बाँकेमा जनप्रतिनिधिले समस्यामा चासो नदिदा किसानहरु रुष्ट

राम सुनाम/ बाँके,पुस,१२- किसानहरुको समस्याको विषयलाई जनप्रतिनिधिले चासो नदिदा बाकेका किसानहरु रुष्ट बनेका छन् । राष्ट्रिय कृषक महासघं बाँके शाखाले आयोजना गरेको नव निर्वाचित जन प्रतिनिधिहरुको स्वागत एवं कृषिका समस्या, सवाल र विकासका योजनाका बारेमा गरीएको कार्यक्रममा जन प्रतिनिधिहरु सहभागी नभइदिदा किसानहरु रुष्ट बनेका हुन् । किसानहरुको समस्याको विषयमा जनप्रतिनिधिले चासो नदिएको र किसानको कार्यक्रमलाई […]

प्रदेश ५ को राजधानी कोहलपुर उपयुक्त : युवा नेता न्यौपाने

कोहलपुर,पुस,१२-  माअाेवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले प्रदेश नं: ५ को राजधानी कोहलपुर उपयुक्त स्थान भएको बताउनु भएको छ । अखिल क्रान्तिकारिका निवर्तमान अध्यक्ष समेत रहनु भएका न्यौपानेले ५ नम्बर प्रदेशकाे राजधानी कोहलपुर उपयुक्त भएको बताउनु भएको हो । प्रदेश न.६ र ७ लाइ जोड्ने केन्द्र बिन्दु , उपयुक्त भाैगाेलिक बनावट, आबश्यक पुर्वाधार तथा प्राकृतिक […]

कसलाई सरकार बुझाएर जाने : कांग्रेसका नेता साउदको प्रश्न

काठमाडाैं,पुस,११- नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रियसभा गठन नभई प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिने दाबी गर्नु भएको छ । ‘निर्वाचनआयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन, सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश अहिलेसम्म स्विकृत भएको छैन’ एक कार्यक्रममा उनले भनेका छन्, ‘हामी राष्ट्रिय सभाको गठन भएपछि मात्रै सरकारबाट बाहिरिन्छौं ।’ उहाँले भन्नुभयो कसलाई सरकार […]

आज नेपाल लगायत विश्वभर ख्रीष्टमस दिवस मनाईंदै

काठमाडौं, पुस,१०- क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा विश्वभर ख्रीष्टमस दिवस मनाइँदैछ । आज नेपालका चर्चमा पनी प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस दिवस मनाईेको हो । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु-स्वास्थ्यको कामना गरिन्छ । येशू ख्रीष्टको शुभ जन्मदिनको […]

फोक्सिङटारमा अस्थायी बेलिब्रिज संचालन

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,९- खोटाङ र पूर्वी शहर जोड्ने सुनकोशीको फोक्सिङटारमा अस्थायी बेलिब्रिज आईतबार देखी संचालन गरिएको छ । खोटाङको दिप्रुङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटार जोड्न फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज जडान गरिएको हो । आर्थिक वर्ष २०५१ र ०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा […]

दाङ राजधानी बनाएर फेरि विजय हुन्छु : महरा

 घोराही,पुस,९- नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महराले पाँच नम्बर प्रदेशको राजधानी कुनै पनि हालतमा दाङ हुने बताउनुभएको छ । दाङ क्षेत्रनम्बर २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित महराले आज बिहान मतदाता भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो । भौगोलिक, पर्याप्त पूर्वाधार, प्रशस्त जमिन, सुरक्षा र भौगोलिक समदुरीका हिसाबले दाङ पाँच नम्बर प्रदेशको राजधानी हुन उपयुक्त भएको […]

सडकपेटीमा राखेका सामान नगरपालिकाको नियन्त्रणमा

सिर्जना बर्देवा/ ओखलढुंगा,पौष,८- खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले सडकपेटीमा राखेका सामान नियन्त्रणमा लिएको छ । नगरको स्वच्छताका लागि पुस ५ गतेदेखि सरसफाई सप्ताह थालेको नगरपालिकाले दिक्तेलबजारका सडकपेटीमा राखिएका एक ट्याक्टर सामान नियन्त्रणमा लिएको हो । नगरपालिकाको आग्रह बेवास्ता गर्दै सडक पेटीबाट बिक्रीका सामान नहटाउने व्यवसायीको सामान प्रहरीको सहयोगमा पहिलोपल्ट उठाइएको मेयर दिपनारायण रिजालले बताउनुभयो । सडक […]

सुनकोशी नदिमा राखिएको बेलिब्रिज आईतबार देखी संचालन गरिने

सिर्जना बर्देवा/ ओखलढुंगा पौष ८- खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीको नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज आईतबार देखी सञ्चालन गरिने भएको छ । वर्षाका कारण बर्षमा ५ महिना संचालन हुने बेलिब्रिज सञ्चालन गरिने भएको हो । खोटाङ्गको खोटेहाङ्ग गाउपालिका स्थित लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउपालिका रौतागडी ३ फोक्सिङटारमा मंसिरको पहिलो हप्ता बाट सुरु गरिएको उक्त […]

बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा फेला

डम्मर थापा मगर/ बाँके, पुस ७- बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा मृत अवस्थामा फेला परेको छ । बर्दियास्थित असारेगौँडी उपभोक्ता समिति धौनिया प्रसेनीघाट नजिक एउँटा गैँडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । पहिलो पटक रेडियो कलर जडान गरिएको गैँडा बुढो भएर प्राकृतिक रुपमा मरेको हुन सक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रिबिनोल दाहालले बताउनुभयो । […]

प्रदेशसभातर्फ समानुपातिकको सिट बाँडफाँट

काठमाडौं, पुस, ७- निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको मतपरिणाम र दलहरुले पाएको सिट संख्या सार्वजनिक गरेको छ । आज बसेको निर्वाचन आयोगको बैठकले सिट संख्या बाँडफाँटको अन्तिम टुंगो लगाएको हो । ‘सेन्टलक’ विधिअनुसार प्रदेशसभाका २२० समानुपातिक सिटमध्ये नेकपा एमालेले सबैभन्दा बढी ७५ सिट पाएको छ भने नेपाली कांग्रेसले ७२ सिट पाएको छ । यस्तै, माओवादी केन्द्रले ३५, संघीय […]