काठमाडौं,असोज,१५- २७ औं अन्तर्रा्ष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ । हरेक बर्षको अक्टोबर १ तारिखमा बिश्व ज्येष्ठ नागरिक दिवस मनाउने गरीन्छ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदैछन् । संयुक्त राष्ट्र सङ्घले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्रा्िष्ट्रय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने […]
Author: bihani
आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाइदै
काठमाडाैं,असाेज,१५- विजयादशमीको दोस्रो दिन आज, पापकुंश एकादशीः आज पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ । विजया दशमीमा दिन हिजो टिका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल पनि बढेको छ । एकादशी अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र […]
सरकारको सुपथ मूल्यका पसलमा ५० प्रतिशतले कारोबार बढ्यो
काठमाडौं, असोज १५- सरकारले संचालन गरेको सुपथ मूल्यका पसलमा कारोबार बढेको छ ।अघिल्ला वर्षको तुलनामा सुपथ मूल्यका पसलमा ५० प्रतिशतसम्मले कारोबार बढेको संस्थानहरुले जनाएका छन् । साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङले दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी उपत्यकासहित मोफसलमा समेत सुपथ मूल्यका पसल एवं घुम्ती पसल संचालन गर्दै आएका छन् । नेशनल ट्रेडिङमा यस वर्ष गत […]
काठमाडौंको बल्खुमा भीषण आगलागी, ४० घर जले
काठमाडौं, असोज १५– बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा शनिबार राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । डेरामा बस्ने तीनजनालगायत सबैका खाद्यान्न, लत्ताकपडा सबै जलेको स्थानीयवासी श्यामदास पाण्डेले बताउनुभयो […]
आज बडादशैं : मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरिदैं
काठमाडौं, आसोज १४- आज नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । आजको दिन घरघरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको […]
चिकित्सक संघको आन्दोलन फिर्ता
काठमाण्डौ,असोज,१३- सरकारले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गरेको छ । आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालयमा भएको वार्तामा प्रधानमन्त्री शेर बहादुर देउवाले संघले उठाएको माग सम्बोधन गर्दै चिकित्सकलाई सुरक्षाको पुर्ण प्रत्याभुति दिलाउने प्रतिवद्धता जनाएपछि संघले तत्काललाई आन्दोलन स्थगित गरेको हो । चिकित्सकहरुमाथि हातपात भईरहेको र सुरक्षाको महसुस नभईरहेका बेला सरकारले […]
बडादसैंको टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम
काठमाडौं, असोज १३- हिन्दुहरुको महान पर्व बडादसैंको टीकामा साइत खोज्नेहरुका लागि शनिबार (भोलि) बिहान ११ बजेर ५५ मिनेट उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिले दुर्गाभवानीको प्रसाद लगाउनका लागि साइतको जरुरी नपर्ने तर साइत नै खोज्नेहरुका लागि भने ११ बजेर ५५ मिनेटको समय उत्तम रहेको जनाएको हो । दसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशिर्वाद लिने […]
आज विश्व मुटु दिवस
काठमाडौं,असोज १३- आज विश्व मुटु दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । यसवर्षको विश्व मुटु दिवसको नारा ‘एक विश्व, एक घर, एक मुटु’ तय गरिएको छ ।विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि यसवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको […]
वडादशैंको नवौं दिन आज महानवमी पर्व मनाईदै
काठमाण्डौं,असोज,१३- आश्विन शुक्ल महानवमीका दिनमा आज नवरात्रीको नवौं दिन नेपालीले वडादशैँका रुपमा आज नव दुर्गा माताको नवौं शक्त्ती स्वरुपा माता सिद्विधात्रीको विशेष पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन्। साथै वडादसैँको नवौं दिन आज धनधान्यकि देवि माता महालक्ष्मी देविको पूजा अर्चना गरि मनाईदैछ । आजको दिन शक्त्ती स्वरुपा माता सिद्विधात्रीको विशेष पूजाआराधना गर्नाले सम्पुर्ण संसारै जित्न सक्ने सिद्वता हासिल […]
लोकप्रिय गायक तथा रेडियो प्रस्तोता वासुदेव मुनालको निधन
काठमाण्डौं,असोज,१२- गायक वासुदेव मुनालको निधन भएको छ। रेडियो प्रस्तुतिमा पनि बेग्लै पहिचान बनाएका मुनालको घाँटीको क्यान्सरका कारण बिहीबार भक्तपुरको क्यान्सर अस्पतालमा निधन भएको हो। उनी ६८ वर्षका थिए। झण्डै चार दशक रेडियोमा बिताएका उनको रेडियो नेपालमा बज्ने बाल कार्यक्रम निकै लोकप्रिय थियो। ‘पानी खाने निउँले’, ‘लालुपाते फूलेर’ ‘बाँसुरीको धुनमा’, ‘तिम्रो घर चाँचरी’ लगायतका चर्चित गीत […]









