मेस्सी र रोनाल्डोलाई पछि पार्दै भिर्जील भान डाइक ‘युरोपियन वर्ष खेलाडी’घोषित

काठमाण्डौं,भाद्र,१३- इंग्लिश फुटबल क्लब लिभरपुलका खेलाडी भिर्जिल भान डाइक युरोपियन वर्ष खेलाडी घोषित भएका छन् । फ्रान्सको मोनाकोमा गएराति भएको एक विशेष समारोहमा नेदरल्याण्ड्सका भान डाईकलाई उत्कृष्ट घोषणा गरियो । उनले शीर्ष तीनमा रहेका अन्य प्रतिश्पर्धी युभेन्टसका क्रिश्चियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारे । लिभरपुलका डिफेन्डर भान डाईकले गत सिजन लिभरपुललाई युएफा च्यानम्पियन्स […]

आज कुशे औंशी : बुवाको मुख हेर्ने दिन

काठमाण्डौं,भाद्र,१३- आज कुशे औंशी घर घरमा वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्र्याएर मनाईदै छ । कुशे औंशीसंगै आज बुवाको मुख हेर्ने दिन पनि हो । त्यसैले आज सबै हिन्दूधर्मालम्बीहरूले आ-आफ्ना बुवालाई आदर सम्मान प्रकट गर्दै बुवाको मुख हेर्ने गर्दछन् । बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण तथा श्राद्ध […]

१२ वर्ष पछि पुन : जापानको ओसाकाबाट निगमको उडान सुरु

जापान,भाद्र,१२- नेपाल वायुसेवा निगमले जापानको ओसाकामा व्यावसायिक उडान सुरु गरेको छ। निगमको वाइडबडी ए–३३० जहाज बिहीबार बिहान २:३० बजे काठमाडौंबाट ओसाका उडेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो । यो संगै १२ वर्षपछि पुन: निगमको सिधा जापान उडान सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ओसाका उडानको उद्घाटन […]

सुनको भाउ बढ्यो : तोलाको ७३ हजार ४०० रुपैयाँ

काठमाडौं,भदौ,१२- सुनको भाउमा पुनः वृद्धि आएको छ ।आज बिहीबार एकै दिन तोलामा ८०० रुपैयाँले सुनको भाउ बढेको छ ।  बिहीबार सुनको मूल्य तोलाको ७३ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तोलाको ७२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको भाउपनि तोलामा १५ रुपैयाँले बढेर तोलाको ८९५ […]

भुटानमाथी नेपालको शानदार जीत : फाइनल पुग्ने सम्भाबना बलीयो

काठमाण्डौं,भाद्र,१२- भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलमा नेपालले फाइनलमा पुग्ने सम्भावना बलीयो बनाएको छ। आज (बिहिबार) भएको अन्तिम खेलमा भुटानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालको फाइनलमा पुग्ने सम्भाना बलीयो बनाएको हो । नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्साल एक्लैले दुई गोल गरेपछि साफ यु–१५ च्याम्पियनसिपतर्फ लिग चरणको आफ्नो अन्तिम […]

सरकारविरुद्ध आन्दोलनको तयारी, सबैको साथ आवश्यक : देउवा

काठमाण्डौं,भाद्र,११- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताउनु भएको छ । नेपाल प्रेस युनियनको संगठन व्यवस्थापनसम्बन्धी कार्यशालालाई बुधबार ललितपुरमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढेको दाबी गर्नुभयो ।सरकारलाई प्रजातन्त्रविरोधी संज्ञा दिँदै उनले मानवअधिकार र वाक स्वतन्त्रताका लागि फेरि लड्ने दिन […]

नेपाल संग बंगलादेश ४-१ गोल अन्तरले पराजित

काठमाडौं,भदौ,१०- भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले साबिकको विजेता बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो । कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले दुई गोल गरे । यस्तै सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरे । बंगलादेशका मियाँले एक गोल फर्काए । जितसँगै नेपालले ३ […]

छात्रालाई सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम अन्योलमा

काठमाडौं,भदौ,१०- गएको साउन १ गतेदेखि नै देशभरका सबै सामुदायिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गर्ने भनिएको कार्यक्रम अन्योल बनेको छ । कस्तो प्याड वितरण गर्ने र कसरी गर्ने भन्ने पूर्वतयारीविना नै कार्यक्रम ल्याएपछि लागू गराउन समस्या देखिएको हो । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा देशभरका सबै सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने […]

रवि लामिछाने सहित तीनै जना रिहा : फैसला नहुन्जेल कार्यक्रम सन्चालन गर्न रोक

चितवन,भदौ,९- पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछाने सहित तीनै जना सोमबार रिहा भएका छन्  ।लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको हो । कार्कीलाई पीडितमा राख्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको […]

नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक सम्पन्न

काठमाण्डौं,भदौं,९- नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ।सिंगापुर उपचारका क्रममा रहेका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठकको अध्यक्षता ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले कार्यावहाकको जिम्मा उपप्रधान एवं रक्षामन्त्रीलाई दिए पनि बैठकको अध्यक्षता भने आफैँ ग्रहण गर्नुभएको हो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी […]