काठमाण्डौं,चैत, ३- चिनियाँ संसदले राष्ट्रपति पदमा सी जिन पिङलाई एकमतले चयन गरेको छ। नेसनल पिपुल्स कंग्रेसमा २९७० प्रतिनिधिले उनलाई मत दिएका थिए। पार्टीको विधानमा आफ्नो विचारधारा सम्मिलित गरेर र राष्ट्रपतिमा दुई कार्यकालको सीमा हटाएर शक्तिशाली बनेका सी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। त्यसैगरी सी जनवादी गणतन्त्र चीनको केन्द्रीय सैन्य आयोगको प्रमुख पनि चुनिएका छन्। […]
अन्तराष्ट्रिय
परमाणु बम बनाउने साउदी अरेबियाको चेतावनी
रियाद, चैत,२- साउदी अरेबियाले परमाणु बम बनाउने चेतावनी दिएको छ । साउदी अरबका रक्षामन्त्री समेत रहेका युवराज मोहम्मद बिन सलमानले मध्यपूर्वी क्षेत्रमै रहेको इरानले परमाणु बम बनाए आफूहरुले पनि त्यस्तै बम बनाउने चेतावनी दिएका हुन् । अमेरिकी च्यानल सीबीएस न्यूजसँगको कुराकानीमा राजकुमार सलमानले आफ्नो देशले परमाणु हतियार राख्न नचाहे पनि इरानले परमाणु बम बनाए आफूहरुले पनि […]
द्वन्द्वग्रस्त सिरियामा ५ सयभन्दा बढी नेपाली युवती
काठमाण्डौं,फागुन,२६- द्वन्द्वग्रस्त मुलुक सिरियामा केही नेपाली युवतीहरु पुगेको छ ।समाचार अनुसार त्यहाँ पुगेका युवतीहरुको यकिन तथ्यांक त छैन तर झण्डै ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । उनीहरु कस्तो हालतमा के गरिरहेका छन् भन्ने पनि खुलेको छैन । द्वन्द्वका क्रममा हजारौं सिरियालीको मृत्यु भएको स्थितिमा त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे सरकार बेखबर छ । सम्पर्क […]
उत्तर कोरियाले आणविक स्थगीत गरे मात्र ट्रम्पले भेटवार्ता गर्ने
काठमाडौं, फागुन,२६- अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको बहुचर्चित भेटवार्ताका बारेमा केही सर्त अघि सारेको छ । अमेरिकाले भेटवार्ता गर्नुअघि केही ठोस कदम उत्तर कोरियाले चाल्नुपर्ने सर्त अघि सारेको हो ।अमेरिकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गरेपछि मात्र राष्ट्रपति ट्रम्पले भेटवार्ता गर्ने बताएका छन् । […]
सिरियामा ५०० भन्दा बढी बालबालीका मारिए
दमास्कस, फागुन,१४- लामो समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका मारिएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको बताइएको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय आतंकवादी समूह (आइएस) को अन्तिम गढ मानिएको छ ।सिरियाली सेना र रुसले […]
विमान दुर्घटनामा हुँदा ६६ को मृत्यु
तेहेरान फागुन,६- इरानमा विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु भएकाे छ। असिमान एयरलाइन्सकाे साे जहाज दुर्घटनामा एक बालिकाकाे समेत ज्यान गएकाे अधिकारीहरूले जनाएका छन्। मध्य इरानस्थित पहाडी क्षेत्रमा विमान दुर्घटना भएकाे स्थानीय मिडियालाइ उदृत गर्दै बीबीसीले जनाएकाे छ। स्थानीय सञ्चार माध्यमहरुले सो बिमान राजधानी तेहरानबाट दक्षिण पश्चिमस्थित यसुज शहरतर्फ जाँदै गरेको बताएका छन्। बिमान सेमिरोम […]
अमेरिकामा नेपाली कलाकार संघको तेश्रो अधिवेशन हुँदै
अमेरिका,फाल्गुन,१- नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाको तेश्रो अधिवेशन यही मार्च ११, २०१८ न्यूयोर्कमा हुने भएको छ। २०१२ मा नायिका गौरी मल्लको अध्यक्षतामा पहिलो पटक गठन भएको कलाकार संघको तेश्रो अधिवेशनमा अमेरिका भरिका १४ राज्यबाट प्रतिनिधीहरु उपस्थित हुने भएका छन्। अमेरिकाको १४ राज्यमा आफ्नो राज्य च्याप्टरहरु रहेको यो संघको यो तेश्रो अधिवेशन बिशेष हुने कुरा […]
जापानको फुकुओकामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट हुने
फुकुओका,जापान,माघ,२६- तेन्जिन ल्याड्स क्यूसु जापानको आयोजनामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट २०१८ प्रतीयोगीता हुने भएको छ । जापानको फुकुओकामा बस्दै आएका नेपाली विद्यार्थीहरुको स्वस्थ जिवन र खेलकुद विकासमा गुणस्तर बनाउनको लागी खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रतीयोगीतामा सहभागी हुन फुकुओकामा आवद्व नेपाली फुटबल क्लवहरुलाई आयोजकले अनुरोध गर्दै निमन्त्रणा पनी गरेको छ । (हार्दिक […]
नेपाल चिनाउने नेपाल फेस्टिबलमा सहभागी बनौं
फुकुओका,जापान,माघ,२६- आगामी अप्रिल १४ र १५ तारिख दिन फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवल २०१८ मा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । विगत ७ बर्ष देखि आयोजना हुँदै आएको बैशाखी मेला यो बर्षबाट भने नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । नेपाल फेस्टिबल नेपाल संग प्रत्यक्ष रुपमा जोडीएकोले नेपालमा रहेका […]
उत्तर कोरियाले सैन्य परेड गर्ने
काठमाडौं,माघ,२५- शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाले सैन्य परेड गर्ने भएको छ । उत्तर कोरियाले आफ्नो सेना स्थापना दिवसको अवसरमा हरेक वर्षको फेब्रुअरी ८ मा सैन्य परेड आयोजना गर्ने गरेको भए पनि यस वर्ष शीतकालीन ओलम्पिकका कारण नगर्ने बताएको थियो । तर, उत्तर कोरियाले यसअघिको यस्तो निर्णय परिवर्तन गर्दै पुनः सैन्य परेड गर्ने तयारी गरेको […]










