पशु क्वारेन्टाईन नेपालगन्जद्वारा वार्षिक ८ लाख बढी राजश्व संकलन

नेपालगन्ज,फाल्गुन,१९- पशु क्वारेन्टाईन चेकपोष्ट नेपालगन्जले चालू आर्थिक बर्षको हालसम्म ८ लाखबढी राजश्व संकलन गरेको छ । सूचना अधिकारी अमर बहादुर शाहीका अनुसार चालू आर्थिक बर्षको साउनदेखि फागुन १८ गतेसम्म ८ लाख ४८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । अवैध वोइलर, चल्ला, मासु, माछा, अण्डा भित्र्याउनेमाथि कारवाही गरेवाफत सो परिमाणको राजश्व उठेको हो । हाल […]

प्रदेश सांसदद्वारा नेपालगन्जको जायेद हविव सैलुन उद्घाटन

नेपालगन्ज, फाल्गुन,१६- नेपालगन्जको न्युरोड स्थित कलपत्रु होटेल सङ्गी जोडिएको जायेद हविव सैलुनको बिहिवार प्रदेश ५ का सांसद विजय यादवद्वारा उद्घाटन गरिएको छ। अत्याधुनिक सेवा सुविधा दिने उदेश्यका साथ नेपालगन्जमा सैलुनको स्थापना गरेको यस सैलुनका सन्चालक जायेद र साहाबुदिनले जानकारी दिए। नेपालगन्जका अन्य सैलुन भन्दा उत्कृष्ट सेवा सुविधा दिनको लागि करिव २० लाखको लगानिमा सैलुन सन्चालनमा […]

होलिल्याण्डका विद्यार्थीद्वारा १ दिनको खाजा खर्च बुद्धिमानलाई

नेपालगन्ज,फाल्गुन,१४- नेपालगन्जको प्रतिष्ठित विद्यालय होलिल्याण्ड माविका विद्यार्थीहरुले बुद्दिमान कुवरलाई १ दिनको खाजा खर्च स्वरुप आर्थिक सहयोग गरेका छन। कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर २ हात र १ खुट्टा गुमाएका बाँके बैजानाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमानलाई विद्यार्थीहरुले संकलन गरेर सहयोग गरेका हुन। संकलित गरिएको नगद ३ हजार ७ सय ५५ रुपैयाँ बुद्धिमानको थप […]

बुद्दिमानका लागि सुप्रनाले बुझाइन संकलित रकम

नेपालगन्ज,फाल्गुन,१२- कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमान कुँवरका लागि आइतबार थप आर्थिक सहयोग प्राप्त भएको छ। विभिन्न देशहरुमा रहेका नेपालीहरु संग पहल गरि संकलन गरेको रकम महेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत छात्रा तथा बुद्धिमान सहयोग अभियानकी अभियानकर्ता सुप्रना मल्ले आइतबार पत्रकार तथा […]

चार हजार अबैध चल्ला सहित दुई जना प्रकाउ

नेपालगन्ज, फाल्गुन,५- अवैध भारतिय बोइलर कुखुराका चल्ला सहित बाँके प्रहरीले आज बिहान दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय बाँकेका प्रहरी निरिक्षक भरत सिंह राठोरको नेतृत्मा खटिएको टोली कोहलपुरको एनसीसीएनबाट ४ हजार बढी बोइलर कुखुराका चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अमिन सिद्धिकी र ललो गौतम रहेका छन् । […]

एक्सपर्टले नेपालगञ्जमा ठूलो धनराशी पुरस्कार सहितको हाजिरी जवाफ प्रतियोगिता गर्दै

नेपालगन्ज, फाल्गुन,२- नेपालगञ्जमा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजद्वारा वृहत हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिने भएको छ। आगामी फागुन ६ गतेदेखि नेपालगञ्जमा ‘दोस्रो एक्सपर्ट कलेज स्तरिय हाजिरी जवाफ प्रतियोगिता–२०७५’ को आयोजना गर्न लागेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज नेपालगञ्ज शाखा प्रमुख ईश्वरी प्रसाद आचार्यले जानकारी दिनु भयो । बाँकेको नेपालगञ्ज नगर, खजुरा गाउँपालिका र कोहलपुर नगरपालिका […]

पानीले खजुरा महोत्सवमा लाखौँ क्षति

नेपालगन्ज, फाल्गुन,२- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालित महोत्सवको आठौँ दिन आज परेको वर्षा र हावाहुरिले क्षति पुर्याएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा संचालित ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु […]

सहरी बिकास मन्त्रीद्वारा विद्यालयलाई सहयोग

नेपालगन्ज ,माघ, २९- बाँके नेपालगन्जको रहेको वाटरपार्क विशाल चोकमा अबस्थित धम्बोझी माध्यमिक विद्यालयलाई सहरी बिकास मन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण गरेका छन् । अाज एक कार्यक्रममा सहरी बिकास मन्त्री माननीय मोहम्मद इस्तीयाक राईज्यु ले संसदीय कोषबाट विद्यालयमा पाँच ओटा कोठा भवन निर्माणको लागि रु १० लाख रुपैया प्रदान गर्नु भएको छ ।

हजुरबुवा हजुरआमाको नाममा ४ लाखको अक्षय कोष स्थापना

नेपालगन्ज , माघ, २७- नेपालगन्ज उपमहानगरपालिका १८ स्थित राम नारायण–हिरादेवी फाउण्डेशनले श्री माध्यामिक विद्यालय लग्दहवामा ४ लाखको अक्षय कोष स्थापना गरेको छ । सो वडाका सस्वत श्रेष्ठ र सिमरन श्रेष्ठले आफ्नो हजुर आमा र हजुर बुबाको नाममा उक्त कोष स्थापना गरेको हो । उक्त अक्षय कोषबाट त्यस विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति […]

टक्सार बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा बिरभान केसी चयन

नेपालगन्ज,पुस,२८- शनिबार सम्पन्न टक्सार बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाले विरभान केसीलाई अध्यक्षमा चयन गरेको हो। साधारण सभाले विभिन्न समिती पनि गठन गरेको छ। उपाध्यक्षमा चिरन्जिवी वली, सचिवमा महेश्वर जोसी र कोषाध्यक्षमा भानुभक्त रेग्मी निर्वाचित भएका थिए। त्यस्तै सदस्यहरुमा जनक तिमिल्सिना ,दामोदर खरेल र डम्बर बहादुर चन्द चयन भएका थिए। लेखा समितिको संयोजक श्रीधर […]