आठौंअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङको टिम च्याम्पियन आर्मी टोली

नेपालगन्ज,बैशाख,०१- आठौंअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङको टिम च्याम्पियनमा आर्मी टोली पर्न सफल भएको छ। ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बन्यो । दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ ले तेश्रो स्थानमा चित्त बुझायो । प्रदेश १ […]

लनटेनिस खेलमा दिदीभाइलाई स्वर्ण

नेपालगन्ज,चैत्र,३०- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानोविच र अश्लेषा लिसोनोविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन । शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा तथा आर्मीका अभिनव […]

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबलटेनिसमा श्यान्टु र नविता सिंगल्स च्याम्पियन

नेपालगन्ज,चैत्र,३०- आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ शनिबार च्याम्पियन भएका छन् । सिंगल्सको पुरुषमा श्यान्टु तथा महिलामा नविता पहिलो भएका हुन् । सातौं राष्ट्रिय खेलकुदमा पनि दुवैले सिंगल्स उपाधि जितेका थिए । च्याम्पियनद्वयले बिहीबार मिक्स डबल्समा पनि स्वर्ण जितेका थिए । दाङको घोराही कभर्डहलमा भएको पुरुष फाइनलमा श्यान्टुले […]

विश्वकप २०२२ को छनोटमा नेपालले दोस्रो चरणमा खेल्न पाउने

काठमाण्डौं,चैत्र,२९- फिफा वरीयतामा पछिल्लो पटक एसियाको शीर्ष ३४ स्थानमा रहेपछि नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ छनोटमा सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । सन् १९८६ को संस्करणबाट विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न थालेको नेपालले पहिलोपल्ट ‘बाई’ पाएर सिधै दोस्रो चरणमा खेल्ने अवसर पाएको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पछिल्लोपल्ट ४ अप्रिल, २०१९ मा जारी गरेको […]

आज देखि नेपालमा ‘पब्जी’ खेलमा प्रतीबन्ध

काठमाण्डौं,चैत्र,२८- आज देखि नेपाल सरकाले ‘पब्जी’ खेलमा प्रतिबन्ध लगाएको छ । पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिदै पत्र पठाएको जानकारी […]

आर्मी र गण्डकीबीचको खेलमा दुबै समूह बराबरी

नेपालगन्ज,चैत्र,२७- आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र गण्डकी प्रदेशले बुधबार बराबरी खेलेका छन् । नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको खेलमा उपाधि दाबेदार आर्मी र गण्डकीले गोलरहित बराबरी खेले । गत माघ अन्तिम साता झापाको भद्रपुरमा भएको प्रथम गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला हक्कीको फाइनलमा गण्डकीले आर्मीलाई १–० गोलले पराजित […]

साइक्लिङ प्रतियोगिताका लागि छनोट प्रतियोगिता भोली नेपालगन्जमा

नेपालगन्ज,चैत्र,२५- प्रदेश नं. ५ स्तरिय साइक्लिङ प्रतियोगिता मंगलवार नेपालगन्जमा हुने भएको छ । यसअघि नै ६ जना पुरुष र दुई जना महिला खेलाडी छनोट भए पनि चार–चार जना छनोट गर्नुपर्ने भएपछि मंगलवार पुनः छनोट प्रतियोगिता हुन लागेको हो । प्रदेश नं. ५ का लागि छनोट भएका ६ जना पुरुषबाट चार जना र दुई जना महिला […]

दिल्लीको तेस्रो जित : रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी

काठमाण्डौं,चैत्र,२५- इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी छ । आइतबार घरेलु मैदानमा बैंगलोरले दिल्लीसँग ४ विकेटले पराजित हुँदै जारी सिजनमा लगातार छैठौं पराजय व्यहोरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा बैंगलोरलाई १४९ रनमा समेटेको थियो । बैंगलोरले उक्त योगफल तयार पार्ने […]

आठौँ राष्ट्रिय खेलकुदमा नेपालगन्जलाई झकिझकाउ बनाइने

बाँके,चैत्र,२२- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगन्जलाई बेहुलीझैँ सिँगारिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकामा शुक्रवार श्रोत तथा साधन परिचालन व्यवस्थापन उपसमितिको आयोजनामा बसेको बैठकले आठौँ राष्ट्रिय खेलकुदलाई गौरबको महोत्सवका रुपमा लिएर शहरलाई झकिझकाउ बनाउने निर्णय भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, उपमेयर उमा थापामगर, सम्बन्धित वडाध्यक्षसँग भएको छलफलले समन्वय, सहकार्य मार्फत काम […]

आठौँ राष्ट्रिय प्रतियोगिताको प्रचार प्रसारमा लायन्स क्लव

बाँके,चैत्र,२१- नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन यहाँका सर्वसाधार स्वस्फूर्त रुपमा अगाडी सरेका छन् । प्रतियोगिताको प्रचार प्रसार, सरसफाई, भोजन, यातायात, स्वयमसेवक लगायतका काममा नेपालगन्जका सर्वसाधारण स्वस्फूर्त अगाडी सरेका छन् । लायन्स क्लव, डिष्ट्रिक्ट ३२५ वी टु ले प्रचार प्रसारमा सहयोग गर्ने भएको छ । नेपालगन्जमा हुने प्रतियोगितालाई भब्य र सभ्य रुपमा सफल […]