वाम गठबन्धनप्रति महरा र पुन असन्तुष्ट

काठमाडौं,असोज,२०- उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र अर्का नेता वर्षमान पुनले वाम गठबन्धनप्रति असन्तुष्ट देखिएका छन् ।वाम गठबन्धन बनाउन महरा र पुन दुवै असहयोगी हुने संकेत देखेपछि दाहालले ती दुवै नेतालाई छाडेर गृहमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई सक्रिय बनाएका थिए । एमालेसँग तत्कालका लागि चुनावी तालमेल गर्ने र निर्वाचनपछि एकीकरण प्रक्रियामा […]

एकै ठाउबाट नेपालका पन्ध्र जिल्ला देख्न सकिने सल्यानको कुमाख

नरेश खड्का/ दाङ,असोज,२०- सल्यान जिल्ला धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण जिल्ला हो । यस जिल्लाको पहिचान झल्काउन यहाँका लेखबेशी, पाखापखेरा, तालतलैया, मठमन्दिर, जडीबुडी आदीले महत्वपूर्ण भूमिका खेलेका छन् । यहाँ रहेको कुमाख सल्यानीको पहिचान संग जोडिएको छ । समुन्द्री सतह बाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख बाट नेपालका १५ वटा जिल्ला […]

माओवादीको सरकारमा बस्ने नैतिक आधार समाप्त भएको कांग्रेसको निष्कर्ष

काठमाडौं, असोज १९- नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट पठाउने व्यक्तिको नाम टुंगो लगाउन सकेन । कार्यसम्पादन समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा लोकतान्त्रिक गठबन्धनलाई अगाडि बढाउन पार्टीबाट पठाउने दुई व्यक्तिकाबारेमा छलफल भएपनि नाम सिफारिस गर्न सकेन । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबाहेकका पार्टीलाई समेटेर बनेको […]

घोराहीको तुलसीपुर चोकमा घोराही उपमहानगरको फ्रि वाईफाई

दाङ,असोज,१९- उपमहानगरपालिकाले घोराहीको तुलसीपुर चोकमा वाईफाई सेवा प्रारम्भ गरेको छ । उपमहानगरले निति तथा कार्यक्रममा समाबेश गरेको फ्रि वाईफाई सेवालाई बुधबार देखी कार्वान्वयनमा ल्याएको हो । तुलसीपुर चोकमा जडान गरिएको फ्रि वाईफाई सेवा सबैले लिन सक्ने छन् । उच्च पावर रहेको वाईफाईले २ सय मिटर आसपास सम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा वाईफाई जडान […]

आज देखि महेन्द्रनगरमा रामलिला मञ्चन हुने

इन्द्र कार्की महेन्द्रनगर,असोज,१९     आज देखि महेन्द्रनगरको खुला मञ्चमा रामलिला मञ्चन हुने भएको छ । रामलिला समिती कञ्चनपुरको आयोजनामा रामलिला मञ्चन हुन लागेको हो । रामलिला मञ्चनको लागि सवै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । रामलिला समितिका महासचिव शमरजंग वहादुर चन्दले रामलिलाको तयारी अन्तिम चरणमा पुगेको वताए । उनका अनुसार रामलिलाका कलाकारहरुको तीन […]

लोकतान्त्रिक गठबन्धनका लागि कांग्रेसको आह्वान

काठमाडौं ,असोज,१८- नेपाली कांग्रेसले बृहत लोकतान्त्रिक गठबन्धन बनाउन औपचारिक पहल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने र त्यसका लागि कांग्रेसले पहल गर्ने निर्णय गरेको छ। काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यसहित कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक दलहरुलार्इ गठबन्धनका लागि आव्हान समेत गरेको कांग्रेसका नेता बिमलेन्द्र निधिले बताउनुभयो । उहाँका […]

एमालेसँग एकता हुनुअघि माओवादी फुट्दै

काठमाडौँ,असोज,१८- नेकपा एमालेसँग पार्टी एकिकरणको तयारी भइरहेका बेला माओवादी केन्द्र एकता पूर्व नै फुट्ने भएको छ । माओवादीका करिव १ दर्जन केन्द्रीय स्तरका नेता छुट्टीएर छुट्टै पार्टी गठन गर्न लागेका हुन् ।उनीहरुको अलावा माओवादीका १ दर्जन बढी केन्द्रीय स्तरका नेता पनि नयाँ पार्टीमा जाने बुझिएको छ । एमालेसँग माओवादी पार्टी बिलय हुने कुरा स्वीकार्य नहुने […]

एमाले-माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल र एकताको सहमति

काठमाडौं, असोज १७- एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् । पार्टी एकता र आगामी निर्वाचनमा तालमेल घोषणा गर्न राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले तीन पार्टीबीच भएको एकीकरणको ६ बुँदे योजना सार्वजनिक गरे । पत्रकार सम्मेलनमा तीनै दलले चुनावमा गठबन्धन […]

एमाले–माओवादी केन्द्रको एकता अवसरवादीहरुको मिलन : वैद्य

काठमाडौं,असोज,१७- नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता प्रक्रियालाई अवसरवादीहरुको मिलन भनी टिप्पणी गर्नु भएको छ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कार्यगत एकता गर्दै पार्टी एकता संयोजन संयोजन समिति गठन भएपछि नेपाली राजनीतिमै नयाँ तरंग उत्पन्न भएको छ । एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियालाई दक्षिणपन्थी अवसरवादीहरुको मिलन […]

एमाले र माओवादी केन्द्रबीच एकताको अभ्यास

काठमाडौं, असोज १७- मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीका नेताले एक हुने अभ्यास थालेका छन् ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताले यस्तो अभ्यास थालेका हन् । यसका लागि दुई पार्टीका शीर्ष नेताहरुबीच घनिभूत वार्ता भएको छ । दुई पार्टीका शीर्ष नेताको आज विहान ललितपुरमा बसेको बैठकले चुनावी तालमेल र एकता संयोजनका लागि समिति बनाउने सहमति […]