ओखलढुंगा बाट निर्बाचनमा खटिएका म्यादि प्रहरीलाई बिदाइ

सिर्जना बर्देवा/ ओखलढुंगा, पौष, ७- प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले आज एक कार्यक्रमको अयोजना गरि उनिहरुलाई बिदाई गरेको हो । जिल्लामा निर्वाचार लक्षित ५ सय ३७ म्यादी प्रहरी छनोट भएका थिए । उनिहरुलाई निर्वाचन सफल गर्न महत्वपुर्ण भुमिका खेलेकोमा धन्यवाद दिदै प्रमाण […]

प्रधानमन्त्रीले बोलाएको पाँच दलको बैठक निष्कर्षविहीन

काठमाडौं,पुस,७- निर्वाचन सम्पन्न पछि राजनीतीक गतीरोध अन्त्यको लागी राष्ट्रियसभा र सरकार गठनलगायतका विषयमा सहमति खोज्न बसेको प्रमुख पाँच दलको बैठक बिना निश्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा  सरकारले राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश परित गर्नको लागि सहयोग मागेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिनिधिसभाले पूर्णता पाउनका लागि राष्ट्रियसभा गठन निर्वाचन अध्यादेश […]

कास्की पोखरा समाज क्युश्युले शुभकामना कार्यक्रमको आयोजना गर्ने

फुकुओका जापान,पुस,६- फ़ुकुओकमा गठित कास्की पोखरा समाज क्युश्युले अंग्रेजी नया वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।फुकुओकामा रहेका सम्पूर्ण नेपालीहरु बीच शुभकामना आदान प्रदान गर्ने उद्देश्यले मनकामना रेस्टुरेन्ट तकमियामा उक्त कार्यक्रम हुने भएको छ।कास्की पोखरा समाजले योजना गरेको उक्त कार्यक्रममा कास्की पोखराको मात्र नभई क्युश्युमा गठित विभिन्न सामाजिक ,राजनैतिक संस्थाका प्रतिनिधिहरुको उपस्थिति हुने आयोजकले […]

सागर आले ३१ डिसेम्बरमा फुकुओका आउदै : कार्यक्रमको तयारी अन्तीम चरणमा

जापान,पुस,५- नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानले यहि डिसेम्बर ३१ तारिक अर्थात नयाँ वर्षमा फुकुओकामा गर्न लागेको लाईभ कर्न्सट (live concert ) कार्यक्रमको तयारी अन्तीम चरणमा पुगेको छ ।  कार्यक्रमलाई सभ्य, भब्य र मनोरञ्जनात्मक बनाउनको निम्ती नेपालबाट छोटो समयमा नै राष्ट्रिय कलाकारहरु सरह ख्याती कमाउन सफल बहुप्रतीभाशाली कलाकार सागर आले मगर सहित चर्चीत डान्सर मिरा दर्लामी मगर र फुकुओकाको […]

सबै प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर छः सिंह

काठमाडौं, पुस,५- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको प्रक्रिया पुर्‍याएर सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर रहेको बताउनु भएको छ ।उहाँले कांग्रेसलाई अफ्ठ्यारो बनाउने बहानामा एमालेले राष्ट्रपतिलाई अध्यादेश रोक्न लगाएको बताउनुभयो । ‘कांग्रेस सत्ताका लागि लोभ गरेको छैन । सत्तामा जाने दलहरूले कांग्रेसलाई सत्ताको चार्ज लगाएका छन् । यो सबै गलत हो’, उहाँले भन्नुभयो ‘राष्ट्रिय सभाको अध्यादेश निर्वाचन […]

वीरगन्जको ग्यास उद्योगमा भीषण आगलागी, दुई जनाको मृत्यु

पर्सा, पुस ५- पर्साको वीरगन्ज महानगरपालिका–२४ पटेल नगरस्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । ग्यास उद्योगमा आज बिहान ६ बजेतिर आगो सल्किएको प्रहरीले जनाएको छ । उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन । आगो नियन्त्रणका लागि गएको वीरगन्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । आगलागी भएसँगै त्यहाँ पुगेको […]

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम तोक्ने तयारी

काठमाडौं,पुस,५- सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । गृह मन्त्रालयले नयाँ वरीयता क्रमको मस्यौदा तयार भइसकेको जनाउँदै अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्ने जानकारी दिएको छ । गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले वरीयता क्रमको मस्यौदा तयार […]

जुम्लाका दुई बस्ती छाउगोठमुक्त

जुम्ला,पुस,५- तिला गाउँपालिकाका दुई बस्ती जुम्ला जिल्लाकै पहिलो छाउगोठ मुक्त घोषणा भएका छन् । छाउगोठ मुक्त घोषणा भएका बस्तीमा यो गाउँपालिकाका वडा नं ३ को जोगीवाडा र वडा नं ४ को रावतवाडा गाउँ हुन् । ३५ घरधुरी रहेको ४ नं वडाको रावतवाडामा सोमबार आयोजित घोषणा कार्यक्रमको उद्घाटन निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र ६१ […]

एमाले-माओवादी पद बाँडफाँडको कसरत

काठमाडौं,पुस,५- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतासँगै सिद्धान्त, नेतृत्व तथा पद बाँडफाँटको व्यवस्थापनबारे छलफल अघि बढेको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका दुई दलले पार्टी एकतापछि नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका हुन् । दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे […]

हिजो संसार जित्ने रायमाझी आज केशीका कारण पछुताउन बाध्य

सिर्जना बर्देवा/ ओखलढुंगा पौष, ४- हिजो संसार जित्ने चर्चित मोडल ओ.बी. रायमाझी आज पछुताउन बाध्य बनेका छन् । आफ्नो प्रेमिका सारिका केशीले धोका दिए पछि केशी कै कारण पछुताउन बाध्य बनेका हुन् । पछिल्लो समय निक्कै मार्मिक लोकदोहोरी गित “हिजो” सार्बजनिक भएको छ । एक पछि अर्को गर्दै म्युजिक भिडियो बजारमा आउने क्रम जारी रहदाँ […]