राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने :अर्थमन्त्री महरा

सिन्धुली ,पौष ८-उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक दलहरुबीच केही असमझदारी देखिए पनि मुलुकमा राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने बताउनु भएको छ ।सिन्धुली महोत्सवको उद्घाटन गर्दै मन्त्री महराले पछिल्लो समयमा राजनीतिक दलहरुका कारण संविधान कार्यान्वयन, संशोधन र स्थानीय निकायको निर्वाचनमा व्यवधान उत्पन्न भए पनि त्यसलाई सरकारले मिलाउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले पूर्वराजा ज्ञानेन्द्र […]

सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष फुटबलमा पुलिसद्वारा पूर्वाञ्चल पराजित

धरान,पौष ७-पूर्वाञ्चलको धरानमा सुरू भएको सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष फुटबलमा विभागीय टोली नेपाल पुलीसले पूर्वाञ्चललाई हराएको छ। आज धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको पहिलो खेलमा पुलिसले घरेलु टोली पूर्वाञ्चललाई २(१ले हराउँदै प्रतियोगितामा विजयी सुरूआत गरेको हो । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरी ८ टिमले लिग कम नकआउट आधारमा खेल्नेछन् । समूह […]

‘राष्ट्रिय सहमति निर्माण गर्न संविधान संशोधन’ प्रस्ताव दर्ता गरेको :प्रधानमन्त्री

काठमाडौं,पौष ७-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति निर्माण गर्न सजिलो होस् भनेर संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको बताउनु भएको छ । पाँचौँ धादिङ महोत्सवको यहाँ आज उद्घाटन गर्दै उनले संशोधनको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले पहिले संसद्मा दर्ता गराएको प्रस्ताव भएकाले संविधान कार्यान्वयनका लागि सबैको स्वीकार्यता […]

विप्लव माओवादी कार्यकर्ताहरुद्धारा कार्कीलाई सर्वोच्च अदालत भित्रै कालोमासो दले

बाँके,पौष ७-विप्लव नेतृत्वको नेकपा माओवादी कार्यकर्ताहरुले अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालत परिसर भित्रै कालोमासो दलेका छन् ।ाफु बिरुद्ध परेका रिटको पेशी बुझ्न अदालतमा उपस्थित भएका कार्कीलाई माओवादीका कार्यकर्ताले भ्रष्टाचारीलाई कार्बाही गर भन्दै नारा लगाएर कालोमोसो दलेको प्रत्यक्षदर्शीले बताएका छन् । कालोमोसो दले पछि नारा लगाएका माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय […]

कृषि विकास कार्यालय बाँकेद्धारा कृषकहरुलाई साना सिंचाइँ सामग्री हस्तान्तरण

बाँके,पौष ७-जिल्ला कृषि विकास कार्यालय बाँकेले कृषकहरुलाई साना सिंचाइँ सामग्री हस्तान्तरण गरेको छ । २९ प्रतिशत मात्र सिंचित रहेको बाँकेमा थप सिंचाइँ क्षेत्र बढाउन र उत्पादनबृृद्वि गर्ने उद्देश्यले कृषि मन्त्रालयका सचिव डा.सुरेश पोख्रलेले आज एक कार्यक्रमकाबीच ८ वटा कृषक समुहका कृषकहरुलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा बोल्दै उहाँले भारत र नेपालको उत्पादन एकै बजारमा […]

सिक्टा सिँचाइको ब्यारेज निर्माणको काम करिब अन्तीम चरणमा

बाँके,पौष ७-राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको ब्यारेज निर्माणको काम करिब सकिएको छ । अहिलेसम्म ९९.९ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।ब्यारेजको काम पनि पूर्णरुपले सकिएकाले अब फिनिसिङको काम मात्र बाँकी रहेको बताइएको छ । आगामी जेठ १५ देखि असार १५ सम्ममा जेठीनालासम्म सिँचाई पु¥याउने तयारी भइरहेको सिक्टा सिँचाइ आयोजनाका प्रमुख रमेश बस्नेतले जानकारी […]

बाँकेमा फोटो सहितको नामावली संकलन गरिने

बाँके,पौष ७-बाँकेमा फोटो सहितको नामावली संकलन गरिने भएको छ । क्षेत्रीय निवार्चन कायालय बाँकेका अनुसार पुष १० गतेदेखी जिल्लाका विभिन्न स्थानमा फोटो सहितको नामावली संकलन सुरु गर्न लागिएको हो । त्यसक्रममा त्यस्तै १६ वर्ष उमेर पुरा भई नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गरि नागरिकहरुको फोटो र औंला छापा सहितको विवरणहरु संकलन गरिने निर्वाचन कार्यालयले जनाएको […]

आज बार दिवस नेपालगंजमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै

बाँके,पौष ७-नेपाल एशोसिएसनको ६१ औं स्थापना दिवसको अवसरमा आज नेपालगंजमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै । बार डे को अवसरमा बारको सभाकक्षमा उच्च अदालत बार एशोसिएसन नेपालगंज तथा बाँके जिल्ला बार एशोसिएसनको संयुक्त आयोजनामा कानुन व्यवसायीहरु विच शुभकामना साटासाट गर्नुका साथै न्याय सम्पादनमा कानून ब्यवसायीको भुमीका विषयमा न्यायाधीकार कानून ब्यवसायीका साथै सरोकारवाला विचमा परापर्श बैठकको […]

आज डिसेम्बर २१, वर्षकै छोटो दिन

काठमाडौं, ६ पुस –आज डिसेम्बर २१ । यस वर्षकै सबभन्दा छोटो दिन ।आजदेखि रात लामा र दिन छोटा हुने बताइन्छ ।उत्तरी ध्रुव सूर्यबाट २३।५ डिग्रीमा झुक्नाले यो दिन छोटो भएको हो ।डिसेम्बर २१ अर्थात आजको दिन सात घन्टा ४९ मिनेट र ४१ सेकेन्डका लागि मात्र उज्यालो हुन्छ । एजेन्सी

समसामयीक घटनामा लेखीएको खुमा के.सी.को गजल पुरा पढ्नुहोस्

रोल्पा,पुस ६- पहाडी भनि हेपियो आज रोल्पा रुदै छ नेपाली पन छेकियो आज रोल्पा रुदै छ यहि रोल्पालाई हिजो सम्म राजधानी बनाउछ भन्थेउ तराई पहाडको माया छेकियो आज रोल्पा रुदैछ विकासको कुरा नगर विकास विस्तारै हुन्छ हेर चोखो माया मेटियो आज रोल्पा रुदै छ किन आज रुदै छन रोल्पाली कोमल मनहरु चोखो माया मेटियो आज […]