बाँके,चैत्र,२०- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसारमा नेपाल कवड्डी संघले सहयोग गर्ने बताएको छ । प्रतियोगितामा जनसभागिता गराउन संघले जिल्लाभर प्रचार प्रसार गर्ने भएको हो । प्रतियोगिता हुनुभन्दा दुई दिन अघि संघले बाँके जिल्लाको विभिन्न स्थानमा आठौँ राष्ट्रिय प्रतियोगिताको जानकारी सहितको माइकिङ गर्ने संघका अध्यक्ष डम्बर थापाले जानकारी दिए । उनले कोहलपुर, बनकटवा, कुसुम, कम्दी, […]
खेल
स्कुले विद्यार्थीद्वारा आठौं राष्ट्रिय खेलकुद सम्पन्न हुने खेलमैदान अवलोकन
नेपालगन्ज,चैत्र,२०- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भएका भौतिक पूर्वाधारको स्कुले विद्यार्थीले अवलोकन गरेका छन् । आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भएका भौतिक पूर्वाधार अवलोकन गर्न योग्य भएपछि स्कुले विद्यार्थी अवलोकनका लागि नेपालगन्ज रंगशाला आएका हुन् । बार्षिक परीक्षा सकिएकोले थप सिकाईका तल्लो कक्षाका विद्यार्थीलाई नेपालगन्ज रंगशालामा निर्माण भएको फिल्ड एण्ड ट्रयाक, भिआइपी प्यारापिट, कवर्ड […]
आठौँ राष्ट्रिय खेलकुदको लागि खजुरामा वृहत छलफल
नेपालगन्ज,चैत्र,१८- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य र सभ्य बनाउन जनप्रतिनिधि, विभिन्न संघसंस्था, राजनीतिक दल, पूर्व खेलाडी, नागरिक समाजका अगुवा, संचारकर्मी लगायतसँगको छलफललाई तीव्र पारेका छन् । ५ बैशाख, २०७६ मा उद्घाटन र ११ बैशाखमा समापन विभिन्न निकायगर्ने मिति तय भएपछि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विभिन्न निकायसँगको छलफललाई तीव्र पारेका हुन् । […]
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङ प्रतियोगिताको लागि रिङ्ग निर्माण पूरा
नेपालगन्ज,चैत्र,१७- नेपालगन्जमा सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समुद्घाटन बैशाख ५ गते हुने भएता पनि यहि चैत्र २९ गते हुने बक्सिङ खेलको लागि बक्सिङ्ग रिङ्गको तयारी पूरा भएको छ। बक्सिङ्ग खेलको लागि बाँकेको खजुरामा अबस्थित ज्ञानोदय नमुना माध्यामिक बिद्यालयको प्राङ्गणमा बक्सिङ रिङ्ग तयार पारिएको प्रचारप्रसार उपसमितिका संयोजक रोहित दाहालले जानकारी दिनु भयो। चैत्र २९ देखि सन्चालन […]
आठौं राष्ट्रिय खेलकुद मैदानको अवलोकन गर्न आउँछन भारोत्तोलनका पूर्व खेलाडी शमशुद्धिन
बाँके,चैत्र,१६- बृहत् रुपमा वैशाख ५ देखि ११ गते सम्म नेपालगन्जमा सम्पन्न हुने आठौँ राष्ट्रिय खेलकुद स्थलको अवलोकन गर्न भारोत्तोलनका पूर्व खेलाडी शमशुद्धिन सिद्धिकी हरेक दिन नेपालगन्ज रंगशाला आउँछन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भइरहेका संरचनाको अवलोकन गर्न सिद्धिकी हरेक दिन नेपालगन्ज रंगशाला आउने गरेका हुन् । रंगशालामा नआए खल्लो लाग्ने गरेको बताउँदै उनले […]
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल मैदान सरसफाई गरीदै
नेपालगन्ज,चैत्र,१४- आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी खजुरा गाउँपालिका २ सितापुरमा रहेको शुक्र माध्यमिक विद्यालय के गाउँको खेल मैदानलाई विहिबार सरसफाई गरीएको छ । आठौँको महिला हक्कि प्रतियोगिता सञ्चालन गर्नका लागी सितापुरको शुक्र माध्यमिक विद्यालयको खेल मैदान छनोट भएपछि त्यसलाई मर्मत तथा सरसफाई गरीएको हो । सितापुर युनाइटेड कल्वका स्थानिय युवाको अगुवाइ तथा सहभागितामा सरसफाई गरीएको […]
हिसानकप अन्तर्गत फुटबल प्रतियोगिताको उपाधी आदर्श माबि नेपालगन्जलाई
नेपालगन्ज,चैत्र,१३- निजि विद्यालयको संगठन हिसान बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा बुधबार सम्पन्न हिसानकप अन्तर्गत फुटबल प्रतियोगिताको उपाधी आदर्श मावी नेपालगन्जले चुम्न सफल भएको छ। प्रथम उपाधिको लागि आदर्श माबी नेपालगन्ज र बाँके शिक्षा माबिबिच प्रतिस्पर्धा भएको थियो। खेल अवधिभर आदर्श र बाँके शिक्षाले १-१ गोल गरि बराबरी भएका थिए। पेलान्टी पाए पछि आदर्शले बाँके शिक्षालाई ४-३ […]
क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको उपाधी कलेज अफ म्यानेजमेन्टले चुम्यो
नेपालगन्ज,चैत्र,१३- त्रिभुवन विश्व विद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अखिल क्रान्तिकारी म -ब- क्याम्पसमा समिति र अनेरास्ववियुकाे संयुक्त अायाेजनामा ४ दिनसम्म चलेकाे बाँके जिल्ला क्याम्पस स्तरीय भलिबल प्रतियोगिता उपाधी नेपालगन्जको कलेज अफ म्यानेजमेन्टले चुमेको छ । चैत्र १० गते देखि चलेको भलिवल प्रतियोगितामा अाज फाईनल खेल खेलाईएको थियोे । अाजको अन्तिम खेलमा प्रथम स्थान […]
आदर्श र बाँके शिक्षा सेमिफाइनलमा,आदर्श माबी नेपालगन्जद्वारा युनाइटेड ७-२गोलले पराजित
नेपालगन्ज,चैत्र,११- निजि विद्यालयको संगठन हिसान बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा भैरहेको हिसानकप अन्तर्गत फुटबल प्रतियोगिताको दोस्रो दिन आज(सोमबार) आदर्श मावी नेपालगन्ज र बाँके शिक्षा नेपालगन्ज सेमिफाइनलमा प्रवेश गरेका छन। आदर्श माबी नेपालगन्जले युनाइटेड माबी नेपालगन्जलाई ७-२ गोलले र बाँके शिक्षा नेपालगन्जले जेनिथ माबी खजुरालाई ३-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेका हुन। भोलि पनि सेमिफाइनलका लागि […]
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय: चैत्र २७ देखि सुरु हुने
नेपालगन्ज,चैत्र,१०- विविध कारणबस अन्योलमा रहेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति टुंगो लागेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले चैत २७ गतेदेखि सुरु हुने जानकरी दिएका छन् । चैत्र २५ बाट भव्यताका साथ सुरु हुने प्रतियोगितालाई राष्ट्रपति विद्यादेबी भण्डारीले बेलुकी ८ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि विष्टले जानकारी दिए । यसअघि […]
