भु पु बिद्यार्थी सँघद्वारा सर्वोदय नि.मा.वि लाई शैक्षीक सामाग्री वितरण

तनहुँ,कार्त्तीक,२०- तनहूँ जिल्लाको देवघाट गाउपालिका वडा नं.२ मा रहेको श्री सर्वोदय नि मा.वि मा भु पु बिद्दार्थी सँघले शैक्षीक सामाग्री वितरण गरेको छ ।  जिल्लाको दुर्गम कछार क्षेत्र भनेर चिनीने ब्यागन मा रहेको श्री सर्वोदय नि मा बि मा शैक्षिक स्तर उन्नती गर्ने हेतुले शैक्षीक सामाग्री हस्तान्त्ररण गरेको हो । संघले स्कुललाई २ वटा कम्प्यूटर, खेलकुदका सामग्री संगै छात्र बृद्धि प्रदान गरेको छ । भु पु […]

पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको विमोचन सम्पन्न

गोपाल जंग थापा/ टीकापुर,कार्त्तीक,१०- पवारवंशी थापाहरुको ऐतिहासिक गाथा र परीचय नामक पुस्तकको एक कार्यक्रमका बीच आज कैलालीको टीकापुरमा विमोचन गरिएको छ । पुस्तकको विमोचन गर्दै पंवारवंशीं थापा समाज कल्याण समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम बहादुर थापाले यस पुस्तकले पंवारवंशीहरुको इतिहासको बारेमा थप खोज एवं अनुसन्धान गर्न सहज हुने बताए । उपाध्यक्ष थापाले यसले पंवारवंशी थापाहरुको […]

देशभरका अस्पतालमा पाँचौं दिन पनि ओपीडी सेवा ठप्प, बिरामी मारमा

काठमाडौं, असोज १०- चिकित्सकहरुको आन्दोलनका कारण आज पाँचौं दिन पनि देशभरका सरकारी अस्पतालका ओपिडी सेवा ठप्प भएका छन् ।नेपाल चिकित्सक संघको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालका ओपीडी सेवा ठप्प भएका हुन् । सरकारले चिकित्सकका मागप्रति सकारात्मक रहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे पनि संघले त्यसलाई अस्वीकार गर्दै अस्पतालका सेवा प्रभावित बनाएको हो ।संघले […]

शिक्षामा दलीय राजनितीकको अन्त्य हुनु्पर्ने

रोशन घर्ति दाङ,भदौ,२४- विद्यार्थीहरुमा देशभक्तिको भावना जागृत गराएर युवा वर्गलाई राष्ट्र र राष्ट्रियताप्रति सजक बनाउनुपर्ने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही कमिटिले आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीहरुले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनकालागि युवाहरु सचेत हुनुपर्ने ,शिक्षामा भएको दलीय राजनितीकको अन्त्य हुनु्पर्ने बताएका थिए । त्यसका लागि जिल्लाका प्रत्येक […]

कम्प्युटर शिक्षामा शितगंगा युवाहरुले नगरपालिकाको विद्यालयहरुमा सहयोग गर्ने

अराज सिहं बेल्बासे/ अर्घाखाँची,भदौ,२०- शितगंगा नगरपालिका विभिन्न स्थानबाट देश तथा विदेशमा रहेका युवाहरुले शितगंगा नगरपालिकाका सबै माध्यमिक विद्यालयहरुमा प्राबिधिक शिक्षा लागुगर्न सबै वडामा सामुदायिक पुस्ताकालय निमार्ण गर्ने जस्ता कार्यमा कसिएका छन । त्यसका लागी अहिले सबै एक जुट भएर अनिवार्य कम्प्युटर शिक्षा प्रदान गर्ने अभियानमा लागेका छन् । बिदेशमा रहेका हरुले अन्तराष्टिय शितगंगा सेवा समाज […]

अस्थायीलाई स्थायी नबनाउन शिक्षामन्त्रीकै दबाब

काठमाडौं,साउन,१५- शिक्षक सेवा आयोगले भदौ पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमा श्रेष्ठ आफैं लागिपरेका छन् । अस्थायी शिक्षकहरुसँग परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबाब दिएका छन् । गत वर्ष संशोधन शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९ अघिदेखि ०७२ असोज […]

बढि शुल्क लिएको भन्दै घोराहीमा बिद्यार्थी आन्दोलित

नरेश खड्का, घोराहीमा,साउन,१०- पदमोदय पब्लिक नमुना माबि घोराहीमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरु आन्दोलित भएका छन् । बिज्ञान संकायका बिद्यार्थीहरुले प्रयोगात्मक शिक्षाको लागि तोके भन्दा बढि शुल्क लिएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले आन्दोलन स्वरुप बुधबार बिद्यालयमा ताला बन्दी गर्ने समेत बताएका छन् । प्रयोगात्मक शिक्षाका लागि ६ हजार ५ सय भनिए पनि अहिले […]

शैक्षिक निति कार्यक्रम नेपालगंगजमा जारी

मधुपौडेल, बाँके,असार,३- विजनेश प्लस टेलिभिजनको आयोजना तथा माउन्टेन टेलिभिजन र भक्ति दर्शन टेलिभिजनको सह आयोजनामा नेपाल एजुके फेयर तथा शैक्षिक निति वहस कार्यक्रम २०१७ नेपालगंज आज र भोली बुधबार हुने भएको छ । शिक्षा को विकास तथा शिक्षालाई केन्दबाट विकेन्द्रीकगरण गर्न उदेश्यले मेलाको आयोजना गरीएको हो । शैक्षिक गतिविधि बढ्दै गएका देशका विभिन्न शहरहरुमा शैक्षिक […]

कोरियन भाषा परीक्षाको साउन ११मा नतिजा आउने

काठमाडौं,असार,१५- भोलि शुक्रबार कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित नहुने भएको छ । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, गत जेठ २७ र २८ गते भएको परीक्षामा सरकारकै लापरवाहीका कारण केही परीक्षार्थीले जाँच दिन नपाएपछि अब साउन ११ गते नतिजा आउने गरी नयाँ तालिका बनाइएको छ । एसियन इन्स्टीच्युट […]

एसईईको नतिजा आज सार्वजनिक हुँदै

नरेश खड्का, दाङ,असार,२- राष्ट्रिय परीक्षा वोर्ड सानोठिमीले माध्यामिक शिक्षा परीक्षा, सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्न डाटा इन्ट्री गर्ने, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न अहिले आठ बजे बोर्ड बैठक बोलाइएकोे परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो । बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल […]