चोखो परतिको अपार सफलता पछि लोक दोहोरिमा जम्दै गायक चन्द घायल

काठमाण्डौ,पुस ६- लोक दोहोरी क्षेत्रमा छोटो समयमा नै चर्चा कमाउन सफल गायक चन्दले फेरी  दर्जनौ गितहरु बजारमा आउने तयारीको रहेको जनाकारी दिनुभएको छ । कालीकोट जिल्ला पाखा गा.वि.स. वडा ५ घर भइ कर्मथलो सुर्खेत बनाउदै आउनु भएका अनिल आज प्रवास बाट नै दर्जनौ गितहरुमा लय शब्द स्वर भरी एक एक चर्चामा आउनु भएको हो । […]

कोठरी महोत्सवमा बालउद्यान राखीने

आर.के.शित्तल दाङ, पुष ६ –दाङको डुरुवा ४ कोठरीमा हुने माघि विशेष सांस्कृतिक महोत्सवमा वालउद्यान राखीने भएको छ । पुष १२ देखी १७ गतेसम्म हुने माघी विशेष सांस्कृतिक महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै वालउद्यान पनि राखीने आयोजकले बताएको छ । “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा […]

गायक थापा भन्छन् ” विकास छैन हाम्रो गाँउमा कहिले आउछौ यता “ओई नेपालका नेता

काठमाण्डौं,पुस ६-साँगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाको नेपालका नेता बोलको नयाँ गित अडियो भिडीयो सहित सार्वजनिक भएको छ । वर्तमान नेपालको वास्तविक राजनैतिक, आर्थिक तथा सामाजिक अवस्थालाई समेटेर तयार पारिएको उक्त गितलाई काठमाण्डौको अनामनगर स्थित विशेष डिजिटल स्टुडियोले बजार प्रवद्र्धनको जिम्मा पाएको छ । गायक […]

कर शिक्षाको महत्व जगाउन बाँकेमा जनचेतनामुलक कर शक्ति अभियान शुरु

बाँके,पुस ५-कर शिक्षाको महत्व जगाउन आजदेखि बाँकेमा जनचेतनामुलक कर शक्ति अभियान शुरु भएको छ । सबैले कर तिर्नु पर्ने र तिर्ने कर बमोजिमको सार्वजनिक सेवा पाउनु पर्ने भन्ने कुराको शन्देश फैलाउन जिल्लाको एक्टिभष्टिा नामक युवा समूहले कर शक्ति अभियान शुरु गरेको हो । नेपालगञ्जको ब्राइटल्याण्ड कलेजबाट जनचेतनामूलक अभियानको थालनी गरिएको एक्टिभिष्टा टिमकी युवा अल्ब्रिना सिंहले […]

नेपालगन्जलाई अवको तीन महिनाभित्र खुलादिसामुक्त घोषणा गरिने

बाँके,पुस ५-नेपालगन्जलाई अवको तीन महिनाभित्र खुलादिसामुक्त घोषणा गर्ने गरी उपमहानगरपालिकाले अभियान थाल्ने भएको छ । आज भएको समिक्षात्मक बैठकमा उपमहानगरपालिकाले अभियान सुस्ताएको स्विकार गर्दै अव गति बढाउने निर्णयमा पुगेको हो ।‘प्रारम्भिक खाका तयार पारिएको छ बैठकपछि उपमहानगरपालिकाका कार्यकारी प्रमुख गिरीराज ज्ञवालीले भन्नुभयो– ‘तीन महिना भित्रमा नेपालगन्जलाई खुला दिसामुक्त घोषणा गरिने छ । त्यसका लागि नगरस्तरीय […]

कैलालीको एच गाँउमा “फुलवारी साँस्कृतीक” महोत्सव २०७३ हुने

इन्द्र कार्की कैलाली,पुस ५-कैलालीको एच गाँउमा फुलवारी साँस्कृतीक महोत्सव २०७३ हुने भएको छ ।साँस्कृतीक,पर्यटन,व्यापार र कृषि प्रवद्धन भन्ने मुल नाका साथ धनगढी उपमहानगरपालिका वडा नं २० को एच गाँउको खेलमैदानमा पौष १३ गते देखि २२ गते सम्म फुलवारी साँस्कृतीक महोत्सव २०७३ हुने भएको छ ।महोत्सवको आयोजना न्यू बुद्ध स्पोर्टस यूवा क्लवले गर्न लागको हो । […]

बाँके नौवस्ता ८ जन्मटोलका स्थानियहरु आफ्नो गाउँ आफै बनाउने अभियानमा सक्रिय

बाँके,पुस ५-आफ्नो गाँउ आफै बनाउ भन्ने उदेश्यका साथ बाँकेको नौवस्ता ८ जन्मटोलका स्थानियहरु आफ्नो गाउँको बाटो बनाउन आफै सक्रिय भएका छन् । चुनावमा भोट माग्ने बेला नेताहरुले बाटो, घाटो ,पुल, पुलेसा बनाइदिन्छौ भन्दै गाँउगाँउमा आश्वासन दिएर भोट माग्न आउने तर चुनाव सकिएको भोली देखी स्थानिय समस्यालाइ नेताहरुले वेवास्ता गर्ने गरेको भन्दै नौवस्ता ८ जन्मटोलका स्थानियहरु […]

सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत ,सुदुरपश्चिमलाई ४–१ गोललले हराउदै एपिएफ विजयी

सुनसरी, पुस ५-पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागिय क्लबहरुको बर्चस्सो कायम भएको छ ।सुनसरीको स्थानिय दुहबी रंगाशालामा आज भएको खेलमा सुदुरपश्चिमलाई हराउदै एपिएफले पनि लगातार दोस्रो जित निकालेको छ । यसअघि आर्मी र पुलिसले पनि आ आफ्ना दुवै खेलमा जित निकालेका थिए । आजको खेलमा एपिएफले सुदुरपश्चिमलाई ४–१ गोलले हराएको हो । […]

रोल्पामा हराएकामध्ये अधिकांश सम्पर्कविहिन

रोल्पा, पुस ५-रोल्पामा गत साउनदेखि हालसम्म ३७ जना व्यक्ति हराई परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसरी हराउनेमा एकै परिवारका चार जनासम्म रहेको जिल्ला प्रहरी कार्यालयको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताउनुभयो । सानै उमेरमा ललाइफकाइ इँटाभट्टामा लैजाने, श्रीमान्ले मादकपदार्थ सेवन गरी कुटपिट गर्ने तथा भागेर विवाह गरी परिवारलाई जानकारी नदिएका […]

माघ ७ गतेभित्रै तीनवटै निकायको निर्वाचन सम्पन्न गर्ने सरकारको तयारी

काठमाण्डौ,पुस ५-संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेगरी तयारी थालेको खुलासा गर्नु भएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले सरकारले स्थानीय तहकै निर्वाचन पहिले गर्ने तयारी गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो‘सरकारले पहिले स्थानीय तहकै निर्वाचन गर्छ, स्थानीय तह पुनर्संरचना आयोगले […]