काठमाडौं,बैशाख,११-जनता समाजवादी पार्टीले यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्। के छ घोषणापत्रमा? घोषणापत्रमा वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइने, कार्यालयमा सेवा लिन आउने जनतालाई छिटो, छरितो सेवा सुविधा प्रदान गरिने उल्लेख छ। […]
ब्यानर न्यूज
देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण
काठमाडौं,बैशाख,११-देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो।आइतबार कोरोनाको संक्रमणबाट २५ जना मुक्त भएका छन् हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन् ।बितेको २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको […]
कांग्रेस घोषणापत्र : ओली सरकारमाथि लगाइएका १४ आरोप
काठमाडौं,बैशाख,११-नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी आइतबार घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र केपी शर्मा ओलीको नेतृत्वको सरकारमाथि १४ वटा आरोप लगाएको छ । घोषणापत्रमा कांग्रेसले नेकपा र ओली अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात रहेको जनाएको छ । ओलीले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि पनि आक्रमण […]
आजबाट एसइई परिक्षा सुरु : कता गए ८ लाख विद्यार्थी ?
काठमाण्डौं,बैशाख,९-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरि एकसाथ सञ्चालन गर्दैछ। देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा बोर्डले जनाएको छ। परीक्षाका लागि देशभरि २ हजार २७ परीक्षा केन्द्र तोकिएका छन्। यी विद्यार्थी १० वर्षअघि अर्थात् २०६९ क्षा १ मा भर्ना भई एसइईमा सहभागी हुन लागेका […]
पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमित थपिए
काठमाडौं,बैशाख,८-नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार ३२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।हाल २९८ जना सक्रिय संक्रमित रहेका छन् ।
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौं,बैशाख,८-सबै सुरक्षा निकायले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता गरेका छन् । बिहीबार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भूमिका […]
सुनको मूल्य एकै दिन ४०० रुपैयाँले घट्यो, चाँदीको भने स्थिर
काठमाडौं,बैशाख,६-स्थानीय बजारमा मंगलवार सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । […]
जापानको टोकियोमा किन अहिलेसम्मकै महँगो भयो अपार्टमेन्ट ?
जापान,वैशाख,६-जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा गत आर्थिक वर्षमा नयाँ कोन्डोमिनयम (अपार्टमेन्ट) को भाउ अहिलेसम्मकै कीर्तिमानी उचाईमा उक्लिएको छ । जग्गाको भाउमा भइरहेको वृद्धि र श्रम लागतका कारण पछिल्लो समय जापानमा अपार्टमेन्टको भाउ बढिरहेको छ । आर्थिक वर्ष २०२१ मा औसतमा अपार्टमेन्टको भाउ ६ करोड ३६ लाख येन (५ लाख ३ हजार डलर) मा पुगेको […]
देशभर आजदेखि कृषि गणना सुरु
काठमाडौं,बैशाख,६-केन्द्रिय तथ्यांक विभागले आज (मंगलबार) देखि देशभर कृषि गणना सुरु गरेको छ । सातौं कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने तथ्यांक विभागले जनाएको हो।३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएका छन् । तथ्यांक संकलनका लागि गणक र […]
पेट्रोलको मूल्य ४ रुपैयाँ घट्यो,भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
काठमाडौं,वैशाख,५-भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ […]







