घोराहीको तुलसीपुर चोकमा घोराही उपमहानगरको फ्रि वाईफाई

दाङ,असोज,१९- उपमहानगरपालिकाले घोराहीको तुलसीपुर चोकमा वाईफाई सेवा प्रारम्भ गरेको छ । उपमहानगरले निति तथा कार्यक्रममा समाबेश गरेको फ्रि वाईफाई सेवालाई बुधबार देखी कार्वान्वयनमा ल्याएको हो । तुलसीपुर चोकमा जडान गरिएको फ्रि वाईफाई सेवा सबैले लिन सक्ने छन् । उच्च पावर रहेको वाईफाईले २ सय मिटर आसपास सम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा वाईफाई जडान […]

आज देखि महेन्द्रनगरमा रामलिला मञ्चन हुने

इन्द्र कार्की महेन्द्रनगर,असोज,१९     आज देखि महेन्द्रनगरको खुला मञ्चमा रामलिला मञ्चन हुने भएको छ । रामलिला समिती कञ्चनपुरको आयोजनामा रामलिला मञ्चन हुन लागेको हो । रामलिला मञ्चनको लागि सवै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । रामलिला समितिका महासचिव शमरजंग वहादुर चन्दले रामलिलाको तयारी अन्तिम चरणमा पुगेको वताए । उनका अनुसार रामलिलाका कलाकारहरुको तीन […]

लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसको आह्वान

काठमाडौं ,असोज,१८- नेपाली कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धन बनाउन औपचारिक पहल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने र त्यसका लागि कांग्रेसले पहल गर्ने निर्णय गरेको छ। काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसहित कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक दलहरुलार्इ गठबन्धनका लागि आव्हान समेत गरेको कांग्रेसका नेता बिमलेन्द्र निधिले बताउनुभयो । उहाँका […]

एमालेसँग एकता हुनुअघि माओवादी फुट्दै

काठमाडौँ,असोज,१८- नेकपा एमालेसँग पार्टी एकिकरणको तयारी भइरहेका बेला माओवादी केन्द्र एकता पूर्व नै फुट्ने भएको छ । माओवादीका करिव १ दर्जन केन्द्रीय स्तरका नेता छुट्टीएर छुट्टै पार्टी गठन गर्न लागेका हुन् ।उनीहरुको अलावा माओवादीका १ दर्जन बढी केन्द्रीय स्तरका नेता पनि नयाँ पार्टीमा जाने बुझिएको छ । एमालेसँग माओवादी पार्टी बिलय हुने कुरा स्वीकार्य नहुने […]

एमाले-माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल र एकताको सहमति

काठमाडौं, असोज १७- एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् । पार्टी एकता र आगामी निर्वाचनमा तालमेल घोषणा गर्न राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले तीन पार्टीबीच भएको एकीकरणको ६ बुँदे योजना सार्वजनिक गरे । पत्रकार सम्मेलनमा तीनै दलले चुनावमा गठबन्धन […]

एमाले–माओवादी केन्द्रको एकता अवसरवादीहरुको मिलन : वैद्य

काठमाडौं,असोज,१७- नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता प्रक्रियालाई अवसरवादीहरुको मिलन भनी टिप्पणी गर्नु भएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कार्यगत एकता गर्दै पार्टी एकता संयोजन संयोजन समिति गठन भएपछि नेपाली राजनीतिमै नयाँ तरंग उत्पन्न भएको छ । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई दक्षिणपन्थी अवसरवादीहरुको मिलन […]

एमाले र माओवादी केन्द्रबीच एकताको अभ्यास

काठमाडौं, असोज १७- मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीका नेताले एक हुने अभ्यास थालेका छन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताले यस्तो अभ्यास थालेका हन् । यसका लागि दुई पार्टीका शीर्ष नेताहरुबीच घनिभूत वार्ता भएको छ । दुई पार्टीका शीर्ष नेताको आज विहान ललितपुरमा बसेको बैठकले चुनावी तालमेल र एकता संयोजनका लागि समिति बनाउने सहमति […]

बर्दियाको एमाले पार्टी कार्यालयमा तालाबन्दी

बर्दिया,असोज,१७- एमालेको पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालाबन्दी गरेका छन्। स्थानीय तहको निर्वाचनमा पार्टी अध्यक्ष हरि ज्ञवालीले पराजय व्यहोरेको भन्दै कार्यकर्ताले राजीनामा माग गर्दै तालाबन्दी गरेका हुन्। ज्ञवाली गुलरिया नगरपालिकामा नेपाली कांग्रेससँग पराजित भएका थिए। अध्यक्ष ज्ञवालीको मनोमानीले गर्दा स्थानीय तह निर्वाचन हारेको कार्यकर्ताको भनाइ छ। नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राख्दै कार्यकर्ताहरुले अनिश्चितकालीन तालाबन्दी गरेको जिल्ला […]

लोकतन्त्रवादीहरु मिलेर जानुपर्छ : कांग्रेस महामन्त्री कोइराला

लुम्बिनी,असोज,१७- नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताउनु भएको छ । नेपाली काँग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै महामन्त्री कोइरालाले सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने […]

प्रधानमन्त्री देउवा र प्रचण्डबीच आजै दुई पटक वार्ता

काठमाण्डौं,असोज,१७- चुनावी तालमेल लगायत समकालिन राजनीतिका विषयमा हाम्रो पनि माओवादी केन्द्रसँग वार्ता भइरहेको छ’ कांग्रेस महामन्त्री शशांक कोइरालाले भने ‘यो विषयमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुरा गरिहरनु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टू वान’ वार्ता गरेको र थप कुराकानी हुने महामन्त्री […]