काठमाण्डौं,चैत्र,१८- प्रदेश २ को मन्त्रिपरिषद् बैठकले बारा र पर्सामा आइतबार राति भएको हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई तत्काल ३ लाख रुपैया उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गरिदिने भएको छ। आइतबार राति भएको हावाहुरीको वितण्डाले मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने चार सय भन्दा बढी घाइते भएका छन्। सोमबार विहान प्रदेश सरकाकारको आकस्मिक बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै […]
मौसम
बारा-पर्सामा हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो : ४०० भन्दा बढी घाइते
बिरगंज,चैत्र,१८- अपडेट :……✍🏻 बारा जिल्लामा मात्र हावा हुरीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ। आइतबार साँझ आएको हावा हुरीले २७ जनाको मृत्यु भएको हो ।घटना राती भएको हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी हेम शाहीले जानकारी दिनुभएको छ ।’जिल्लाभरी सुरक्षाकर्मी परिचालन भएको छ। राति साढे १० बजेसम्म २४ […]
पानीले खजुरा महोत्सवमा लाखौँ क्षति
नेपालगन्ज, फाल्गुन,२- माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालित महोत्सवको आठौँ दिन आज परेको वर्षा र हावाहुरिले क्षति पुर्याएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा संचालित ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु […]
काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्रीमा झर्यो
काठमाडाै मंसिर,२०- आज बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ। काठमाडौं उपत्यकाको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । ‘२ मंसिरमा काठमाडौंको तापक्रम ६ डिग्रीमा झरेको थियो,’ नगरकोटीले भनिन्, ‘त्यसयता वढेको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्री मापन […]
अमेरिकामा आँधीसहितको वर्षाले हजारौं नागरिक विस्थापित
वासिंटन,भदौ,८- अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा यी दुबै शहरका अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र बाह्य उडान रद्द […]
भारतको केरलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुग्यो
काठमाडौं,भाद्र,२- भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ ।केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो । केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।केरला सरकारले कासरगोडबाहेक सबै […]
दाङमा बस बाढीले बगाउदा १७ जना घाईते
दाङ,साउन,२१- दाङको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १७ जना यात्रु घाइते भएका छन् ।घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको जनाईएको छ । धनगढीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार राति खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । उनीहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार […]
रसुवामा पहिरोमा परी ४ जनाको मृत्यु,११ जना सम्पर्कविहीन
काठमाडौं,साउन,१०- अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिराेले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा रहेका होटल तथा अस्थायी घर पुरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे […]
जापानमा अविरल वर्षा : सुरक्षीत ठाँउमा बस्न सुझाव
कित्ताक्यूशु,जापान,असार,२२- जापानमा निरन्तर अविरल वर्षा भईरहेको छ ।केहि दिन देखी जापानका विभिन्न ठाँउमा परेको वर्षा र हावा हुरीबतासका कारण जापानको उत्तरी भेग अर्थात कित्ता क्यूशु क्षेत्र र फुकुओकाको निशी कु, ज्योनान कु, ओनोजो लागायतका केहि त्यस्ता ठाँउहरुमा बाढी पहिरो जान सक्ने, जमीन भाषिन सक्ने आशंका गरिएको छ। त्यस्ता आशंका गरिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई लक्षीत गरी मोबाईल मार्फत […]
ओखलढुंगाको उच्च हिमाली भेगमा हिमपात
सिर्जना बर्देवा/ ओखलढुंगा,माघ,११- ओखलढुंगाको उच्च हिमाली भेगमा भारी हिमपात भएको छ । बुधबार बिहान भएको बर्षाका कारण हिमपात भएको हो । हिमपातले सो क्षेत्रको जनजिबन प्रभाबित बनेको छ ।हिमपात पछि जिल्लामा एकाएक चिसो ह्वात्तै बढेको छ । चिसोले बिशेषगरी सर्बसाधरण नागरीकलाई प्रत्यक्ष असर पुर्याएको स्थानियले बताएका छन् । जिल्लाको खिजिकाती, खिजिफलाटे, पात्ले, श्रीचौर लगाएतका क्षेत्रमा […]







