काठमाण्डौ,मंसिर,२०- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् ।आज एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मी र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका हुन् । बराबरीपछि आर्मीले लिग तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै फ्रेन्ड्सका देव लिम्बूले १० हजार रुपैयाँ पुरस्कार […]
खेल
इपीएल क्रिकेटको तयारी पूरा
काठमाडौं,मंसिर,२०- एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको दोस्रो संस्करण काठमाडौंमा शनिवार सुरु हुँदैछ ।प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । शनिवार हुने उद्घाटन खेलमा ललितपूर प्याट्रिएट्सले विराटनगर वारियर्ससँग खेल्नेछ । यसपटक पनि प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।यी ६ टोलीहरु काठमाडौं किङ्ग्स, ललितपूर प्याट्रिएट्स, भैरहवा ग्ल्याडिएटर्स, पोखरा राईनोज, चितवन टाईगर्स र विराटनगर वारियर्स हुन् […]
शहिद ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौं,मंसिर,१६- ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज नेपाल आर्मी क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ । लिगको चौथो स्थानमा रहेको आर्मीले छैटौ स्थानमा रहेको हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्न लागेको हो । चार खेलमा तीन खेलमा जित र एक खेलमा बराबरी खेलेको आर्मीको १० अंक रहेको […]
इन्टर कलेज प्लसटु फुटसल प्रतियोगीता हुने
काठमाडौं,मंसिर,१२- राजधानीमा विगत १० वर्ष देखि निरन्तररुपमा शिक्षा मनोरन्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगीता फेशन सो लगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं ललितपुर तथा भक्तपुरका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै अन्तर कलेज प्लसटु फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगीतामा सहभागीताको लागि कक्षा ११ वा […]
ए डिभिजन लिगमा : आर्मी, थ्रीस्टार र पुलीसको जीत
काठमाडौं,मंसिर,१०- आज भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलको चौथो राउण्डको खेलमा संकटा क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटालाई आर्मीले ५-१ गोलअन्तरले पराजित गर्न सफल भयो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले २, भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जमले गोल […]
नेपालगंजमा भएको चौथो म्याराथान दौडको उपाधी नेपाल प्रहरीका राईलाई
नेपालगन्ज,मंसिर,८- क्रियटिभ हेन्ड्सद्वारा सञ्चालन गरेको नेपालगन्ज चौथो म्याराथन नेपाल प्रहरीका भुमि राज राईले उपाधि चुमेका छन् ।अाज बाँकेको नेपालगन्जको नेपालगन्ज उपमहानगरपालिका अगाडि बि-पी- चोकबाट सुरु भएको म्याराथन कोहलपुरको कौशिलानगर सम्मको यात्रा तय गरिएको थियो । कुल ४२-१९५ को दुरी नेपाल प्रहरीका भुमि राज राईले २ घण्टा ३२ मिनेट ३० सेकेन्डमा पुरा गरेका थिए । त्यसै […]
मनाङ संग थ्रीस्टार पराजीत : च्यासलको एनआरटी माथि ५–१ को फराकिलो जित
काठमाडौं,मंसिर,६- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधिको दावेदार थ्रीस्टारमाथि अर्को दावेदार मनाङ–मर्स्याङ्दी क्लब हावी भएको छ । मनाङले आज भएको तेस्रो चरणको खेलमा थ्रीस्टारलाई २–१ ले पराजित गरेको छ । खेलको सुरुआतमै अग्रता लिएको मनाङले अन्त्यतिर एक गोल खाएको हो । खेलको ११औं मिनेटमा अन्जन विष्ट र १८औं मिनेटमा विदेशी खेलाडी एड्लाजाले गोल गर्दै मनाङलाई […]
एएफसी यु–१९ महिला छनोट फुटबलमा नेपालले भारतलाई हरायो
काठमाडौं,कात्तिक,९- थाइल्यान्डमा जारी १९ वर्षमुनिको एएफसी महिला छनोट फुटबलमा नेपालले शुक्रबार शानदार प्रदर्शन गरेको छ ।नेपालले आफ्नो दोस्रो खेलमा भारतमाथि शानदार जित निकालेको हो । खेलमा नेपाल २–० ले विजयी भयो । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि गोल गरेको हो । नेपालका लागि दुवै गोल रेखा पौडेलले गरिन् । यो जितसँगै नेपालको प्रतियोगिताको दोस्रो चरणमा […]
सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग भोलिबाट
काठमाडौं,कार्तिक,८ पोखरा प्रिमियर लिग (पिपिएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सुरुवाती संस्करण भोलिदेखि पोखरामा हुँदैछ ।फ्रेन्चाईज शैलीमा हुने प्रतियोगिताको पहिलो संस्करणमा पोखरा पल्टन, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स, चितवन राइनोज, बुटवल ब्लास्टर र एक्सपर्ट धनगढी ब्लुज गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा भोलि स्थानीय पोखरा पल्टनले विराटनगर टाईटन्ससँग खेल्नेछ । पोखरा रंगशालामा हुने खेलहरुका लागि […]
लोपाेन्मुख खेल कुस्तीका दाउपेच
विराटनगर,कार्तिक,५- दशैंको अवसरमा विराटनगरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको कुस्ती प्रतिस्पर्धामा नेपाल तथा भारतका कुस्तीबाज अर्थात् पहलमानहरूले कुस्तीको दाउपेच, कलाकौशल र शक्ति प्रदर्शन गरे। साेमबार तराई-मधेसको मौलिक संस्कृतिसँग जोडिएको कुस्ती लोप हुने संघारमा पुगेपछि त्यसलाई संरक्षण गर्ने प्रयासस्वरुप कुस्ती प्रतियोगिता गरिएको हो। तीन दशक अघिसम्म मोरङ, सुनसरी र झापामा उल्लेख्य संख्याका पहलमान थिए। तर पछिल्लो समय कुस्ती प्रतियोगिताको […]









