टि-२० शृंखला : नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

काठमाण्डौं,असार,२८- नेपालले मलेसियालाई पहिलो टि–ट्वेन्टी म्याचमा ७ विकेटले पराजित गरेको छ ।शनिबार बिहान भएको खेलमा मलेसियाले नेपालसामू १२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा कप्तान पारश खड्काको शानदार ब्याटिङको मद्दतमा नेपालले १८ ओभर ३ बलमा लक्ष्य हासिल गरेको हो । नेपालका लागि कप्तान खड्काले अविजित ८६ रन बनाए । ५० बल सामना गरेका […]

अहिले टस हारेर मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल

काठमाण्डौं,असार,२८- मलेसियाविरुद्धको टि-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल टस हारेर अहिले बलिङ गर्दैछ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा जारी खेलमा यो समाचार तयार पार्दा सम्म १६ ओभर सकिदा मलेसियाले ४ विकेट गुमाएर १११ रन बनाएको छ। मलेसिया वीरनदीप सिंह ४० रनमा खेलिरहेका छन् भने अहमद फैज ७ रन बनाएर उनलाई साथ दिइरहेका छन्।  त्यसअघि फित्री […]

डेल्टा कम्प्युटर ट्रेनिङ सेन्टरको वार्षिकोत्सब विविध कार्यक्रम गरी सम्पन्न

नेपालगन्ज,असार,२७- बाँकेको नेपालगन्जमा रहेको डेल्टा कम्प्युटर ट्रेनिङ सेन्टरले अाफनो ६ अौं वार्षिकोत्सब अाज विविध कार्यक्रम गरि सम्पन्न गरेको छ । नेपालगन्जमा रहेको अोम पार्टी प्यालेस होटलमा डेल्टाले अाफनो वार्षिकोत्सब डेल्टाका सञ्चालक समितिका अध्यक्ष ईन्जिनियर दिपेश महतोको अध्यक्षतामा गरेको थियोे । कार्यक्रममा प्रमुख अतिथिका रुपमा कम्प्युटर एसोसिएसन बाँकेका संस्थापक अध्यक्ष तथा क्यान नेपालका सदस्य ईश्वरी प्रसाद […]

एनआरएनए चुनाव : क्यूस्यूमा मनोनयन दर्ता शुल्क परिमार्जीत गरि निर्वाचन गर्न ध्यानाकर्षण

फुकुओका,जापान,असार,२६- गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्यूस्यू क्षेत्रीय समितीको निर्वाचन आगामी साउन ५ गते अर्थात यहि जुलाई २१ तारिखका दिन हुदैंछ ।उक्त निर्वाचनको लागि निर्वाचन आचारसंहिता सहित मनोनयन दर्ता खुल्ला गरिएको छ । निर्वाचनका लागि क्यूस्यू कार्यसमिती तथा निर्वाचन कार्यसमितीले दर्ता गरेको मनोनयन शुल्क क्यूस्यूबासीले अपेक्षा गरेको भन्दा बढी भएको ठहर गर्दै गैर आवासिय नेपाली […]

हङकङलाई पराजीत गर्दै नेपाल यू–१९ एसिया कपमा

काठमाण्डौं,असार,२४- नेपालसंग हङकङ ६ विकेटले पराजीत भएको छ ।मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा आज मंगलबार सम्पन्न भएको फाईनल खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । यो जित संगै नेपालले अब यू–१९ एसिया कप खेल्ने भएको छ । नेपाल सामु हङकङ दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै सहजै  भेट्टाएको हो । सुरुवाती चरणमा राम्रो खेलेको नेपालले ५ […]

मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

काठमाण्डौं,असार,२३- नेपाल आयोजक टोली मलेसियालाई पराजित गर्दै एसीसी यू–१९ पूर्व क्षेत्रीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा सोमबार सम्पन्न भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४०.५ ओभरमा अलआउट भएर नेपाल सामु ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर […]

फुकुओकामा आज रक्तदान कार्यक्रम हुदै

फुकुओका,जापान,असार,२१- जापानको फुकुओकामा आज रक्तदान कार्यक्रम हुदै छ ।नेपाल आदिवासी जनजाती महासंघ क्यूस्यूको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सह-आयोजना र जापान रेडक्रस सोसाईटीको सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो । “रक्तदान जिवनदान” भन्ने मुल नारा दिएर गर्न लागिएको उक्त कार्यक्रममा फुकुओकामा रहेका सम्पुर्ण संघसंस्थाहरुका प्रतिनिधी तथा पदाधिकारी लगायत फुकुओकामा बस्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रममा सहभागि भई रक्तदान […]

वैज्ञानिक उत्पादन गर्ने नवीन औद्योगिक माविमा कक्षा ११ मा भर्ना हुनेको ओइरो

बुटवल,असार,२०- वैज्ञानिक उत्पादन गर्ने विद्यालयको छवि बनाएको बुटवल देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविमा कक्षा ११ मा भर्ना गर्न थेगिनसक्ने गरी विद्यार्थीको चाप बढेको छ । एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयमा कक्षा ११ मा भर्ना गर्न विद्यार्थीको ओइरो लागेका हुन् । निजी कलेजहरुको तडकभडक नाघेर अभिभावक र विद्यार्थीको भर्नाको चाप सामुदायिक विद्यालयमा बढेको […]

देलेन्द्र जोशीको नयाँ तिज गित “झुम्का हरायो” (भिडीयो सहित)

फुकुओका,जापान,१९- प्रवासमा बसेर सम्भव त कुनै पनी कुरा गर्न एकदमै कठिन हुन्छ । त्यो तपाई हामी सबैलाई थाहा भएको कुरा हो । तर मनले चाहे त्यो सबै काम गर्न जो जहाँ बसेपनी सम्भव छ ।  आजभोली धेरै मानीस उच्च शिक्षा र रोजगारका लागी संसारका विभिन्न देशमा पलायन भएका हुन्छन् । ती विदेश पलायन भएका लाखौंको भिडको […]

एनआरएनए क्यूस्यू जापानको अध्यक्षमा सुपेन्द्र घिसिंङको उम्मेदवारी

फुकुओका,जापान,असार,१९- गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्यूस्यू क्षेत्रीय समितीको निर्वाचन साउन ५ गते अर्थात जुलाई २१ तारिखका दिन हुने भएको छ ।  उक्त निर्वाचनमा अध्यक्ष पदका लागि सुपेन्द्र घिसिंङले उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले क्यूस्यू क्षेत्रको अध्यक्ष पदका लागि  आफुले उम्मेदवारी दिएको बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो ।  उहाँले एक विज्ञप्ती जारी गर्दै उम्मेदवारी दिएको बताउनुभयो । उहाँले […]