काठमाडौं, असोज १२- साफ यु–१८ फुटबल च्याम्पियनसिप विजेता नेपाली टोली आज स्वदेश फर्किएको छ ।भुटानको थिम्पुमा बुधबार सम्पन्न १८ वर्षमुनिको सो प्रतियोगिता जित्दै नेपाली टोली आज दिउँसो १ बजे काठमाडौं आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी एवं फुटबलप्रेमी समर्थकहरुले स्वागत गरेका थिए ।भुटानमा भएको प्रतियोगिताको अन्तिम दिन बुधबार […]
खेल
नेपाल यू-१९ एसिया कपका लागि छनोट, हङकङ ५ विकेटले पराजित
काठमाडौं, असोज १- एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेट अन्तर्गत पूर्वी क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ ।मलेसियाको किन्रारा मैदानमा आज भएको फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो । हङकङले प्रस्तुत गरेको ७७ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो ।नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले […]
दसैं कप फुट्सल प्रतियोगिताको लागि क्योदाइ सिजुका ऐफ•सी• को तयारी
मिलन मगर/ फुकुओका जापान भाद्र, ११- फुकुओका शहरमा ओहासी ग्रुपद्वारा नेपालीहरुको महान चाड दसैंको अबसर पारेर सत्र सेप्टेम्बर मा प्रथम पुरस्कार तीन लाख ऐन को फुट्सल प्रतियोगिता हुनेभएको छ । सोही प्रतियोगिताबाट प्रथम उपाधिको दाबेदारको लागि फुकुओकाको नीकै प्रख्यात टिम क्योदाइ सिजुका ऐफ•सी• ले ब्यापक रुपमा फुट्सल कृयाकलाप गरेको छ। फुकुओकाको योशिजुका स्थित फूटबल मैदानमा समयको […]
नेपाल बंगलादेशलाई हराउँदै फाईनलमा,उपाधिका लागि भारतसंग भिड्ने
काठमाडौं, भदौ ९- नेपाल काठमाडौं उपत्यकामा जारी १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ ।आज ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४–२ ले हराएको हो । मध्यान्तरअघि २ गोल गरेको नेपालका लागि दुवै गोल आकाश बुढामगरले दिलाएका थिए ।मध्यान्तरपछि बंगलादेशले आत्मघाती गोल गरेपछि ३–० को स्थितिमा पुगेको नेपालले त्यसपछि भने २ […]
नेपाली फुटबल टोलीको जापानमा विजोग, लगातार तेस्रो हार
काठमाडौं, भदौ,३- जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ ।भ्रमणको पाँचौ खेलमा नेपाली टोली आज शनिबार भिसेल कोबेको १८ वर्ष मुनीको टोलीसँग ४-२ को हार बेहोरेको हो । नेपालका लागि बिमल घर्ती मगर र भरत खवासले गोल गरेका थिए । यसअघि नेपाल जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५-० ले […]
नेमारको स्थानमा,बार्सिलोना फिलिप काउटिन्हो आउने
बिहानी,साउन,२३- कीर्तिमानी रकममा नेमार पीएसजी गएपछि उनको स्थानमा बार्सिलोनाले लिभरपुलका फिलिप काउटिन्होलाई ल्याउने भएको छ। यसैहप्ता उनलाई बार्सिलोनाले भित्र्याउने तयारी गरेको समाचारमाध्यमहरुले जनाएका छन्। लिभरपुलले काउन्टिहोका लागि ९०.२ मिलियन डलर माग गरेको थियो। उक्त रकम तिर्न तयार भएपछि काउटिन्हो बार्सिलोना जाने लगभग निश्चित भइसकेको समाचारमाध्यमको दाबी छ। नेमार २ सय २२ मिलियन यूरो कीर्तिमानी रकममा […]
कोकाकोला अन्तरविद्यालय फुटबल आज देखि सुरुहुदै
नकेश खड्का, दाङ,साउन,१२- तुलसीपुर कोकाकोला अन्तर विद्यालय दाङ जिल्ला स्तरिय छात्र:छात्रा फुटबल प्रतियोगिता विहिबार देखी अरनीको मैदान तुलसीपुरमा सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको समन्वय संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेकोछ । उद्घाटन खेलमा गोरखा माबि […]
नेपाललाई हराउँदै अफगानिस्तान विश्वकपका लागि छनोट
काठमाडौं, साउन,१०- नेपाललाई हराउँदै अफगानिस्तान आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । आज भएको एसियाली समूहको अन्तिम छनोट खेलमा नेपाललाई ९६ रनले हराउँदै अफगानिस्तान विश्वकपका लागि छानिएको हो । सिंगापुरमा भएको खेलमा अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ४३औं ओभरमा अलआउट हुनुपूर्व ९९ रनमात्रै जोड्न सक्यो । नेपालका दीपेन्द्रसिंह ऐरीले ४५ रन […]
नेपालले आज अफगानिस्तानसँग अन्तिम खेल खेल्दै
काठमाडौं, साउन,१०- १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकपमा खेल्ने अवसर पाउने भएकाले यो खेलमा नेपालले अफगानिस्तानलाई जितेर मात्र पनि पुग्नेछैन । अफगानिस्तानमाथि अत्यन्तै फराकिलो अन्तरको जित हात पारेको खण्डमा मात्रै नेपाल विश्वकपमा छानिनेछ […]
नेपालको चौथो जित,भोलि अफगानिस्तानको सामना गर्ने
काठमाडौं, साउन,९- १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ । आज सिंगापुरमा भएको खेलमा मलेसियाले दिएको ९० रनको सामान्य चुनौती नेपालले २३औं ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन जोडे । प्रतियोगितामा नेपालको यो चौथो जित हो । यसअघि, […]