सुदुरपश्चिमेली नेपाली समाज जापानको दोस्रो अधिवेशन सम्पन्न

मिलन मगर/ फुकुओका,जापान,२२- सुदुरपश्चिमेली नेपाली समाज फुकुओका जापानको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त समाजको अधिवेशन यहि माघ २० गते शनीबारका दिन सम्पन्न भएको थियो । अधिवेशनले मोहन सिंह मडैको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमीती चयन गरेको छ । उक्त समितीमा प्रथम उपाध्यक्ष सुरेन्द्र बुढा, उपाध्यक्ष बिकास रोकाया यस्तै महिला उपाध्यक्षमा प्रिया बलायर , […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

इन्द्र कार्की /महेन्द्रनगर,माघ,२२        कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ । क्यामेरा ट्रापिङ्ग विधिवाट शुक्लाफाँटामा बाघ गणना सुरु भएको हो । नेपालमा प्रत्येक पाँच वर्षमा बाघ गणना गर्ने चलन छ । नेपालमा राष्ट्रिय बाघ गणना २०१८ अनुसार यहाँ पनि बाघ गणना सुरु गरिएको राष्टिय निकुञ्जले जानकारी दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका […]

सेवा प्रवाहका लागि रणनीती

नेपालगञ्ज,माघ,२१- सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगञ्ज उपमहानगरपालिकामा आवश्यक रणनीती बनाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले जीआईजेड सीडीमुनको प्राविधिक सहयोगमा आगामी कार्य रणनीती तयार गर्न लागेको हो । समग्र क्षमता विकासमा जोड दिने गरि उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यसँगको अन्तरक्रिया तथा परामर्शपछि सो तयारी गरिएको हो । स्थानीय विकास, सेवा प्रवाह, सुशासनको अभ्यास […]

दुर्गापुर स्टिल, कोलकाता संग आयोजक धरान पराजित

धरान,माघ,२१- धरानमा शनीबारबाट शुरु भएको २०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगितमा आयोजक धरान फुटबल क्लव पराजित भएको छ ।  आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलना दुर्गापुर स्टिल, कोलकातासंग आयोजक धरान सडेन डेथमा पराजित भएको हो । जित संगै कोलकाता सेमिफाइनलमा प्रवेश गरेको छ । धरानले सुरुवाती खेलमा नै दुई गोल गरेपनी अन्तत उसले गरेको २ गोलको […]

भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने

इन्द्र कार्की /महेन्द्रनगर ,माघ,२१      कञ्चनपुर जिल्लाको भिमदत्तनगर पालिका वडा नं.०८ तिलाचौर चुरे फेदमा पर्ने प्रसिद्ध धार्मिक स्थल भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने भएको छ । नेपालका प्रथम जगतगरु बालसन्त मोहनशरण देवाचार्यले उक्त मुर्ति निमार्णका लागि अभियान सञ्चालन गरेका छन् । मुर्ति निमार्णका लागि आर्थिक र भौतिक समाग्री संकलनका लागि जगत गुरुले २०७२ साल बैशाख […]

सिद्धिचरण नगरपालिकाले फाल्गुण मसान्त भित्रै योजना सम्झौताको काम सक्ने

सिर्जना बर्देवा/ ओखलढुंगा, माघ,१९- ओखलढुंगामा शैक्षिक विकासका लागि सरोकारवाला बिच अन्तरक्रिया सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा विद्यालय व्यवस्थापन समिति र प्रअहरुसँग सरोकारवालाहरुले अन्तरक्रिया गरेका हुन् । आज जिल्ला समन्वय समितिको सभाहलमा नगरपालिका भित्रका सबैजसो विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थितीमा जिल्ला शिक्षा अधिकारी,नगरपालिकाका मेयर,प्रमुख जिल्ला अधिकारी, शिक्षकका […]

उपराष्ट्रपति पुनद्वारा अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन

काठमाडौँ,माघ,१९- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको चर्चा गर्नुभएको छ । उपराष्ट्रपति पुनले आज प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्दा सो कुरा बताउनुभएको हो । उहाँले हरेक शासकले खोसिएका जनताका अधिकारलाई स्थापित गर्न जीवनको कुनै प्रबाह नगरी कार्यक्षेत्रमा देखाउनु भएको कामको […]

फाल्गुनमा हात्तिपाइले विरुद्धको औषधि खुवाइने

इन्द्र कार्की / महेन्द्रनगर ,१९,माघ       कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयले विगत ५ वर्ष देखि खुवाइदै आएको हात्तिपाइले विरुद्धको औषधि यस पटक फाल्गुनको दोस्रो साता खुवाउने भएको छ । राष्ट्रिय हात्तिपाइले निवारण कार्यक्रम अन्र्तगत राष्ट्रिय हात्तिपाइले रोग निवारण जिल्ला समन्वय समितिको वैठकले फाल्गुन १२,१३ र १४ गते का दिन औषधि खुवाउने निर्णय गरेको हो । गत विगत […]

सिद्धिचरण नगरपालिकाले प्रबाह गर्ने सेवा र पुननिर्माण सम्बन्धी सार्बजनिक सुनुवाई सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुगा,माघ,१७- सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारमा नगरपालिकाले प्रवाह गरेको सेवा र पुनः निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहकार्यमा सिद्धिचरण नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले सुशासन, पारदर्शीता र जवाफदेहिता अभिबृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । सार्वजनिक सुनुवाइमा […]

कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने

इन्द्र कार्की /महेन्द्रनगर,माघ ,१७      कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला समन्वय समिति कञ्चनपुर र भीमदत्तनगर कार्य पालिकाको सह आयोजनामा महोत्सव यहि मिती २०७४ माघ २९ गते देखि फाल्गुन ९ गते सम्म जम्मा १० सम्म सञ्चालन हुने भएको […]