नेकपा एमाले बाँकेको बैठक आज बस्दै

बाँके ,माघ २९- नेकपा एमाले बाँकेको पुर्ण बैठक आज नेपालगंजमा बस्ने भएको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालय बाँकेको सभाहलमा बिहान ११ बजेदेखि जिल्ला कमिटि बैठक सुरु हुने एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभएको छ । एमाले बाँकेको अध्यक्ष् अशोक कोइराललाको अध्यक्ष्तामा बस्ने बैठकमा पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रमुख अतिथीका रुपमा सहभागि हुने […]

राष्ट्रपति भण्डारीद्धारा चुनावसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण

काठमाण्डौं,माघ २८-राष्ट्रपति विद्यादेवि भण्डारीले चुनावसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । व्यवस्थापिका संसदले पारित गरेको निर्वाचन कसूर तथा सजाय विधेयक र स्थानीय तह निर्वाचन विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेर कानुनी रुप प्रदान गर्नुभएको हो । यी विधेयक प्रमाणिकरण भएसँगै चुनावका लागि चाहिने चारवटा कानुन तयार भएको छ । निर्वाचन आयोग र मतदाता नामावलीसम्बन्धी कानुनले पनि […]

माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न ऊर्जा मन्त्रालयको निर्देशन

काठमाण्डौं,माघ २८-ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो । मुलुकभित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणको चरणमा रहेको र सोही आयोजनाको […]

अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश

एजेन्सी,माघ २८-अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएको छ । यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुनेछन् । यद्यपि यो ट्रम्प सरकारले नभई रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ । […]

अत्तरियामा सर्बा्धिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने

कैलाली,माघ २८-कैलालीको अत्तरियामा सर्बा्धिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । युनाइटेड अत्तरिया स्पोर्टस क्लवले शुक्रबार पत्रकार सम्मेला गरी आगामी बैशाख १४ गतेदेखि अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो । विभागीय टोलीसहितको सहभागितमा हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उप विजेताले नगद १ लाख पुरस्कार पाउनेछन् । त्यस्तै […]

फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर सीमानाकामा कडाइ

बैतडी,माघ २८-भारतको उत्तराखण्डमा फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर बैतडी, दार्चुलाका सीमानाकामा कडाइ गरीएको छ । अरुबेला भन्दा आजदेखि सीमामा जाँच कडाइ गरीएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।यस्तै दार्चुलामा भारतीय सुरक्षाकर्मीले दार्चुलाको सीमा नदी महाकालीमा रहेका अस्थायी तुइन झिकेको छ । तुइन झिकेपछि दार्चुला सदरमुकाम उत्तरका बासिन्दालाई आवतजावत गर्न निकै सास्ती […]

रक्तदान कार्यक्रम सम्पन्न

बाँके,माघ २८-रक्तदान नै जीवनदान हो भन्ने मुल नाराका साथ कैलपाल हस्पिटल एण्ड मेडिकल कलेज नेपालगञ्जले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मध्य तथा सुदूरपश्चिम क्षेत्रका अस्पतालमा रगतको अभाव भइरहेको अवस्थामा त्यसलाई मध्यनजर गर्दै प्रत्येक बर्ष कलेजले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको डाइरेक्टर रेवती सिंहले बताउनुभयो । त्यसक्रममा कलेजका ९० जना विद्यार्थीले रक्तदान गरेका थिए […]

एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न

बाँके,माघ २८-बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले आज बिद्यार्थीहरुलाई लक्षित गर्दै एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय आँखा अस्पताल सुर्खेतको र फतेवाल आँखा अस्पतालको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । क्याम्पसमा रहेका विद्यार्र्थीहरुमा आँखामा हुने समस्यालाई समाधान गर्न क्याम्पसले आँखा शिविर सञ्चालन गरिएको क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बताउनु्भयो […]

शुक्ल पूर्णिमादेखि शुरु भएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी समापन

बाँके,माघ, २८-हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी समापन गरिएको छ । व्रत बस्ने प्रत्येक महिला÷पुरुषले महिनाभरी स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी […]

नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन पहल गर्ने अर्थमन्त्री महराको भनाई : व्यसायिहरुसँग बजेटका लागि सुझाव संकलन

विरेन्द्र जैशी बाँके,माघ २८-नेपाल सरकारका उप–प्रधान एवं अर्थमन्त्रि कृष्णबहादुर महराले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउन पहल गर्ने बताउनुभएको छ । आज नेपालगन्जमा आगामी आर्थिक वर्ष २०७४–७५ का लागि बजेट र राजश्व प्रणाली निर्धारणका लागि सुझाव संकलन गर्न आयोजित छलफल र अन्तकृया कार्यक्रममा अर्थमन्त्री महराले सो कुरा बताउनुभएको हो । महराले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको […]