आज नेपाल र इन्डोनेसिया बिच मैत्रीपूर्ण खेल हुने

काठमाडौं,कार्तिक,५-नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज शुक्रबार इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्नेछ।नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको […]

कोरोना महामारी अझै एक वर्ष लम्बिने विज्ञहरुको घोषणा

एजेन्सी,कार्तिक,४-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ । संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहीरहने चेतावनी दिएका हुन् । विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नैं महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उनको तर्क छ । डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ […]

जापानको निर्यातमा अपेक्षा गरिएभन्दा उच्च वृद्धि

जापान,कार्तिक,४-गत महीना जापानको निर्यात अपेक्षा गरिएभन्दा तीव्र दरमा बढेको छ । योसँगै लगातार सातौं महीना पनि निर्यात दोहोरो अंकले बढेको छ । यसलाई कोरोना भाइरसको महामारी बीच विश्वको आपूर्ति शृङ्खलामा उत्पन्न कमजोर पुनःबहालीको गति ‘डिरेल’ गर्ने जोखिममा रहेको जापानी अर्थतन्त्रको लागि प्रेरणादायक संकेतको रुपमा हेरिएको छ ।  गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरमा निर्यात १३ […]

आज पनि दिनभर वर्षा हुने

काठमाडौं,कार्तिक,३-आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रहेको छ । बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको […]

अमेरिकामा नेपाली व्यवसायीको गोली हानी हत्या

काठमाडौं,कार्तिक,३-अमेरिकाको बोस्टन शहरमा एक नेपाली व्यवसायीको गोली हानी हत्या गरिएको छ । बोस्टन शहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गोली हानी हत्या गरिएको हो । बोस्टन शहरबाट केही किलोमिटर टाढा फल रिभर सिटी, रक स्ट्रीटमा ‘स्टप एन्ड सेभ’ नामकोे खुद्रा पसल सञ्चालन गर्दै आएका उनको पसलमै गोली हानी हत्या गरिएको बताइएको छ […]

नदीको टापुमा फसेका चार जनाको उद्धार

बाँके,कार्तिक,२-सोमबार साँझदेखि राप्ती नदीमा फसेका चार जनाको उद्धार भएको छ।  बाँकेको डुडुवा गाउँपालिका ५ खजुरास्थित राप्ती नदीमा मसाहगाउँका ४ जना फसेका थिए। डुडुवा गाउँपालिका ४ का ५५ वर्षीय सौखात नाउ, ४५ वर्षीय साबिर खाँ, ३० वर्षीय प्रमोद लोहनिया र ६० वर्षीय नजिर खाँलाई प्रहरीले उद्धार गरेको हो।  माछा मार्न गएका उनीहरु बाढी आएपछि टापुमा फसेका […]

महाकाली नदी गाउँ पस्यो, हजारौँ घर डुबानमा

कञ्चनपुर,कार्तिक,२-आइतबार बेलुकादेखिको अबिरल वर्षाले कञ्चनपुरका अधिकांश बस्ती डुबानमा परेका छन्। महाकाली नदीमा पानीको बहाब उच्च भएपछि नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका प्रहरीले जनाएको छ। ।  महाकाली नदी तटीय क्षेत्रमा पर्ने भीमदत्त नगरपालिको ब्रह्मदेव बजारदेखि पिपरियासम्म र दोधारा–चाँदनी नगरपालिकाको कुतियाकबर, शान्ति टोल, निसानी टोल लगायत बस्ती बाढीको कारण डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी […]

पहिरोमा पुरिएर डडेलधुरा र कालिकोटमा २ जनाको मृत्यु

डडेल्धुरा,कार्तिक,२-डडेलधुरा र कालिकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। डडेलधुराको गन्यापधुरा गाउँपालिका १ भात्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो।  सोमबार राति पहिरो जाँदा सन्ध्या फेन्सी स्टोरमा च्यापिएर विष्णुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको […]

विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधन

काठमाण्डौं,कार्तिक,२-विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको छ। पार्टीको आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उहाँको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ।   एक साताअघि कोभिड-१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा महर्जनको हिजो सोमबार अपराह्न निधन भएको हो। […]

साफ च्याम्पियनसीपको उपविजेता बन्दै राष्ट्रिय फुटबल टोली नेपाल फर्कियो

काठमाडौं,कार्तीक,१-साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किएका छन् । नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका हुन् । माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको यो पहिलो अवसर थियो । खेलाडीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, […]