काठमाडौं,भदौ,१९-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनु भएको छ । ओली अस्वस्थ भएपछि आज हुने सम्पुर्ण औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ । पछिल्लो समयको धपेडीका कारण हल्का ज्वरो आएको प्रेस संयोजक रामशरण बजगाईंले बताउनुभयो । बजगाईंकाअनुसार ज्वरो आएका कारण शनिबारको सबै कार्यक्रमहरु र भेटघाट बन्द गरिएको छ ।
ब्यानर न्यूज
पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई माओवादीले उचित जिम्मेवारी दिने
काठमाडौं,भदौ,१९-नेकपा माओवादी केन्द्रले विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने भएको छ । विगतमा पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने गरेपनि माओवादीले पछिल्लो पटक पार्टीमा भएको कार्यविभाजनका क्रममा कोही छुटेको भए त्यसलाई सच्याउने प्रतिवद्धता जनाएको छ । माओवादी केन्द्रका अनुसार पार्टी केन्द्रले इन्चार्ज अध्यक्ष तथा मातहतका समितिका पदाधिकारीलाई परिपत्र गरेर जिम्मेवारी […]
निजगढ रतनपुरीमा एमालेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण हुने
बारा,भदौ,१८-बाराको निजगढ रतनपुरीमा शनिबार नेकपा एमालेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण हुने भएको छ ।नेपाल कम्युनिष्ट पार्टि एमाले निजगढ नगर कमिटि बाराको बृहत कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो । नेपाल कम्युनिष्ट पार्टि एमाले निजगढ नगर कमिटीले आयोजना गर्न लागेको उक्त बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज नेकपा एमालेका केन्द्रीय सदस्य […]
यातायात व्यवस्था विभागले दिन थाल्यो परीक्षणकालीन लाइसेन्स
काठमाडौं,भदौ,१८-यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाई रुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो […]
गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता
काठमाण्डौं,भदौ,१८-गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बिच शुक्रबार भेटवार्ता भएको छ। भेटमा सरकारसँग भएको ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको प्रकाण्डले बताउनुभयो। यस्तै गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल […]
नेपाली कांग्रेसको ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न
काठमाडौं,भदौ,१८-नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा अधिवेशन भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ । निर्वाचन समितिका अनुसार प्रदेश […]
वामदेव गौतमले परित्याग गरे एमाले
काठमाडौं,भदौ १८-नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गर्नुभएको छ ।गौतमले शुक्रबार एमाले केन्द्रीय कार्यालय थापाथलि पुगेर एमालेका सबै पदबाट राजीनामा दिनुभएको हो । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाउनुभएको हो । गौतमले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा भनिएको छ, ‘म आफैं संलग्न भएर निर्माण […]
नेपालले भारतमाथि ६ वर्षपछि गर्यो गोल तर खेल बराबरी
काठमाडौं,भदौं,१७-नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ । खेलमा दुबै देशका खेलाडीले एक एक गोल गरेका हुन् । पहिलो गोल भारतविरुद्ध नेपालका अञ्जन विष्टले गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा नेपालका विष्टले पहिलो गोल गरेका हुन् । विष्टको गोलबाट नेपालले अग्रता लिए पनि त्यसलाई अन्तिमसम्म टिकाउन भने सकेन र […]
सुनको मूल्य घट्यो
काठमाण्डौं,भदौ,१७-आज बिहीबार सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो। बुधबार ९१ हजार प्रतितोलामा कारोबार भएको थियो। चाँदीको मूल्य भने बढेको छ। बुधबार १ हजार १ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको छ।
जापानले अफगानिस्तानबाट दूतावास कतार सार्ने
एजेन्सी,भदौ,१७-जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ । जापानका विदेश मन्त्री तेशिमित्सु मोतेगीले अफगानिस्तानमा रहेको जापानको दूतावासको काम कतारको राजधानी दोहाबाट गराउने तयारी भइरहेको पुष्टि गर्नुभएको हो । तालिबान विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरेसंगै राजनीतिक अन्यौल सृजना भएकाले विदेशी कूटनीतिक निकायहरूले अफगानिस्तानबाट दूतावासको काम गर्न असहज भएको भन्दै आएका छन् । […]






