एनएमसीले गर्यो बिबिएस प्रथम वर्षमा टपर हुने विद्यार्थीलाई भव्य सम्मान

नेपालगन्ज,जेष्ठ,०३- आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले शुक्रबार बिबिएस प्रथम वर्ष(२०७५)मा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थीहरुलाई बधाईका साथ भव्य सम्मान गरेको छ। यस वर्ष एनएमसीबाट बिबिएस प्रथम वर्षमा ६४.८ ल्याएर बाँके जिल्ला प्रथम हुन सफल प्रेम थापा, ६४.६ % ल्याएर बाँके जिल्ला दोस्रो हुन सफल अनिता रावत, ६३.४% ल्याएर बाँके चौथो हुने दिपा थापा , […]

सैलेन्द्र भण्डारीको ‘निस्टुरी भाग २’ गीत बजारमा आउँदै

नेपालगन्ज,जेष्ठ ,०३- दैलेखि गायक सैलेन्द्र भन्डारी सलुको चर्चित गित निस्टुरीको दोस्रो भाग चाडैं नै बजार आउने भएको छ । दैलेखी गायक तथा सर्जक सैलेन्द्र भण्डारी सलुको शब्द तथा संगीत रहने उक्त गितमा यसपाली भने भण्डारीले स्वरको लागि नवगायक सपन घर्ती मगर र कबिता परियारलाई जिम्मा दिएका छन् । ब्लोसम म्युजिक प्रालीद्वारा यसै हप्ता बजारमा आउने […]

खजुरामा दिइयो मदरासा शिक्षकहरुलाई मदरासा व्यवस्थापन तालिम

नेपालगन्ज, जेष्ठ,०३- बाँकेको खजुरामा शुक्रबार(आज)मदरासा शिक्षकहरुलाई मदरासा व्यवस्थापन तालिम दिइएको छ। जन जागरण समाज खजुराले दिगो विकासका लागि सामुदायिक शान्ति कार्यक्रम अन्तरगर्त खजुरा र जानकि गाउँपालिकामा रहेको मदरासा शिक्षकहरुलाई उक्त व्यवस्थापन तालिम दिएको हो । बिहीवार देखि शुरु भएको मदरासा व्यवस्थापन तालिम शुक्रबार(आज)सकिएको छ । खजुरा र जानकि गाउँपालिका २१ वटा मदरासाका ३० जना शिक्षक […]

चलचित्र `आमा´ तेस्रोपटक निर्माण हुँदै,छोरीको भुमिकामा सुरक्षा पन्त

नेपालगन्ज,जेष्ठ ,०२- नेपालमा बनेको सबैभन्दा पहिलो चलचित्र`आमा´ तेस्रो पटक फेरि निर्माण हुने भएको छ। सुपरहिट चलचित्र `पशुपती प्रसाद´ फेम्ड सफल निर्देशक दीपेन्द्र के खनालले दुईपटक निर्माण भइसकेको चलचित्र आमाको नाम सापट लिएर तेस्रोपटक बनाउने भएका हुन। यस भन्दा अगाडि आमा नामक चलचित्र वि.सं. २०२० मा हीरासिंह खत्रीले र वि.सं. २०५१ सालमा रेसराज आचार्यले बनाईसकेका थिए। […]

नेपालगन्जमा अन्तर वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

नेपालगन्ज,जेष्ठ,१- नेपालगन्जमा आगामी जेष्ठ २३ गतेबाट अन्तर वडा स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता २०७६ आयोजना हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० र१२ को सहयोग तथा द ग्रुप अफ १६ युथ क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको बुधवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । आयोजक संस्थाका सदस्य तरुण बज्राचार्यले स्थानीय […]

बिबिएस प्रथम वर्षमा बाँके टप गर्न सफल नेपालगन्ज मल्टिपल क्याम्पस

नेपालगन्ज,जेष्ठ ,०१- हालै मात्र सार्वजनिक भएको व्यवस्थापन संकाय तर्फ (बिबिएस प्रथम वर्ष २०७५)को नतिजामा ६४.८% ल्याएर नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसि) बाँके जिल्ला प्रथम हुन सफल भएको छ। आदर्श ग्रुपद्वारा वि.सं.२०६६ सालमा स्थापित यस क्याम्पसले हरेकका वर्ष झै यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको छ। गुणस्तरीय शिक्षाको लागि निरन्तर खटिरहेको मिहिनेती समुहद्वारा एनएमसी संचालित छ। क्याम्पसले नियमित […]

नेपालगन्जका धर्मे बुढाक्षेत्रीले गर्छन ठेला व्यापारबाटै मासिक एक लाख आम्दानी

नेपालगन्ज,बैशाख,३१- चारबाहिनी चोक दक्षिण-पश्चिममा लस्करै खाजा नास्तका ठेला पसलहरु छन।ती मध्ये धर्मे बुढाक्षेत्रीको ठेला पसलमा दिउँसो ३ बजेको टनटलापुर घाममा पनि खाजा खानेहरुको ठेलमठेल छ। चारबाहिनिमा रहेका आधा दर्जन ठेला पसलहरु मध्ये आधाजती धर्मे बुढाक्षेत्रीका हुन।कुनैमा शुद्ध शाहाकारीका परिकारहरु पाइन्छन त कुनैमा मांसाहारी । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँके गाउँका बुढाक्षेत्रीले चारबाहिनिमा ठेला पसल […]

मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गराउने सभामुख महराको आश्वासन

काठमाडौं, वैशाख,३१- सभामुख कृष्णबहादुर महराले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गराएर सहमतिको वातावरण बनाउन पहल गर्ने आश्वासन दिनुभएको छ ।  विधेयकको विरोधमा नेपाल प्रेस युनियनले आज बुझाएको ज्ञापनपत्र लिँदै सभामुख महराले सञ्चारमन्त्री र राष्ट्रियसभा अध्यक्षसँगसमेत आफूले यो विषयमा कुरा गर्ने बताउनुभयो । उहाँले पत्रकारले उठाएका विषयसँग आफू पूर्ण सहमत रहेको भन्दै विधेयक पूर्णरुपमा फिर्ता नभए संशोधनका […]

मदरसाद्वारा गरियो खजुरामा सामाजिक परिक्षण

खजुरा(बाँके), बैशाख,३०- मदरसा इस्लामिया मसउदिया रजाउल उलुम खजुरा गाउँपालिका ७ सोनपुर बाँकेले सोमबार पहिलो पटक सामाजिक परिक्षण गरेको छ । धार्मिक शिक्षा सिकाउनको लागि मुस्लिम समुदायको आर्थिक सहयोगमा २०६३ सालमा स्थापना भएको उक्त मदरसाले आज एक कार्यक्रमको आयोजना गरी सामाजिक परिक्षण गरेको हो । कक्षा २ सम्मको कक्षा सञ्चालन गर्ने स्विकृति पाएको मदरसामा २ जना […]

नर्सिङ दिवसको अवसरमा खाजा खर्च कटौती गरि नर्सले गरे बिरामीहरुलाई फलफूल वितरण

नेपालगन्ज , बैशाख, २९- अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आइतबार (आज) नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ कर्मचारीहरुले खाजा खर्च कटौती गरेर अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरेका छन् । १९९ अौं अन्तर्राष्ट्रिय नर्सिङ दिवस अाज देशका बिभिन्न ठाउँहरुमा कार्यरत नर्सिङ कर्मचारी , विद्यार्थी , शिक्षक सबैले अा अाफनो पायक पर्ने ठाउँमा उक्त […]