कवि अधिकारीलाई पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरिने

बाँके,पौष ९-वरिष्ठ गीतकार कवि दिनेश अधिकारीलाई यसबर्षको पूर्णिमा साहित्य रत्न पुरस्कार प्रदान गरिने भएको  छ  ।  आज    बाँकेको  कोहलपुर आयोजना हुने कार्यक्रम बीच हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले उक्त पुरस्कार प्रदान गर्ने भएको हो ।गीतकार  अधिकारीको  एक  कविता  वाचन कार्यक्रम समेत राखिएको समारोह बीच पूर्णिमा साहित्य रत्न पुरस्कार २०७२ बाट सम्मान गर्न लागिएको  प्रतिष्ठानका  अध्यक्ष महानन्द […]

बाँके बनकटवामा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते

बाँके,पौष ९-बाँके  बनकटवामा  शुक्रवार एम्बुलेन्स  दुर्घटना  हुँदा  चार  जना घाइते भएका छन् ।बनकटवा वडा नं.९ सम्झना चोक स्थित राखिएको ड्रममा जिल्ला अस्पताल  बैतडीको  एम्बुलेन्स ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका  हुन्  ।  बिरामीलाई  ल्याउने क्रममा ठोकिदा पल्टिएर दुर्घटना हुँदा बैतडि न्वाली २ बस्ने मन्जु ठगुन्ना, ईश्वरी ठगुन्ना, बाँके सितापुर ८ बस्ने प्रेम चन्द, चालक […]

निशुल्क स्वास्थ्य कान शिविर

बाँके,पौष ९-शुक्रबार नेपाल जुनियर रेडक्रस सर्कल ज्ञान दीप माध्यमिक विद्यालय कम्दी–९ डलैयपुरको आयोजनामा निःशुल्क  कान स्वास्थ्य  शिविर आयोजना भएको छ ।बालबालिकाहरुमा बढी देखिने कान स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्नका    लागि   विद्यालयमा अध्ययनरत  छात्र÷छात्राहरुलाई लक्षित  गरि  कान  स्वास्थ्य  शिविर संचालन  गरिएको  आयोजकले जानकारी दिनुभयो । ब्रिनोज   कान   स्वास्थ्य सामुदायिक सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा संचालन भएको  शिविरमा  […]

बाह्यशक्तिको एजेन्डाभन्दा राष्ट्रिय एजेन्डालाई प्राथमिकता दिनोस ओली

काठमाडौं, पुस ९ –नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराईको ९३औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।नेपाली राजनीतिमा अत्यन्तै सन्त र सादगी नेताकोरुपमा परिचय बनाउन सफल नेता भट्टराई इमान र नैतिकवान राजनेताकारुपपा नेपाली जनतामाझ परिचित थिए ।यस अवसरमा शुक्रबार ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रममा गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी […]

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट रुपमा सुरु

विराटनगर, पुस ८-  मुक्तीबाबु रेग्मी, सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको छ । विराटनगरको स्थानिय सहिद रंगशालामा अपरान्ह राष्ट्रपति विद्यादेबी भण्डारीले प्रतियोगिता सुरु भएको घोषणा गर्नुभयो । सातौं राष्ट्रिय खेलकुदको उद्घाटनका अवसरमा तेक्वान्दोका किर्तिमानी खेलाडी दिपक बिष्ट लगायत विभिन्न ओलम्पियनले धनगढी रंगशालाबाट ल्याएको मसाल पूर्वान्चलका सात ओलम्पियनलाई हस्तान्तरण गरेका थिए । बिष्टसहित […]

मध्यपश्चिमाञ्चलको पोस्टमा सशस्त्रको ८ गोल, आर्मीले सुदूरपश्चिमलाई हरायो

 सुनसरी, पुस ८-  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।सशस्त्रले मध्यपश्चिमाञ्चलविरुद्ध गोलवर्षा गर्दै जित हासिल गर्‍यो भने आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध कठिन जित दर्ता गरेको छ ।धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा सशस्त्रले मध्यपश्चिमाञ्चललाई ८–० ले हराएको हो ।सशस्त्रको […]

पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने,मुलुकभर लोडसेडिङमुक्त गर्ने तयारी

काठमाण्डौं,पुष ८- सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल अधिकारी नेतृत्वको प्रतिनिधिमन्डलले नेपालका लागि विद्युत् उपलब्ध गराउने भारतको एनभीभीएनसँग गरेको विद्युत् खरिद सम्झौतापछि थप विद्युत् आयात हुने भएको हो ।मुलुकमा जारी ऊर्जासंकट समाधान गर्न र […]

पुस ११ गतेसम्ममा दलहरुबिच सहमति भएर राजनीतिक निकास निस्कने: सभामुख

भक्तपुर, पुस  ८-सभामुख ओनसरी घर्तीमगरले पुस ११ गतेसम्ममा दलहरुबिच सहमति भएर राजनीतिक निकास निस्कने बताउनुभएको छ । आज भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको अवलोकन गरेपछि उहाँले दलहरुबिच सहमतिको बिकल्प नभएको बताउनुभयो । उहाँले दलहरु सहमति नजिक आइसकेको दाबी गर्दै पुस ११ गते हुने दलहरुको संयुक्त बैठकमा सहमतिबाटै निकास निस्कने उहाँको भनाई थियो । सभामुख घर्तीमगरले […]

समुदायलाई न्याय दिलाउन सरकारी वकिलको भूमिका महत्वपूर्ण :राष्ट्रपति भण्डारी

काठमाडौँ, पुस  ८– राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायमा पहुँच नपुगेका समुदायलाई न्याय दिलाउन सरकारी वकिलको महत्वपूर्ण योगदान हुने बताउनुभएको छ ।महान्यायाधीवक्ताको कार्यालय नेपालले आज आयोजना गरेको ‘नेपालका सरकारी वकिलहरुको प्रथम सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण नागरिकलाई न्यायमा पहुँच पुर्याउनका लागि सरकारी वकिलको योगदान हुने बताउनुभयो ।राष्ट्रपति भण्डारीले फौजदारी न्याय प्रशासनको महत्वपूर्ण अङ्गका रुपमा […]

कानून ब्यवशायी परिवर्तनका सम्वाहक

पूर्ण ढकाल बाँके,पौष ८-उच्च उदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा।कुलरत्न भुर्तेलले  कानून ब्यवशायी समग्र देशको परिवर्तनको सम्वाहक भयकोले देशको महत्त्वपूर्ण  भूमिकामा रहने बताउनु भयो । नेपाल बार एशोसिएसनको ६१ औ स्थापना दिवसको अवसरमा उच्च अदालत वार एशोसिएसन नेपालगंज तथा बाँके जिल्ला बार एशोसिएसनको संयुक्त आयोजनामा बिहिवार नेपालगंजमा आयोजित न्याय सम्पादनमा कानून ब्यवशायीको भुमिका बिषयक […]