केआईसि ईगल एफसि प्रथम रनअरअप : दमदार प्रदर्शन

फुकुओका,जापान,बैशाख,१४- प्रथम क्योदाइ रनिङ्ग कप फुटसल प्रतियोगिता शनीबार जापानको फुकुओकामा सम्पन्न भएको छ । उक्त प्रतीयोगितमा सहभागीता जनाउदै उत्कृष्ट प्रदर्श गरेको केआई सि ईगल प्रथम रनअरअप भएको छ । खेलको सुरुवाती चरणमै आक्रमक खेलीरहेको केआईसी ईगल एफसीले अन्तत प्रथम रनअरअप मै चित्त बुझाउन परेको हो ।खेल हेर्न पुगेका धेरै दर्शकको अनुमानमा बिजेता हुन्छ, भनिएयता पनी अन्तत फाईनल […]

नेपालगन्जमा पहिलो पटक शैक्षिक चलचित्र निर्माण हुँदै

  नेपालगन्ज,बैशाख,१६- नेपालगन्जमा पहिलो पटक शैक्षिक चलचित्र निर्माण हुने भएको छ। शैक्षिक गुणस्तर, विद्यालय सुधार र प्राबिधिक एवम व्यवहारिक शिक्षाको महत्व सम्बन्धि जानकारीको लागी नेपालगजमा शैक्षिक चलचित्र निर्माण हुने भएको हो । रोचक कथा बस्तु एवम कलाकारीको माध्यायमबाट सरल र सहज रुपमा आम नागरिक तथा शिक्षक, विद्यार्थी, अभिभावक एवम् राज्यलाई सजक र सचेत गराउने उदेश्यका […]

अखिल नेपाल यातायात मजदुर संघले गर्‍यो वृहत् रक्तदान

नेपालगन्ज,बैशाख, १५- अखिल नेपाल यातायात मजदुर संघले वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। १३० अौं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार (आज) संघले नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । संघका जिल्ला अध्यक्ष प्रदिप कुमार छिनालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं ५ का सदस्य अक्कल बहादुर बम प्रमुख अतिथिको […]

नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ मनाइयो

नेपालगन्ज,बैशाख,१५- नर्वदेश्वर महादेव मन्दिरको वार्षिकोत्सव भव्यताका साथ नेपालगन्जमा मनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको नर्वदेश्वर महादेव मन्दिरको शनिबार विभिन्न कार्यक्रम गरी वार्षिकोत्सब मनाइएको हो। शनिबार ७ बजे नेपालगन्जका न्युरोड पेरीफेरीमा कलश यात्रा गरी, त्यसपछि मन्दिर परिसरमा होम र साझ ४ बजे सर्वसाधारणहरुका लागि प्रसाद ग्रहणका लागि भण्डारा लगाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष […]

शिरीष श्रेष्ठ र बिक्रम वर्माले अर्को जन्म पंक्षी बनी जन्मिन्छु भनेपछि

नेपालगन्ज,बैशाख,१५- चर्चित तथा अभिनयमा छुट्टै पहिचान बनाउन सफल शिरीष श्रेष्ठ र बिक्रम बर्माले अर्को जन्म पंक्षी बनेर जन्मिने बताएका छन् । लामो समयदेखि अभिनय क्षेत्रमा संघर्ष गर्दै आएका द्वेय श्रेष्ठ र बर्माले यो जन्म बेकार भएको भन्दै अर्को जन्म पंक्षी जस्तै बनेर जिउने बताएका हुन् । यसरी पंक्षीको कुरा गर्दै गर्दा उनिहरुको यथार्थ नभई भरखर […]

आइ एम इ गर भन्दै दुईवटी केटिको पैसा खाएर गायक गोपाल नेपाल जिएम भागे पछि

नेपालगन्ज,बैशाख,१४- चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएमले दुईवटी केटिले आइ एम इ गरेको पैसा खाएर भागेका छन। तर बास्तबिक रुपमा नभई भर्खरै मात्र बजारमा आएको बिल्कुलै मौलिक नयाँ गीत “आइ एम इ २ ” को म्युजिक भिडियोमा गायक जिएमलाई पैसा खाएर भागेको देख्न सकिन्छ। शुक्रबार गायक गोपाल नेपाल जिएम नामक युटुब च्यानलबाट उक्त […]

अजोड इन्स्योरेन्सको शाखा नेपालगन्जमा बिस्तार

नेपालगन्ज,बैशाख,१२- अजोड इन्स्योरेन्स लिमिटेडको शाखा नेपालगन्जमा बिस्तार भएको छ। उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले बिहिबार रिबन काटेर उद्घाटन गरेका थिए। ‘शान्तिको धुन सङ्गै सुरक्षाको सुरुवात, अजोड इन्स्योरेन्स सङ्ग हरेक कदमको सहयात्री’ भन्ने मुख्य उद्देश्यका साथ उद्घाटन गरिएको उक्त कार्यक्रममा सभापतित्वको भुमिका अजोड इन्स्योरेन्स नेपालगन्ज शाखाका सन्चालक सागर गुरुङ्गले गरेका […]

नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको ४ वर्ष पूरा,

काठमाण्डौं,बैशाख,१२- नेपालमा पछिल्लो विनाशकारी भूकम्प गएको आज ४ बर्ष पूरा भएको छ ।४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो । १८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र त्राशदीपूर्ण दिनको […]

पुरुष फुटबलको स्वर्ण पदक त्रिभुवन आर्मी क्लबलाई

बाँके, बैशाख,११- त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मीले स्वर्ण पदक जितेको हो । नेपालगञ्ज रंगशालामा आर्मीलाई जित दिलाउन विकास तामाङले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको ४५ औं मिनेटमा विकासले निर्णायक गोल गरे […]

राष्ट्रिय पौडिमा आर्मिकी गौरिका सिंहले जितिन ७ राष्ट्रिय कीर्तिमान सहित १२ स्वर्ण पदक

नेपालगन्ज,बैशाख,११- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडीमा आर्मीका गौरिका सिंहले ७ राष्ट्रिय कीर्तिमानसहित १२ स्वर्ण पदक जितेकी छिन् । बुधबार सम्पन्न पौडीमा गौरिकाले अन्तिम दिन ३ राष्ट्रिय कीर्तिमानसहित ४ स्वर्ण जित्दै व्यक्तिगत १२ स्वर्ण हात पारेकी हुन् । नेपालगञ्जमा बुधबार गौरिकाले महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । गौरिकाले २ मिनेट […]