देश निर्माणमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ,भदौ, ४- प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण योगदान रहेको र […]

संशोधनमाथिको बृहत् छलफल आज हुँदै

काठमाडौं,भदौं,४- व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल हुने भएको छ । दिउँसो १ बजे सुरु हुने बैठकमा गत बुधबार प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि छलफल हुने भएको हो । संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसक्नु भएको छ भने अब ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ । संशोधनकर्ता सांसदसँगै अन्य इच्छुक सांसदले […]

नेपाली फुटबल टोलीको जापानमा विजोग, लगातार तेस्रो हार

काठमाडौं, भदौ,३- जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ ।भ्रमणको पाँचौ खेलमा नेपाली टोली  आज शनिबार भिसेल कोबेको १८ वर्ष मुनीको टोलीसँग ४-२ को हार बेहोरेको हो । नेपालका लागि बिमल घर्ती मगर र भरत खवासले गोल गरेका थिए । यसअघि नेपाल जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५-० ले […]

नेता नेपाल उत्तर कोरियाको भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं,भाद्र,३- नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल उत्तर कोरियाको भ्रमण सकेर आज स्वदेश फर्किनु भएको छ । भ्रमणका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भेटेर युद्धमा भन्दा वार्ता र संवादमा जोड दिन आग्रह गरेको नेता नेपालले बताउनुभयो । एशियाली देशका सांसदहरुको सम्मेलनमा सहभागी हुन उत्तर कोरिया पुगेका नेपालले आज […]

प्रदेश २ मा स्थानीय तहको निर्वाचनको तयारी तीव्र

काठमाडौं,भदौं,३- निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ माहुने स्थानीयतहको निर्वाचनको तयारी तीव्र पारेको छ । प्रदेशनम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते स्थानीयतहको तेस्रो चरणको निर्वाचन हुदैछ । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगाएतका सामानहरु जिल्ला, जिल्लामा पुर्याउने, थपिएका स्थानीय तहमा मतदातानामावलि संकलनको कामलाई व्यवस्थित गर्ने […]

नामावली दर्ता गराउन छुटेकालाई फेरी आयोगको आग्रह

काठमाडौं,भदौं,३- निर्वाचन आयोगले थप गरेको मतदाता नामावली संकलनको समयअवधि आज सकिदैछ । गत साउन ३२ गते ३ दिन थप गरेको नामावली संकलनको अवधी आज सकिने निर्वाचन आयोगले जनाएको छ । सबै क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालय र ६ सय ६९ स्थानीय तहहरुबाट मतदाता नामावलीमा नाम दर्ता, संकलन भइरहेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले […]

नेपाल प्रेस युनियनले बोलायो बृहत आकस्मिक भेला

काठमाडौं,भदौं,३- नेपाल प्रेस युनियनले संगठन विभागले भोलीबाट काठमाडौंमा सुरुहुने पत्रकार महासंघको २५ औं महाधिवेशनका बारेमा छलफल गर्ने बृहत भेला बोलाएको छ । युनियनको संगठन विभागले आकस्मिक भन्दै भेला बोलाएको हो । युनियन संगठन विभागले भेलामा उपस्थितिकालागि केन्द्रीय समितिका सदस्य, आकांक्षी उम्मेदवारहरु, युनियनका केन्द्रीय पार्सद, महासंघका पार्षद्हरु अनिवार्य उपस्थीतिकालागि आग्रह गरेको छ । काठमाडौंको अनामनगरस्थित घट्टेकुलो […]

घोराहीको नगरसभामा सडक पूर्वाधार प्राथमिकता

नरेश खड्का / दाङ, भदौ ३- घोराही उपमहानगरपालिकाको प्रथम नगरसभा आज शनिबार हुने भएको छ । नगरसभाले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छ । नयाँ संरचनामा गएपछिको पहिलो नगरसभाबाट चालु आर्थिक वर्षभरि गरिने कार्यक्रमहरु सार्वजनिक हुँदैछ । उपमहानगरपालिकाले बिषेश गरी सडक पूर्वाधारको बिकासलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रम ल्याउन लागेको जनाएको छ । सडक सञ्जाललाई […]

यूएई सोसाईटीको सहयोगमा बर्दियामा थर्ड एलायन्सद्धारा त्रिपाल र झुल वितरण

बर्दिया,भाद्र,२-  साउन २७ गते देखि निरन्तर परेको अबिरल वर्षका बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घर पूर्ण रुपमा ध्वस्त पारे पनि सरकारी राहत हाल सम्म नपुगेको पिडितहरुले गुनासो गरेका छन् । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले शुक्रबार बर्दियको बाढी […]

बाजुराका दुई हजार बालबालिकामा कुपोषण

बाजुरा,भदौ,२– बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको एक तथ्यांकले देखाएको छ। जिल्लाका नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकामा रहेका दुई हजार बालबालिका अझै कुपोषित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी रमेश कुँवरले बताउनुभयो । उहाँले जिल्लामा कुपोषणलाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालयले आइमाम कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कुपोषण भएका बालबालिकाका […]