काठमाडौं,आषाढ,२७-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २७ गते सोमवार, (जुलाई ११ तारिख) आशाढ शुक्ल द्धादशी तिथि, सोम प्रदोष विर्त/आज जनसंख्या दिवश पनि रहेको छ। आज आषाढ २७ गते सोमवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मन खिन्न हुने स्थिति आउनेछ ।अनावश्यक झमेलामा परिएला।यात्रामा विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा मनमा प्रसन्नता मिल्नेछ । वृष […]
Author: bihani
परराष्ट्रमन्त्री खड्का र चिनियाँ नेता जियान्चाओबीच भेट
काठमाडौं,आषाढ,२६- नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नुभएको हो । परराष्ट्र मन्त्रीलाई भेट्न जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको […]
रचनालाई निरन्तरता दिन स्रष्टालाई अध्यक्ष ओलीको आग्रह
काठमाडौं,आषाढ,२६-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गर्नुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरुलाई आग्रह गर्नुभएको हो । उहाँले गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि स्पष्ट […]
कांग्रेसले भातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदा टुंग्यायो
काठमाडौं,आषाढ,२६-नेपाली कांग्रेसले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंग्याएको हो । पदाधिकारी बैठकले टुंगो लगाएको भ्रातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदालाई सोमबार बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने तयारी छ । केन्द्रीय […]
आज तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै
काठमाडौं,आषाढ,२६-प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ।सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।आषाढ शुक्ल एकादशीदेखि […]
श्रीलंकाका प्रधानमन्त्रीले सहमतीमा पार्टीका नेताहरू समक्ष राजीनामा दिने
एजेन्सी,आषाढ,२६-श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो । राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा […]
आजको राशिफल ।।आषाढ २६ गते आइतवार ।।
काठमाडौं,आषाढ,२६-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २६ गते आइतवार, (जुलाई १० तारिख) आशाढ शुक्ल एकादशी तिथि, हरिशयनी एकादशी व्रत, तुल्सी रोप्ने दिन,चतुर्मास व्रत आरम्भ, बकर ईद,(ईद ऊल जोहा) आजको दिन रहेको छ। आज आषाढ २६ गते आइतवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले […]
नेपालमा युगान्डाबाट पनि भित्रिन्छ आँप
काठमाडौं,आषाढ,२५-अफ्रिकी मुलुक युगान्डाबाट पनि नेपालमा आँप भित्रिने गरेको छ ।चालू आर्थिक वर्षको ११ महीना (२०७८ साउन-२०७९ जेठसम्म) मा नेपालले १ लाख ३८ हजार रूपैयाँ बराबरको आँप आयात गरेको छ । उक्त अवधिमा युगान्डाबाट २४० किलोग्राम आँप भित्रिएको विभागको तथ्यांक छ । युगान्डासँगै नेपालमा अन्य देशहरूबाट पनि आँप आयात हुने गरेको छ । कुन देशबाट कति आयात […]
चोरको हर्कत: बाख्राद्वारा मानिसको सनाखत,चोर पक्रन पुलिस सफल
रुपन्देही,आषाढ,२५-रुपन्देहीको सैनामैना नगरपालिका र त्यस आसपासमा गत केहि महिना यता श्रृखंलाबद्ध बाख्रा चोरी घटनाको रहस्य पत्ता लगाउन सालझण्डी ईलाका प्रहरी कार्यालय सफल भए पनि फेला परेका बाख्राको मालिक चिन्न रोचक अनुसन्धान गर्नुपरेको छ । घरबाट बाख्रा हराएको उजुरी परे लगत्तै रुपन्देहीको सालझण्डी ईलाका प्रहरी कार्यालयले चोरीका बाख्रा पत्ता लगाउन र चोर्ने व्यक्तिलाई समात्न पनि सफल […]
आजको राशिफल ।।आषाढ २५ गते शनिवार ।।
काठमाडौं,आषाढ,२५-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २५ गते शनिबार, (जुलाई ९ तारिख) आशाढ शुक्ल दशमी तिथि,रहेको छ। आज आषाढ २५ गते शनिबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । वैदेशिक काममा सफलता मिल्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]



