नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाण्डौं,भाद्र ,२- नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति […]

वाइसिएलको राष्ट्रिय सम्मेलन काठमाडौमा आजदेखि सुरु

काठमाडौ,भदौ,२– माओवादी केन्द्रको युवा भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौमा सुरु भएको छ । बिहान ११ बजे जडीबुटी पार्टी प्यालेसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वाइसिएललाई नयाँ नेतृत्व सहमतिबाटै ल्याउन पार्टीबाट चर्को दबाब परेको छ । वाइसिएलको नेतृत्वका लागि तीनजना बीच प्रतिस्पर्धा देखिएको […]

प्रधानमन्त्रीद्वारा कैलालीका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण

कैलाली, भदौ १- प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको बाढी प्रभावित क्षेत्रको आज हवाई निरीक्षण गर्नु भएको छ । उहाले टीकापुरको पुरानो विमानस्थलमा ओर्लिएर बाढीपीडितलाई राहत सामग्री पनि हस्तान्तरण गर्नु भएको हो ।  प्रधानमन्त्री देउवाले बाढीपीडितको राहतमा कुनै कमी हुन नदिने आश्वासन दिनुभएको छ । उहाँले खाद्यान्न लत्ताकपडा र पालको व्यवस्था गरेको बताउनुभयो । उहाँले बाढीबाट विस्थापित […]

रुकुमको आठविसकोटमा अज्ञात रोगबाट २ सय विरामी

नरेश खड्का / रुकुम,भदौ,१-  रुकुमको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २ सय बढी बिरामी परेका छन् । हप्ता दिन यता सर्वसाधारणहरु धमाधम बिरामी परिरहेको स्थानीयले बताएका छन् ।स्थानीयका अनुसार टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेका छन् । नगर प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण […]

जनसम्पर्क समिती क्यूस्यु फुकुओकाको क्षेत्रीय अधिवेशन हुने

 मिलन मगर/ जापान,भाद्र,१- जनसम्पर्क समिती क्यूस्यु फुकुओकाको क्षेत्रीय अधिवेशन हुने भएको छ । अधिवेशनको लागी उम्मेदवारी मनोनयन दर्ता अगष्ट १९ तारीखमा हुँदैछ । मनोनयन दर्ताका लागि  भोली किनयोबि (शुक्रबार )बिहान १० देखि १२ बजेसम्म समय तोकिएको छ ।मनोनयन दर्तासँगै चुनावी कार्यक्रम सुरु हुनेछ ।  मनोनयन दर्ताका बेला उम्मेदवारले उम्मेदवारी दिन खोजेको पदअनुसारको तोकिएको धरौटी रकम र आवश्यक […]

दाङ जिल्ला उद्योग बाणिज्य संघमा भुषाल निर्वाचित

नरेश खड्का/ दाङ,साउन,३२- दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्षमा नारायणप्रसाद भुषाल निर्वाचित भएका छन् । हिजो मतदान भई बुधबार सम्पन्न मतगनणा अनुसार भुषालले मुख्य प्रतिष्पर्धी मञ्जु बज्राचार्यलाई हराउदै भुषाल अध्यक्ष पदमा विजयी भएका हुन् । भुषालले नौँ सय ६४ मत ल्याएर विजयी भएका हुन् । यस्तै मञ्जु बज्राचार्यले छ सय ११ मत ल्याईन । दुई […]

नेपाल आदिवासी जनजाति महासंघ जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन हुने

मिलन मगर/ जापान,साउन,३२- नेपाल आदिवासी जनजाति महासंघले जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन गर्ने भएको छ । सबै जनजातिहरुलाई एक ठाँउमा गोलबद्व गराउने साझा, छाता संगठनको रुपमा रहेको संस्था नेपाल आदिवासी जनजाती महासंघको क्षेत्रिय कमिटी जापानको क्युसु क्षेत्रमा गठन गर्न लागेको हो ।  यहि अगष्ट १४ तारिखका दिन फ़ुकुओका क्षेत्रमा बसोबास गर्दै आईरहनु भएका हस्त लामाको अध्यक्षतामा बसेको बैठकले नेपाल […]

बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिई राहत वितरण गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौं,साउन,३१- बढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । आज राहत प्रक्रियाका बारेम बुझ्न र निर्देशन दिन हवाई अड्डा निर्देशनालय पुगेका गृहमन्त्री शर्माले सबैलाई न्यायोचित रुपमा राहत वितरण गर्न र बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिन निर्देशन दिनु भएको हो ।  बढी पीडितले राहत नपाएको गुनासोसँगै राहत ढुवानीमा समस्या आएको […]

नेपाल र चीनबीच तीन महत्वपूर्ण सम्झौता

काठमाडौं, साउन,३१- नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् ।नेपाल र चीनबीच आज राजधानीमा सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनसम्बन्धी सम्झौता भएका हुन् । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ तथा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर […]

चीनले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं, साउन, ३१- चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायता स्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । आज राजधानीमा शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्नु भएको छ […]