राम सुनाम/ नेपालगन्ज,पौष,१- नेपालगन्जमा भ्रष्टाचार विरुद्धको सचेतना दौड आज सम्पन्न भएको छ । शान्ति, विकास र सम्बृद्धिका लागि सुशासन भन्ने मुख्य नाराका साथ नेपालगन्जमा भ्रष्टाचार विरुद्धको सचेतना दौड कार्यक्रमको आयोजना गरिएको हो । बास नेपालगन्जको सहकार्यमा वातावरण तथा बाल अधिकार संरक्षण केन्द्र (ईमप्रोक) ले मैत्रीपूर्ण दौड कार्यक्रमको आयोजना गरेको हो । दौड नेपालगन्जको राझाँ चौकबाट […]
ब्यानर न्यूज
समाजसेवामा युवाको अग्रसरता आवश्यक
नेपालगञ्ज,पुष,१- सामाजिक कार्यमा लाग्न युवाहरुलाई उत्प्रेरित गर्नुपर्ने समाजसेवी गोवर्धन सिंह सम्झनाले बताउनुभएको छ । बढ्दो अमानविय कार्यहरुका कारण समाजमा धेरै नकारात्मक कुरा स्थापना हुन थालेकाले सामाजिक कार्यमा युवाहलाई उत्प्रेरित गर्नुपर्ने उहाँले बताउनुभएको हो । शनिबार नेपालगञ्जमा भएको नेपालगञ्ज जेसीजको ३६ शाखा अधिवेशन उदघाटन शत्रलाई सम्बोधन गर्दै समाजसेवी सम्झनाले बढ्दो बिकाससंगै मानिसलाई सहयोग दिने, साथ दिने […]
गाँउगाँउमा पुगेर मतदातालाई धन्यवाद दिदै रावल
पवन मुडभरी/ बौनिया,पौष,१- संयुक्त बाम गठबन्धनबाट कैलाली क्षेत्र नम्बर २ बाट विजयी झपट रावल,प्रदेश सभा सदस्य क र ख का नवनिर्वाचित सदस्य रतन थापा र नन्द बहादुर साउद (राजेन्द्र) यतिखेर गाउँगाँउमा पुगेर मतदातालाई धन्यवाद दिनमा व्यस्त रहनुभएको छ । एमालेका बैकल्पिक केन्द्रीय सदस्य समेत रहनुभएका नवनिर्वा्चित रावलले आफ्नो निर्वाचन क्षेत्रका गाउँमा पुगेर आफूलाई मतदान गरेर […]
कैलाली क्षेत्र नं. ३ मा हार बेहोर्नुको मुख्य कारण बाम गठबन्धन र कमजोर रणनीती भएको नेपाली काग्रेसको ठहर
पवन मुडभरी/ सुखड,पौष,१- कैलाली क्षेत्र नम्मर ३ नेपाली कांगे्रसवाट प्रदेश सभा उम्मेद्धार लक्ष्मण शाहीले कैलालीको क्षेत्र नम्मर ३ मा पराजय बेहोर्नुको मुख्य कारण बाम गठबन्धन भएको बताउनुभएको छ । आज कैलालीको सुखडमा पत्रकार सम्मेलन गर्दै वाहांले सो कुरा बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्र नम्मर ३ प्रदेश सभा उम्मेद्धार लक्ष्मण शाहीले यो बिषम परिस्थितीमा […]
समानुपातिकको मतगणना सम्पन्न,राष्ट्रिय दलको मान्यता ५ पार्टीलाई
काठमाडौं, पुस,१- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि नेकपा एमालेले पहिलो बन्न सफल भएको छ । दुवै चुनावमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाउन सफल भएको हो । निर्वाचन आयोगको तथ्यांकअनुसार नेकपा एमालेले ३१ लाख २४ हजार ७ सय ४७ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३० लाख […]
चार अर्बको गोली किन्न दबाब
काठमाडौं,पुस,१- नेपाल प्रहरीसँग गोली छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा खबाब बढाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिदा खरिद प्रक्रिया रोकिएको हो । गृहमा जनार्दन शर्मा मन्त्री हुदा नै अर्थमा साढे २ अर्ब रुपैयाबराबरको गोली र डेढ अर्ब रुपैयाबराबरको अन्य सामग्री […]
निर्वाचनमा १८ जना मन्त्री विजयी
काठमाडौं, पुस,१- वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल हुनुभएको हो । प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा ६३ सदस्य हुनुहुन्छ । प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा रहनुभएको थियो । यसमा दुई उपप्रधानसहित २४ […]
मनाङका विद्यालयहरु बन्द, अब फागुनमामात्र खुल्ने
लमजुङ, मंसिर,२९- हिमाली जिल्ला मनाङका सबै सामुदायिक विद्यालयहरु जाडो बढेपछि बन्द भएका छन् । चालु शैक्षिकसत्रको अन्तिम परीक्षा सकेर विद्यालयहरु बन्द गरिएका हुन् । मंसिर २० गते अन्तिम परीक्षा सकिएपछि विद्यार्थीसहित स्थानीय जाडो छल्न बेसीतर्फ झरेका छन् । मनाङका जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले परीक्षा सकिएपछि विद्यालयहरु बन्द भएको र अब फागुनमा नयाँ शैक्षिकसत्र सुरु भएपछिमात्र […]
राष्ट्रपतिलाई राष्ट्रिय सभा निर्वाचनसम्बन्धि अध्यादेश रोक्ने अधिकार छैनः नेपाल बार
काठमाण्डाैं,मंसिर,२९– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश रोक्ने अधिकार नभएको दावी गरेको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले राष्ट्रिय सभाको निर्वाचन नभई मुलुकमा नयाँ सरकार गठन गर्ने संवैधानिक व्यवस्था नभएको प्रतिक्रिया पनि दिनु भयो । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संवैधानिक व्यवस्था अनुसार […]
राष्ट्रिय महत्वको कुनै पनि निर्णय अब याे सरकारले गर्दैनः प्रधानमन्त्री देउवा
काठमाण्डाैं,मंसिर,२९- मधेस आन्दोलनका क्रममा भएका घटना छानबिनका लागि गठित आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग बनाएको थियो । प्रधानमन्त्री देउवाले आज आयोगको प्रतिवेदन बुझ्दै यसको विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले गर्ने बताउनु भएको छ । उहाँले सरकार काम चलाउ भएकाले राष्ट्रिय […]










