काठमाण्डौं,जेष्ठ,१५- संघीय सरकारले आगामी वर्षका लागि आयव्ययको विवरण(बजेट) सार्वजनीक गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट ल्याएको छ । सरकारले छुट्याएको कुल बजेटमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ५४ लाख अर्थात् ६२.४ प्रतिशत बजेट विनियोजन गरेको छ। त्यस्तै पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६.६ […]
राजनीति
टायर बाल्ने दुईजना बालक सुर्खेतमा पक्राउ :विप्लवद्वारा बालक प्रयोगको शंका
सुर्खेत,जेष्ठ ,१३- सडकमा टायर बाल्ने दुईजना बालकलाई प्रहरीले भेरेगंगा नगरपालिका १२ मसिनाबाट आज(सोमबार ) नियन्त्रणमा लिएको छ। ५/६ जनाको समुहमा भेरिगंगा नगरपालिका १२ स्थित मसिनाको बिच सडकमा टायर बालिरहेको अबस्थामा ती दुई बालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको हो। अन्य चाहिँ प्रहरीलाई देखेपछि भागेका थिए। बालबालिकालाई कस्ले यस्तो कार्य गर्न लागायो भन्ने कुराको अनुसन्धान […]
बम विस्फोटबारे गृहमन्त्री बादलद्धारा संसदलाई जानकारी
काठमाण्डौं,जेष्ठ,१३- गृहमन्त्री राम बहादुर थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताउनु भएको छ । राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे आज सोमबार संसदलाई जानकारी दिँदै उक्त कुरा बताउनु भएको हो । उहाँका अनुसार राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । विप्लव समूहको बन्द र आपराधिक गतिविधिले शैक्षिक संस्था […]
प्रचण्डद्धारा मिडिया काउन्सिल विधेयकको बचाउ : विप्लवको बन्द वार्ताकै लागि भएको भनाई
काठमाण्डौं,जेष्ठ,१३- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको बचाउ गर्नुभएको छ । १७ औं कृष्णसेन स्मृति दिवसका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा अध्यक्ष दाहालले अराजकता र प्रेस स्वतन्त्रता फरक–फरक कुरा भएको भन्दै सरकारले ल्याएको विधेयकको बचाउ गर्नुभएको हो । उहाँले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको […]
प्रतिनिधिसभा बैठक : आर्थिक सर्वेक्षण सार्वजनिक
काठमाडौं,जेष्ठ,१३- प्रतिनिधिसभाको आज सोमबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा सार्वजनिक गरेको छ।अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान रहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्ने अनुमान रहेको मन्त्री खतिवडाले बताउनुभयो । प्रतिव्यक्ति खर्चयोग्य आय […]
विप्लव समुह नेकपाको नेपाल बन्दको प्रभाव : कहाँ के के भयो (अपडेट)
काठमाण्डौं,जेष्ठ,१३- नेत्रविक्रम चन्द समूह ( नेकपाले ) आज सोमबार आह्वान गरेको बन्दका क्रममा विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।चन्द समूहका कार्यकर्ताले केही स्थानमा सवारी साधनमा आगजनीसमेत गरेका छन् ।प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो । […]
बम विस्फोट प्रती : कांग्रेसद्वारा दुःख प्रकट
काठमाण्डौं,जेष्ठ,१३- प्रमुख प्रतिपक्षी कांग्रेसले मुलुकमा पछिल्लो समय बढ्दै गएका बम विस्फोट र हत्या हिंसाका घटना तथा जनधनको क्षतिप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गरी हिंसाको राजनीति परित्याग गर्न नेक्रवित्रम चन्द समूहलाई र निषेधको राजनीति परित्याग गरी समाधान खोज्न सत्तारूढ नेकपा र नेपाल सरकारलाई अपिल गरेको छ । कांग्रेसले विज्ञप्तिमा राजधानीका विभिन्न स्थानमा […]
मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गराउने सभामुख महराको आश्वासन
काठमाडौं, वैशाख,३१- सभामुख कृष्णबहादुर महराले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गराएर सहमतिको वातावरण बनाउन पहल गर्ने आश्वासन दिनुभएको छ । विधेयकको विरोधमा नेपाल प्रेस युनियनले आज बुझाएको ज्ञापनपत्र लिँदै सभामुख महराले सञ्चारमन्त्री र राष्ट्रियसभा अध्यक्षसँगसमेत आफूले यो विषयमा कुरा गर्ने बताउनुभयो । उहाँले पत्रकारले उठाएका विषयसँग आफू पूर्ण सहमत रहेको भन्दै विधेयक पूर्णरुपमा फिर्ता नभए संशोधनका […]
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबिच एकता
काठमाडौं,बैशाख,२३- संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीले एकताको घोषणा गरेका छन् । उनीहरुले नयाँ दलको नाम समाजवादी पार्टी नेपाल घोषणा गरेका छन् । काठमाडौंमा भएको एकता घोषणा सभामा नेताहरुले एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी पनि गरेका छन् ।कार्यक्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ […]
जापान सम्राट आकिहितोद्वारा राजगद्दी परित्याग गरेको घोषणा
काठमाण्डौं,बैशाख,१७- जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गर्दै पद त्याग गरेका छन् ।दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गर्नुभएको हो । यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो। राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित थिए।वयोवृद्ध आकिहितोले स्वास्थ्य र उमेरका […]

