दोस्रो चरणको चुनाव असार १४ गते गर्ने निर्णय

काठमाडौं,जेठ,१७- सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच […]

भरतपुर मतगणनाको अनुसन्धान छानबिन समितिले सक्यो

काठमाडौं, जेठ,१७- गत ३१ वैशाखमा भएको मतदानमा झन्डै एक लाख १२ हजार भरतपुरवासीले मतदान गरे । करिब एक लाख आठ हजार मत सुरक्षित गनियो । गणना गर्न बाँकी अन्तिम चार हजार मत निर्णायक हुनेवाला थियो । तर, सो मतगणना हुनै पाएन । एकाएक मतपत्र च्यातिएपछि अब वडा नं. १९ मा पुनः मतदान कि मतगणनालाई निरन्तरता […]

राजपालाई निर्वाचनमा जान भारतको आग्रह

काठमाडौं,जेठ, १७- निर्वाचन विथोल्ने गरी आन्दोदनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ । राजपाका नेताहरुसँग व्यक्ति टेलिफोन संवादमा पनि भारतीय नेताहरुले निर्वाचनमा सहभागी हुन आग्रह गर्दै आएका छन् । साथै मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले पनि निर्वाचनमा जान आग्रह गरेका छन् । आजको नेपाल […]

असार ९ गते रमजान पर्छ भन्ने आफूहरुलाई हेक्का नभएको प्रधानमन्त्रीको भनाई

काठमाडौं,जेठ, १६- स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचनको मितिमा पूनर्विचार गर्न माग गर्दै मुस्लिम प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । मुस्लिम समुदायको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ले भन्नुभयो, ‘आज तपाईहरुलाई मैले नै यहाँ बोलाएको हुँ । हिजो […]

बाजुराको कोल्टीमा सेनाको विमान दुर्घटना

काठमाडौं,जेठ,१६–  नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी […]

नेपालगंजमा जिवनजलविक्री वितरण कार्यक्रम शुभारम्भ

मधुपौडेल, बाँके,जेठ,१६- मध्ये र सुदुरपश्चिमका लागि विकट जिल्ला तथा गाउँ वस्तीका जनताहरुलाई जिवनजलको अभावले मृत्यु हुन नपरोस भन्ने उदेश्यका साथ नेपालगंजमा जिवनजलविक्री वितरण शुभारम्भ कार्यक्रम भएको छ । सात वर्ष देखी बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले सरकारी अनुदान प्राप्त गरे पछि सो कार्य सुरुवात गरेको हो । पुर्ण सरकारी स्वामित्वमा रहेको लिमिटेडले सुरुका दिनहरुमा […]

सात वर्षमा १७ हजार मेगावाट विजुली

काठमाडौ,जेठ,१६- १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने घोषणा कार्यान्वयन नहुदै सरकारले सात वर्षमा १७ हजार मेगावाट विजुली उत्पादन गर्ने उदघोष गरेको छ । अर्थमन्त्री कृष्णवहादुर महराले सोमवार संसदमा पेश गरेको वजेटमा सात वर्षभित्र १७ हजार मेगावाट विजुली उत्पादन गर्ने महत्वाकांक्षि घोषणा भएको हो । ०६५ सालमा प्रधानमन्त्री भएका वेला दाहाल सरकारले १० वर्षमा […]

दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते हुने

काठमाडौ,जेठ,१६- जेठ ३१ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन नौ दिनपछि असार ९ गतेका लागि तय गरिएको छ । मन्त्रीपरिषदको सोमवार वसेको वैठकले राष्ट्रिय जनता पार्टी नेपाललाई दोस्रो चरण निर्वाचनमा सहभागी उदेश्यसाथ नयाँ मिति तय गरेको हो । सत्तापक्ष, प्रमुख प्रतिपक्ष र राजपाका शिर्षनेताहरुको सहभागीतामा आइतवार राती वसेको चार दलको वैठकमा भएको अनौपचारीक […]

सर्वोच्चको फैसलाविरुद्ध सरकारले भ्याकेट हाल्ने

काठमाडौ, जेठ, १६- सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावका सम्बन्धमा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणाले गरेको आदेश रद्द गर्न माग गर्दै सर्वोच्चमा भ्याकेट हाल्ने भएको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यसअघि न्यायाधीश राणाको इजलासले प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव अघि बढाउन रोक लगाएको अन्तरिम आदेश संविधानविपरीत भएको भन्दै भ्याकेट हाल्ने निर्णय गरेको […]

लियो क्लब अफ नेपालगंजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

मधुपौडेल, बाँके,जेठ,१५- लियो क्लब अफ नेपालगंज, बागेश्वरीले आज सोमबार आफ्नो दोस्रो वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । क्लबका अध्यक्ष लि.योगेन्द्र भण्डारीको सभापतित्वमा भएको उक्त भेलाले आगामी बर्ष २०१७र१८ को लागि नयाँ कार्यसमितको चयन समेत गरेको लियो क्लवका कोषाध्यक्ष लि.अस्मिता सुबेदीले  बताउनुभयो  ।   नयाँ कार्यसमितको नामावली निम्नानुसार रहेको छ । १. लि.भावना रोका ( अध्यक्ष) […]