२४ औ राष्ट्रिय भारत्तोलन प्रतियोगिताको पहिलो दिन आर्मीको टिमले जित्यो तीन स्वर्ण

नेपालगन्ज,बैशाख,०६- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २४ औ राष्ट्रिय भारत्तोलन प्रतियोगिताको पहिलो दिन विभागीय टिम आर्मीले तीन स्वर्ण जितेको छ । शुक्रबार नेपालगञ्जमा भएको प्रतियोगितामा आर्मीले ४५ केजी महिला, ५५ केजी पुरुष र ६१ केजी पुरुष तौल समुहमा स्वर्ण जितेको हो । ४५ केजी महिला तौल समुहमा आर्मीकी रिता गुरुङले ९५ केजी भार ग्रहण गरिन् । […]

सहभोजपछि नरैनापुरका दलितहरु उत्साहित

नरैनापुर(बाँके),बैशाख,०६- बांकेको नरैनापुर गाउँपालिकाले सहभोज गरेपछि वडा नम्बर ३ बालापुरका दलितहरु उत्साहित भएका छन् । सहभोज गरिएको पर्सिपल्ट शुक्रबार बालापुरका दलितहरुले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई गाउँमै बोलाएर खाजा खुवाएका छन् । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह सहितको टोलीलाई उनीहरुले खाजा खुवाएका हुन् । गाउँपालिकाले छुवाछुत […]

स्वस्तिकाको हत्यारालाई कारबाहीको माग गर्दै आफन्त पक्ष निरन्तर आन्दोलनमा

नेपालगन्ज,बैशाख,०३- नयाँ वर्षको दिन नेपालगन्ज -१० भृकुटीनगर निवासी १९ वर्षिया स्वस्तिका लिम्बुको रहस्यमय मृत्युको विषयलाई लिएर मृतक पक्षधरहरु मंगलबार पनि आन्दोलनमा उत्रिएका छन।   राँझामा रहेका पिडित माइती पक्षरुले प्रदर्शनसहित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै दोषीलाई कानुनी कारबाही गर्न दबाब दिदै कारबाही नगरिए सशक्त कदम चाल्ने चेतावनी पनि दिएका छन् । निष्पक्ष छानबिन गरी दोषीलाई […]

मेयर राणाले गरे नेपालगन्जमा कागजको झोला बनाउने उद्योगको उद्घघाटन

नेपालगन्ज, बैशाख,३- नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा सञ्चालनमा ल्याएको कागजको झोला बनाउने कम्पनी माझी प्रोडक्सनलाई अाज एक कार्यक्रम गरी नेपालगन्ज उपमहानगरपालिका का मेयर डा- धवल शमशेर राणाले उद्घघाटन गरेका छन् । नेपालगन्ज शहरलाई पलाष्टिक मुक्त बनाउने अभियानमा उपमहानगरपालिका लागिरहदा स्थानीय व्यापारी कुमार अधिकारीको टीमले उक्त उद्योग सञ्चालनमा ल्याएको हो ।जसमा सहकार्य मदन भट्ट , […]

नायक हरिहरले गरे एक्सिसको शाखा विस्तार

काठमाडौं,बैशाख,०२- शिक्षा क्षेत्रमा काम गर्दै आएको एक्सप्रेस इन्ट्री एजुकेशनल इन्फर्मेशन सर्भिस (एक्सिस) ले आफ्नो शाखा पुतली सडकमा विस्तार गरेको छ । विगत लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दैै आएको सो संस्थाले नयाँ वर्षको अवसरमा आइतबार एक औपचारिक कार्यक्रमका बीच शाखा विस्तार गरेको हो । चलचित्रका नायक तथा युवा ज्योतिष हरिहर अधिकारीले नयाँ शाखाको उद्घाटन गरेका […]

संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

बुटवल ,बैशाख,०२- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् । बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए । महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा […]

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत साईक्लिङ प्रतियोगितामा आर्मी च्याम्पियन

नेपालगन्ज,बैशाख,०२- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्टी पुरुष साइक्लिङ दौडमा आर्मीका ओकेश राज बज्राचार्यले स्वर्ण जितेका छन् । निर्धारित दुरी १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पुरा गर्र्दै उनी च्याम्पियन बनेका हुन् । आर्मीकै हिमाल टमाटा दोस्रो बने । उनले निर्धारित दुरी १ घण्टा २६ मिनेट ०६ सेकेन्डमा पुरा गरे । गण्डकी प्रदेशका हिक्मत […]

आठौंअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङको टिम च्याम्पियन आर्मी टोली

नेपालगन्ज,बैशाख,०१- आठौंअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङको टिम च्याम्पियनमा आर्मी टोली पर्न सफल भएको छ। ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बन्यो । दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ ले तेश्रो स्थानमा चित्त बुझायो । प्रदेश १ […]

लनटेनिस खेलमा दिदीभाइलाई स्वर्ण

नेपालगन्ज,चैत्र,३०- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानोविच र अश्लेषा लिसोनोविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन । शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा तथा आर्मीका अभिनव […]

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबलटेनिसमा श्यान्टु र नविता सिंगल्स च्याम्पियन

नेपालगन्ज,चैत्र,३०- आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ शनिबार च्याम्पियन भएका छन् । सिंगल्सको पुरुषमा श्यान्टु तथा महिलामा नविता पहिलो भएका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले सिंगल्स उपाधि जितेका थिए । च्याम्पियनद्वयले बिहीबार मिक्स डबल्समा पनि स्वर्ण जितेका थिए । दाङको घोराही कभर्डहलमा भएको पुरुष फाइनलमा श्यान्टुले […]