बाँके,माघ ५ – बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ ।कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेले बताउनुभयो ।अधिकाशं थारु समुदायका मानिसमा देखिने उक्त […]
Author: bihani
बगैंचाबाट ५० हजार मुल्यको बेवारिसे काठ बरामद
बाँके,माघ ५-सशस्त्र प्रहरीले बाँकेमा बेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ । सशस्त्र पहरीले बाँकेको हिरमिनिया ७ लोहारनपुर्वा गाउँस्थित बगैंचाबाट ५० हजार मुल्य बराबराबरको काठ बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरको नेतृत्वमा खटिएको गस्ति टोलीले १० क्युफिट सालको गोलिया बरामद गरेको हो । चिरान […]
उमेर हदबन्दी मान्न कांग्रेसको, विद्यार्थि नेताहरुलाई निर्देशन
काठमण्डौ,माघ ४-नेपाली कांग्रेसको पदाधिकारी बैठकले २८ वर्षे उमेर हद स्वीकार गर्दै स्ववियु निर्वाचनमा होमिन पार्टीसम्वद्ध विद्यार्थी संगठन नेविसंघलाई निर्देशन दिएको छ । बैठकले स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी गराउन पार्टीको तर्फबाट पहल गर्ने निर्णय पनि गरेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गराउने घोषणा गरिसकेको छ । तर, उमेर हद स्वीकार गरेर […]
नेपालगन्जमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खाद्य मेलाको आयोजना गरिने
बाँके,माघ ४-मध्यपश्चिम क्षेत्रमा प्रचलनमा रहेको खाद्यान्नको संरक्षण र संर्बद्धन गर्नको लागि नेपालगन्जमा पहिलोपटक मध्यपश्चिमाञ्चल क्षेत्रीय खाद्य मेलाको आयोजना गरिने भएको छ । ‘परम्परागत स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौ असल पोषणको लागि खानेबानीमा सुधार गरौ’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आगामी माघको तेस्रो सातादेखि खाद्य मेलाको आयोजना गरिने भएको हो । क्षेत्रीय खाद्य प्रविधि तथा गुण […]
नेपालगन्ज उपमहानगरपालीले गर्यो ५ सय छाडा पशुचौपायको नियन्त्रण
बाँके,माघ ४-नेपालगन्ज उपमहानगरपालीकाले आज सुर्खेतरोडवाट करीव ५ सय छाडा पशुचौपाय नियन्त्रणमा लिएको छ । नगरपालीका र ट्राफिक प्रहरीको सहयोगमा ४–५ सयको संख्यामा रहेका पशुचौपायलाई नियन्त्रणमा लिएको हो । सडक अतिक्रमण खाली गराउने क्रममा पुस्पलाल चोकदेखी धम्वोझी चोकमा छाडा छोडिएका पशुहरुलाई नियन्त्रणमा लिएर कान्जिहाउसमा राखीएको नेपालगन्ज उपमहानगरपालीकाका निरीक्षण शाखा प्रमुख पवन कनोजीयाले जानकारी दिनुभयो । केहि […]
पछाडि पारीएका वर्गको पक्षमा रहने सांसद बलराम अधिकारी भनाई विभिन्न पार्टी परित्याग गरि १०७ जना नेकपा ऐमाले प्रवेश
अराज सिहं बेल्बासे कपिलवस्तु,माघ ४- कपिलवस्तुको शिवगढीमा आज एक कार्यक्रम विच विभिन्न पार्टी परित्याग गरि १०७ जना नेकपा ऐमाले प्रवेश गरेका छन । पदम सुनारको नेतृत्वमा आएको समुहलाई नेकपा ऐमाले क्षेत्र नं. १ का सांसद बलराम अधिकारीले अविर लगाई पार्टी प्रवेश गराउनु भएको हो । अधिकासं दलित समुदायको बसोबास भएको वानियाभार बस्तीमा आयोजित कार्यक्रमलाई सम्बोधन […]
दाङको सरकारी विद्यालयमा अपाङग मैत्री भवन निर्माण
दाङ,माघ ४ –दाङको एक सरकारी विद्यालयमा पहिलो पटक अपाङग मैत्री भवन निर्माण भएको छ । उच्च माध्यामिक विद्यालय अश्वारामा पहिलो पटक अपाङ्गमैत्री भवन निर्माण भएको हो । सम्झौता मिति भन्दा ६ महिना अघिनै यो भवन निर्माण भएको हो ।भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय दाङले उपलव्ध गराएको ६४ लाख रुपैयाँ लागतमा भवन निर्माण गरेको विद्यालयका […]
छोरा वा छोरी जन्माउने चाहाना अनुसार चीनको प्रविधी, ९९ प्रतीशत विशेषग्यको भनाई
माघ ४-अहिलेको जमनामा आम मानिसहरु यो चाहान्छन् कि आफ्नो ईच्छा अनुसारको सन्तान होस् । सन्तान जन्माउने समयमा धेरैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनियाँ वैज्ञानीहरुका अनुसार छोरा वा छोरीको आफ्नो ईच्छामा भर पर्दछ । तपाई छोरा चाहानुहुन्छ कि छोरी ? चिनियाँ वैज्ञानीहरुले एउटा चार्ट बनाएका छन् र यदि तपाई चार्ट अनुसार गर्नु हुन्छ […]
नेपालमा ब्ल्याक मनि भित्रीन सक्ने भारतिय राजदुतको चिन्ता : नेपालगन्जका व्यवसायिले पोखे गुनासो
बाँके,माघ ४-नेपालका लागि भारतिय राजदुत रणजित रायसंग यहाँका व्यवसायीले गुनासो पोखेका छन् । नेपालगंज उद्योग वाणिज्य संघले सोमबार बेलुुका आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीले व्यापार गर्ने क्रममा अन्तर देशिय नीती नियमका कारण विभिन्न समस्या आउने गरेको भन्दै समाधानको पहल गरि दिन आग्रह गर्नुभयो । नेपालगंज उद्योगवाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भारतसंग […]
धर्मगुरुद्धारा खुला दिसा मुक्त क्षेत्र घोषणा अभियानमा लाग्ने सामुहिक प्रतिबद्धता
अराज सिहं बेल्बासे , कपिलबस्तु,माघ ३ –कपिलवस्तु जिल्लाका १० वटा गा.वि.स.का मुस्लिम तथा हिन्दु धर्म गुरुद्धारा गा.वि.स.का सबै घरधुरीमा शौचालय निर्माण गरी सम्बन्धित गा.वि.स.लाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने सामुहिक प्रतिबद्धता गरेका छन् । जिल्ला विकास समिति अन्र्तगत रहेको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम दोस्रो चरणको सहयोगमा आज जिल्ला बिकास समितिको सभाहलमा […]