचनको तीन दिनअघि घोषणापत्र सार्वजनिक गर्न लागेको हो । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरण अन्तर्गत देशका ३२ जिल्लामा मङ्सिर १० गते मतदान हुँदैछ । […]