प्रधानमन्त्रीलाई खुट्टा नकमाउन ओलीनिकट स्थायी समिति सदस्यहरुको सुझाव

काठमाडौं,असार,१७-प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीलाई खुट्टा नकमाईकन अहिलेको परिस्थितिको सामना गर्न उहाँनिकट स्थायी समिति सदस्यहरुले सुझाव दिएका छन् । बुधबार स्थायी कमिटीको बैठक हुन अगाडी प्रधानमन्त्री निवास बालुवाटारमा आफूनिकट स्थायी समिति सदस्य र मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीले गरेको छलफलमा उनीहरुले खुट्टा नकमाउन सुझाव दिएका हुन् । कसैको चाहनाले प्रधानमन्त्री र पार्टी […]

नेकपा बैठक स्थगित, अर्को बैठक विहीबार

काठमाडौं,असार,१७-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित गरिएको छ । बुधबार करिब एक घण्टा बसेको बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम भएकाले बैठक स्थगित गरिएको हो । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको बुधबार विहान शहीद गंगालाल […]

फर्किन टिकट नदिने विदेशी कम्पनीमा ५ वर्ष नेपाली श्रमिक नपठाइने

काठमाडौं,असार,१६-कोरोना संक्रमणको जोखिमका कारण रोजगारी गुमाएर फर्किनुपर्ने नेपाली श्रमिकलाई टिकट नदिने कम्पनीलाई ५ वर्ष प्रतिबन्ध लगाइने भएको छ। करार सम्झौताअनुसार फर्किने श्रमिकको टिकट खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने हुन्छ। तर सम्झौता कार्यान्वयन नगर्ने कम्पनीमा कम्तीमा ५ वर्ष श्रमिक नपठाउने तयारी सरकारले गरेको हो। श्रमिक उद्धारसम्बन्धी कार्यविधिमा कामदार स्वदेश फिर्ताको लागि टिकट खर्च नव्यहोर्ने रोजगारदाताको विवरण नेपाली […]

गण्डकी प्रदेशमा २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा,असार,१६ –गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ५ जिल्लाका ५३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र काठमाडौंमा भएको पिसिआर परीक्षणमा स्याङ्जा १०, तनहुँ १०, बागलुङ १४, पर्वत १३ र गोरखामा ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेशभर ९ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ । […]

लकडाउन साउन ७ गतेसम्म लम्व्याउने सरकारको निर्णय

काठमाडौं,असार,१५-सरकारले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म नै बन्द राखिने निर्णय भएको ती मन्त्रीले जानकारी दिनुभयो। गत जेठ २८ गते बसेको मन्त्रिपरिषद् […]

निजी क्षेत्रमा अख्तियार हुल्दैनौंः प्रधानमन्त्री ओली

काठमाडौं,असार,१५-प्रधानमन्त्री केपी शर्मा ओलीले नियमनको नाममा निजी क्षेत्रमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगाई नहुल्ने बचन उद्योगी व्यवसायीलाई दिनुभएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को साधारण सभालाई सोमबार भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रको नियमनका लागि अख्तियार आवश्यक नरहेको भन्दै त्यस्तो कानून नबनाउने बचन दिनुभएको हो । अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे जानकार रहेको भन्दै […]

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं,असार,१४-नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको वैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने वताइएको छ । कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरु हुन सकेको छैन । महाधिवेशनका लागि गत चैतबाटै क्रियाशिल […]

नेपालका ७७ जिल्लामा कोरोना संक्रमण, थप ५५४ जना संक्रमित थपिए

काठमाडौं,असार,१३-नेपालमा शनिबार मात्र ५५४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।योसँगै संक्रमितको कुल संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७७ ओटै जिल्लामा संक्रमण देखिएको जानकारी दिनुभयो । रसुवाका आठ महिला र एकजना पुरुषमा संक्रमण देखिएसँगै ७७ ओटै जिल्लामा […]

नेपाल छिर्‍यो सलह

बारा,असार,१३-विश्वका विभिन्न देशमा बालीनालीमा व्यापक क्षति पुर्‍याएको सलह नेपालमा पनि प्रवेश गरेको छ ।भारत हुँदै बारा भित्रिएको सलहले धानबालीमा क्षति गर्न थालेको छ । शनिबार बिहान प्रवेश गरेको सलह किराले जिल्लाका निजगढ, डुमरवाना, सिमरा क्षेत्रमा क्षति गर्न थालेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी गराउनुभएको छ । सामान्य मनसुनसँगै प्रवेश गरेको सलह दिउँसो […]

नेपालको जनसंख्या ३ करोड नाघ्यो

काठमाडौं,असार,१३–नेपालको जनसंख्या तीन करोड नाघेको छ। जनसंख्या घडीअनुसार शुक्रबारबाट नेपालको जनसंख्या ३ करोड नाघेको हो। केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार (असार १२ गते) नेपालको जनसंख्या तीन करोड ६ सय ३४ पुगेको छ। राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको तथ्यांक विभागले जनाएको छ। विभागका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना […]