बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

काठमाण्डौं,बैशाख,५-स्पेनिस कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ।शनिबार राति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओमाथि ४-० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले उपाधि जितेको हो । सेभिल्लास्थित स्टेडियो डी कार्टुजामा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने एन्टोइन ग्रिजम्यान र फ्रेन्की डी योङले समान एक-एक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो […]

आईपीएलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दै

काठमाडौं,बैशाख,१-इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा बुधबार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुँदै छ। खेल चेन्नईस्थित एम ए चिदम्बरम स्टेडियममा पौने ८ बजे हुनेछ।हैदरावादको कप्तानी डेविड वार्नर र बैग्लोरको कप्तानी विराट कोहलीले सम्हाल्नेछन्। आजको खेलमा हैदरावाद पहिलो जितको खोजीमा हुनेछ। हैदरावाद पहिलो खेलमा कोलकता नाईड राइडर्ससँग १० रनले पराजित भएको थियो। यता बैग्लोर भने […]

त्रिभुवन आर्मी एएफसी कपको दोस्रो चरमा,श्रीलंका पुलिस ५-१ गोलले पराजीत

काठमाडौं,चैत,२५-नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो चरणको यात्रा तय गरेको हो । आर्मीलाई पुनरागमन जित दिलाउन नवयुग श्रेष्ठले २ गोल गरे । यस्तै  सन्तोष तामाङ, टंक बहादुर बस्नेत, सुदिल राईले […]

जापानमा कामदारहरुलाई ७० वर्षसम्म काममा राख्ने कानून लागू

जापान,चैत,२०-जापानमा कर्मचारीहरुलाई ७० वर्षको उमेरसम्मै काममा राख्न कम्पनीहरुले कोशिश गर्नु पर्ने नयाँ कानून लागू भएको छ ।  हालसम्म कर्मचारीहरुले काम गर्न चाहनेमा कम्पनीहरुले ६५ वर्षको उमेरसम्म उनीहरुलाई काममा राख्नु पर्ने व्यवस्था थियो । तर बिहीवारदेखि संसोधित कानून लागू भएपछि कम्पनीहरुसमक्ष बुढा कामदारहरुलाई काममा राखिराख्न पाँच विकल्प रहेको छ ।  पहिलो विकल्पमा कर्मचारीको सेवानिवृत्तिको उमेर बढाएर […]

कोराेनाबाट विदेशमा ३ सय ४५ जना नेपालीको निधन

काठमाडौं,चैत,१५-कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ -एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म […]

अर्नब गोस्वामीलाई पक्राउ गर्नुभन्दा तीन दिन अघि सूचना दिन अदालतको आदेश

एजेन्सी,चैत,११-भारतको रिपब्लिक टेलिभिजनका प्रधानसम्पादक अर्नब गोस्वामीलाई पक्राउ गर्र्नुभन्दा तीन दिन अघि सूचना दिन बम्बइ उच्च अदालतले प्रहरीलाई आदेश दिएको छ । टेलिभिजन रेटिङ पोइन्ट (टीआरपी) छेडछाडको मुद्दाको सम्बन्धमा अदालतले यस्तो आदेश दिएको हो ।अर्नब गोस्वामी आत्महत्या दुरुत्साहनको मुद्दामा जमानतमा छुटेका थिए । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको घटनाको सम्बन्धमा उनलाई ४ नोभेम्बरमा घरबाटै […]

भारतमा थप ४० हजारमा कोरोना संक्रमण,१ सय ९७ जनाको मृत्यु

काठमाडौं,चैत,१०-कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार बढी संक्रमित भएका छन् । १ सय ९७ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङक अनुसार भारतमा हालसम्म संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ । ती मध्ये १ करोड ११ लाख ७९ हजार ५९ बिरामी निको भइसकेका […]

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्री हसिनाको भेटवार्ता

काठमाडौं,चैत,९-राष्ट्रपति विद्यादेवी भण्डारीसँग बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएका राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री हसिनाले राजधानी ढाकामा रहेको होटेल कन्टिनेन्टलमा भेटवार्ता गर्नुभएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुबै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्तामा दुई देशबीचको […]

म्यानमार प्रदर्शनमा हालसम्म सेनाको गोली लागी १३८ जना मारिए

म्यान्मार,चैत,३-म्यान्मारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमाथि सेनाले चलाएको गोली लागेर हालसम्म १३८ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आइतबार एकै दिन आन्दोलनमा ३७ जना मारिए । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । शनिबार भने १८ जनाको मृत्यु भएको थियो […]

भारत स्वतन्त्र भएपछि पहिलोपटक महिलालाई फाँसी दिइँदै

एजेन्सी,चैत,२-भारत स्वतन्त्र भएपछि देशमा पहिलोपटक महिलालाई फाँसीको सजाय हुने भएको छ । फाँसीको लागि मथुराको जेलल तयारी सुरु गरेको छ । अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको हो । फाँसीका लागि जेलर पवन जल्लादले दुई पटकसम्म फाँसीघरको निरीक्षण गरिसकेका छन् । २००८ को अप्रिल महिनामा शबनमले प्रेमीसँग मिलेर सातजनाको परिवारको हत्या गरेकी थिइन् । उक्त […]