कार्यक्रम म्युजिक अन च्वाईसको गेट टुगेदर सम्पन्न

राम सोनाम/ बाँके,माघ,६- रेडियो सद्भाव सबैको रेडियो ९१.२ मेगाहर्जमा प्रशारण हुने लोकप्रिय कार्यक्रम म्युजिक अन च्वाईसले आज आफ्ना श्रोतासँग भेटघाट गरेको छ । यस क्षेत्रमै लोकप्रियता हासिल गर्न सफल कार्यक्रम एमओसी रिलोडेडले आज छैटौ पटक श्रोता भेटघाट गर्न लागेको कार्यक्रम सञ्चालक समिरमान श्रेष्ठले जानकारी दिनुभयो । गेट टुगेदर कार्यक्रमका लागि बाँके, बर्दियासँगै नारायणगढ, काठमाडौं, सुर्खेत […]

‘तेस्रो राष्ट्रिय थारु साहित्यिक मेला’ सम्पन्न

राम सोनाम/ बर्दिया,माघ,६- बर्दियाको बढैयातालमा तिन दिन सम्म सञ्चालन भएको ‘तेस्रो राष्ट्रिय थारु साहित्यिक मेला’ आज सम्पन्न भएको छ । बिभिन्न १० बुँदे बढेयाताल घोषणपत्र जारी गर्दै मेला समापन भएको हो । पूर्व उदयपुर सुनसरी देखि सुदुर पश्चिम कञ्चनपुर सम्मका थारु बुद्धिजीवि र साहित्यकार सहभागी मेलामा थारु लोक कथा समालोचनात्मक दृष्टी, थारु भाषा सरकारी कामकाजको […]

गायक सापकोटाको ज्यान भट्टीमा

सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,६- नेपाली गीत संगीत उद्योगमा पछिल्लो समय फरक फरक धारका गीतहरु आउने क्रम बढेको छ । यसैक्रममा गायक रमेश सापकोटाको नयाँ गीतको भिडियो भर्खरै सार्बजनिक भएको छ । चलनचल्तीका गीतसंगीत भन्दा अलिक फरक धारका गीत गाउन रुचाउने गायक सापकोटाको “छ मेरो जिन्दगी छ मेरो ज्यान भट्टीमा” बोलको गितलाई भारतका प्रशिद्ध गजलकार शेखर […]

बागलुङे कलाकार प्रतिमा विश्वकर्मा र ताराकान्त वि.क.को चन्चले तिम्रो बानी बजारमा

काठमाण्डौं,माघ,६- निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा र उनको आफ्नै दाजु गायक ताराकान्त वि.क. को लय शब्द साथै चर्चित गायक तथा मोडल प्रकास सपुत र मुना रसाईलिको दमदार अभिनयमा रहेको लोक दोहोरी गित चन्चले तिम्रो बानी सारङगी संसार युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । छोटो समयमै दर्जनौँ गितमा स्वर भरिसकेकी गायिका […]

बाँकेको खजुरा मुसवेटवा बाबा मेला तथा दोस्रो खजुरा महोत्सवमा महानायक राजेश हमाल

डम्मर थापा मगर/ बाँके, माघ,५- बाँकेको खजुरामा आयोजित मुसवेटवा बाबा मेला तथा दोस्रो खजुरा महोत्सवमा आज महानायक राजेश हमाललाई हेर्न दर्शकको सङख्या उल्लेख्य बढेको देखियो । महानायक हमालले खजुराका दर्शकमाझ आफ्ना फिल्मका डायलग पस्कनु भएको थियो । त्यसैगरी हमालसगै मञ्चमा रहेका लोकगायक नवीन पौडेलले गीत गाएर दर्शकलाई नचाउनु भयो । गायक पौडेलको गीतमा महानायक राजेश […]

चलचित्र नेप्टेको पहिलो गित सार्वजनिक

रोशन घर्ति/ दाङ,माघ,४- चलचित्र ‘नेप्टे’को लोक लयमा आधारित पहिलो गीत सार्वजनिक गरिएको छ ।चलचित्र नेप्टे आर रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो । रोहित रुम्बाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रको ‘सुपारी ‘काँचो’ बोलको गीत रिलिज भएको हो । चैत्र ३० गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ । यो गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, […]

चलचित्र “साली कसको भेनाको ” मा नवनायक देवसागर र नायिका मरिष्का पोख्रेल बीच रोमान्स

सरला सुबेदी/ चितवन,माघ,३- नेपाली कथानक चलचित्र साली कसको भेनाको मंगलबार देखी चितवनमा शुभारम्भ गरिएको छ। मुभिङ पिक्चर्स प्रा.लि द्वारा निर्मित उक्त चलचित्र को शुभ मुर्हत मा बरिष्ठ कलाकार रिद्दिचरण श्रेष्ठले क्ल्याप ठोकेर शुभारम्भ गरेका हुन् । भद्र भुजेलले निर्देशन गर्ने चलचित्र लाई उद्योग बाणिज्य संघ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुकेले क्यामेरा को रेकोर्ड बटन थिची […]

बिरहीको एरेन्जमा उत्कृष्ट सालैजो गीत बजारमा

सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,३- चर्चित सर्जक,गायक तथा हास्यकलाकार रामु बिरहीको एरेन्जमा रमाईलो सालैजो गीत बजारमा आएको छ । निगालि गाँजैमा बोलको सालैजो गीत भर्खरै बजारमा आएको हो । लालु परियारको लय तथा प्रबिन खत्रि ठुलेको शव्द सिर्जना रहेको छ । यस गीतमा सादाबार गायक खड्क गर्बुजा र आश्मा छत्यालको को स्वर रहेको छ । म्युजिक भिडियोमा […]

जापानमा माघी पर्वको रौनक फोटोफिचर

जापान,पुस,३०- नेपाल मगर संघ क्युशु जापानले विगतका वर्षमा झैं  आज माघे संक्रान्ति पर्व धुमधामले मनाउदै छ । सांस्कृतिक कार्यक्रम सहित अहिले संघले माघे संक्रान्ति मनाईरहेको छ । आजको कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य दिदै संघका बरिष्ठ  उपाध्याक्ष दिपक राना मगरले भन्नुभयो यो पर्वले सबै मगर समुदायको पहिचाहन र सस्कृतीलाई जगेर्ना गर्नु पर्ने भन्दै यस पर्वले […]

दोस्रो राप्ती कृषि, पर्यटन महोत्सवको तयारी पुरा

रोशन घर्ती/ भालुवाङ,पुस,२७- इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा पुस २८ गते देखी माघ ८ गते सम्म सञ्चालन हुन लागेको दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७४ को सम्पूर्ण तयारी पुरा भएको छ । “कृषि उद्योग व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान” भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा […]