काठमाडौं,कार्तिक,१-एएफसी यू-२३ एसियन कपको छनोट चरणका लागि नेपाली यू-२३ राष्ट्रिय फुटबल टोलीको अन्तिम २३ सदस्यीय टोली घोषणा भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले आइतबार २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन् । माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी टोलीमा रहेका छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु […]
ब्यानर न्यूज
नेपाललाई ३-०ले हराउँदै भारत आठौं पटक च्याम्पियन
काठमाडौं,असोज,३१-भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । माल्दिभ्समा शनिबार भएको फाइनलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट […]
साफ च्याम्पियनसिपमा आज उपाधिका लागि नेपाल र भारत भिड्ने
काठमाडौं,असोज,३०-माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज हुँदैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा […]
आज विजया दशमी, मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै
काठमाडौं,असोज,२९-बडा दशैंअन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी । मान्यजनबाट टीका र आशिर्वाद थापेर मनाइँदै छ । नौं दिनसम्म दशैंघरमा नवदूर्गाको पूजा आराधना गरी आज माता दूर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइन्छ । साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान १० बजेर २ मिनेटलाई उत्तम साइत तोकेको छ […]
वर्षको एक दिन मात्रै खुल्ने तलेजु भवानीको मन्दिर खुल्यो
काठमाडौं,असोज,२८-वर्षमा एक दिन मात्र खुल्ने हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर आज खुला गरिएको छ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरिएको हो । मन्दिरमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको […]
आज महानवमी पर्व,सिद्धिदात्रीको पूजा आराधना गरी मनाईदै
काठमाडौं,असोज,२८-आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र […]
नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई
काठमाडौं,असोज,२८-प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । बुधवार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । बुधवार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिनुभएको हो । उहाँले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ […]
साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्ने
काठमाडौं,असोज,२८-भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । यो पनि पढ्नुहोस् || इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर […]
इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा
काठमाडौं,असोज,२७-बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो । आजको खेलमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दवावमा परेको थियो । अन्ततः खेलको ८८ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्न सफल […]
विजयादशमीमा टीका लगाउन १०: ०२ बजेको साइत शुभ
काठमाडौं,असोज,२७-यस वर्षको विजयादशीमामा टीका लगाउने साइत १० बजेर २ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यो वर्ष बडादशैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ ।समितिका अनुसार पूर्वफर्किएर मान्यजनको हातबाट टीका लगाउनु पर्दछ । समितिले टीका लगाएर मान्यजनका हातको टीका लगाउन अन्यत्र जानेहरुका लागि टीको […]




